मुख्य समाचार
विराेध प्रर्दशनलाई बेवास्ता गर्दै आफूले लिएकाे निर्णय ‘अवस्था ठीक पार्नका लागि औषधि दिइएको’ टिप्पणी
विराेध प्रर्दशनलाई बेवास्ता गर्दै आफूले लिएकाे निर्णय ‘अवस्था ठीक पार्नका लागि औषधि दिइएको’ टिप्पणी

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाह्य देशबाट आयात हुने सामानहरुमा लगाइएको ट्यारिफका कारण शेयर बजारमा भइरहेको गिरावट र अमेरिकाभित्रै र बाहिर भइरहेकाे विराेध प्रर्दशनलाई बेवास्ता गर्दै आफूले लिएकाे निर्णय ‘अवस्था ठीक पार्नका लागि औषधि दिइएको’ टिप्पणी गरेका छन् ।


ट्यारिफको मारमा परेका अधिकांश देशले ट्रम्पको कदमको आलोचना गरिरहेका छन् । देशभित्रै पनि उनका निर्णहरुलाई लिएर प्रदर्शनहरु भइरहेको छ । ट्रम्पले लिएको नितिका कारण विश्व बजार व्यवस्था उथुलपुथुल भएको छ । अमेरिकी शेयर बजारमा पहिरो नै गइरहेको छ र यसले कहिलेसम्म असर पारिराख्छ भन्ने पनि प्रस्ट भइसकेको छैन् । तर राष्ट्रपति ट्रम्प भने आफ्नो निर्णयमा अडिग मात्रै छैनन् उनले सारा आलोचनालाई बेवास्ता गर्दै विश्वबजारमा हल्ला गरिएजस्तो कुनै पनि चीजलाई आफू घट्न नदिने दाबी गरेका छन् । उनले भने, ‘म कुनै पनि चीजलाई घट्न दिन्न । तर कहिलेकाहिँ केही सुधार्न औषधि खुवाउनुपर्छ ।’


आइतबार एयर फोर्स वान विमानमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले पूर्व नेतृत्वका कारण अन्य देशहरुले अमेरिकाको व्यापार लिएको आरोप समेत लगाएका छन् । उनले भने, ‘हाम्रा मुर्ख नेतृत्वहरुका कारण अरु देशहरुले हाम्रा उद्योग, पैसा र रोजगारी लिए । त्यो हुन हाम्रै नेतृत्वहरुले दिए र हामीलाई धेरै देशहरुले नराम्रो व्यवहार गरे ।’

ट्रम्पले तथाकथित ‘पारस्परिक शुल्क’ नहटाउने भन्दै स्पष्ट गरेका छन् । जबसम्म अन्य देशहरूले व्यापार सन्तुलन कायम गर्दैनन् तबसम्म ट्यारिफ नघटाउने उनको दाबी छ । धेरै विदेशी नेताहरुले आफूसँग सम्झौताको लागि आग्रह गरिरहेको पनि ट्रम्पले बताए ।
उनले भने, ‘अब हामी अरु देशसँग घाटामा रहँदैनौं । घाटामा हुनु भनेको मेरो दृष्टिमा हार हो । हामीसँग अब नाफा वा कम्तीमा पनि सन्तुलन हुनेछ ।’

विश्व बजार धराशायी
ट्रम्पका टिप्पणीहरू त्यतिबेला आएका छन् जब विश्व सेयर बजारहरू उनकै शुल्क नीतिका कारण लगातार गिरावटमा छन् ।
सोमबार बिहानसम्मको रिपोर्ट अनुसार ताइवानको टाइलेक्स र हङकङको ह्याङसेङ सूचकांक करिब १० प्रतिशतले घटेको छ । यस्तै जापानको निक्केई २२५ सूचकांक ९ प्रतिशतले तल झरेको छ ।
सिंगापुरको स्ट्रेट्स टाइम्स सूचकांक ७ प्रतिशतभन्दा बढीले घट्दा दक्षिण कोरियाको कोस्पीई ५ प्रतिशत र अस्ट्रेलियाको एएसएक्स २०० सूचकांक ६ प्रतिशतले घटेको छ ।
अमेरिकी बजारमा पनि दुई दिनको भारी गिरावटपछि सेयर बजारमा नोक्सान बढ्ने सम्भावना दिएको छ ।

नयाँ शुल्कहरू लागू
आइतबारदेखि अमेरिकी सरकारले सबै आयातमा १० प्रतिशतको आधारभूत शुल्क लगाएको छ । भने बुधबारदेखि ११ प्रतिशतदेखि ५० प्रतिशतसम्मका उच्च शुल्कहरु लागू हुँदैछन् । यस्ता शुल्क प्रतिस्पर्धी र मित्र राष्ट्र दुवैमा लागू हुनेछन् ।

यता चीनलाई भने अमेरिकाले ३४ प्रतिशत ट्यारिफ लगाएको छ भने युरोपियन युनियन, जापान र दक्षिण कोरियाले २० प्रतिशतदेखि २५ प्रतिशतसम्मको ट्यारिफको सामना गर्नेछन् ।

अमेरिकाको निर्णयको प्रतिउत्तरमा सबै अमेरिकी वस्तुहरुमा ३४ प्रतिशत नै ट्यारिफ लगाउने घोषणा गरिसकेको छ । यस्तै महत्त्वपूर्ण खनिजहरुको निर्यातमा पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।



यता युरोपेली संघले पनि अमेरिकी वस्तुहरुको सूची तयार पारेको छ । जसमा उच्च ट्यारिफ लगाउने तयारी गरिएको छ । त्यसैबीच, बेलायत, अस्ट्रेलिया, इन्डोनेसिया र ताइवानले तत्काल प्रतिशोध नलिने बताएका छन् ।

ट्रम्पले ट्यारिफ लगाए यता पहिलोपटक भेट गर्ने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु हुनेछन् । सोमबार उनले ह्वाइट हाउसमा भेट्दैछन् । जहाँ उनीहरुबीच नयाँ शुल्क नीति, इजरायली बन्धकको रिहाइ प्रयास, इरानी खतरा, इजरायल-टर्की सम्बन्ध र अन्तर्राष्ट्रिय आपराधिक अदालतसम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम