मुख्य समाचार
विराेध प्रर्दशनलाई बेवास्ता गर्दै आफूले लिएकाे निर्णय ‘अवस्था ठीक पार्नका लागि औषधि दिइएको’ टिप्पणी
विराेध प्रर्दशनलाई बेवास्ता गर्दै आफूले लिएकाे निर्णय ‘अवस्था ठीक पार्नका लागि औषधि दिइएको’ टिप्पणी

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बाह्य देशबाट आयात हुने सामानहरुमा लगाइएको ट्यारिफका कारण शेयर बजारमा भइरहेको गिरावट र अमेरिकाभित्रै र बाहिर भइरहेकाे विराेध प्रर्दशनलाई बेवास्ता गर्दै आफूले लिएकाे निर्णय ‘अवस्था ठीक पार्नका लागि औषधि दिइएको’ टिप्पणी गरेका छन् ।


ट्यारिफको मारमा परेका अधिकांश देशले ट्रम्पको कदमको आलोचना गरिरहेका छन् । देशभित्रै पनि उनका निर्णहरुलाई लिएर प्रदर्शनहरु भइरहेको छ । ट्रम्पले लिएको नितिका कारण विश्व बजार व्यवस्था उथुलपुथुल भएको छ । अमेरिकी शेयर बजारमा पहिरो नै गइरहेको छ र यसले कहिलेसम्म असर पारिराख्छ भन्ने पनि प्रस्ट भइसकेको छैन् । तर राष्ट्रपति ट्रम्प भने आफ्नो निर्णयमा अडिग मात्रै छैनन् उनले सारा आलोचनालाई बेवास्ता गर्दै विश्वबजारमा हल्ला गरिएजस्तो कुनै पनि चीजलाई आफू घट्न नदिने दाबी गरेका छन् । उनले भने, ‘म कुनै पनि चीजलाई घट्न दिन्न । तर कहिलेकाहिँ केही सुधार्न औषधि खुवाउनुपर्छ ।’


आइतबार एयर फोर्स वान विमानमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले पूर्व नेतृत्वका कारण अन्य देशहरुले अमेरिकाको व्यापार लिएको आरोप समेत लगाएका छन् । उनले भने, ‘हाम्रा मुर्ख नेतृत्वहरुका कारण अरु देशहरुले हाम्रा उद्योग, पैसा र रोजगारी लिए । त्यो हुन हाम्रै नेतृत्वहरुले दिए र हामीलाई धेरै देशहरुले नराम्रो व्यवहार गरे ।’

ट्रम्पले तथाकथित ‘पारस्परिक शुल्क’ नहटाउने भन्दै स्पष्ट गरेका छन् । जबसम्म अन्य देशहरूले व्यापार सन्तुलन कायम गर्दैनन् तबसम्म ट्यारिफ नघटाउने उनको दाबी छ । धेरै विदेशी नेताहरुले आफूसँग सम्झौताको लागि आग्रह गरिरहेको पनि ट्रम्पले बताए ।
उनले भने, ‘अब हामी अरु देशसँग घाटामा रहँदैनौं । घाटामा हुनु भनेको मेरो दृष्टिमा हार हो । हामीसँग अब नाफा वा कम्तीमा पनि सन्तुलन हुनेछ ।’

विश्व बजार धराशायी
ट्रम्पका टिप्पणीहरू त्यतिबेला आएका छन् जब विश्व सेयर बजारहरू उनकै शुल्क नीतिका कारण लगातार गिरावटमा छन् ।
सोमबार बिहानसम्मको रिपोर्ट अनुसार ताइवानको टाइलेक्स र हङकङको ह्याङसेङ सूचकांक करिब १० प्रतिशतले घटेको छ । यस्तै जापानको निक्केई २२५ सूचकांक ९ प्रतिशतले तल झरेको छ ।
सिंगापुरको स्ट्रेट्स टाइम्स सूचकांक ७ प्रतिशतभन्दा बढीले घट्दा दक्षिण कोरियाको कोस्पीई ५ प्रतिशत र अस्ट्रेलियाको एएसएक्स २०० सूचकांक ६ प्रतिशतले घटेको छ ।
अमेरिकी बजारमा पनि दुई दिनको भारी गिरावटपछि सेयर बजारमा नोक्सान बढ्ने सम्भावना दिएको छ ।

नयाँ शुल्कहरू लागू
आइतबारदेखि अमेरिकी सरकारले सबै आयातमा १० प्रतिशतको आधारभूत शुल्क लगाएको छ । भने बुधबारदेखि ११ प्रतिशतदेखि ५० प्रतिशतसम्मका उच्च शुल्कहरु लागू हुँदैछन् । यस्ता शुल्क प्रतिस्पर्धी र मित्र राष्ट्र दुवैमा लागू हुनेछन् ।

यता चीनलाई भने अमेरिकाले ३४ प्रतिशत ट्यारिफ लगाएको छ भने युरोपियन युनियन, जापान र दक्षिण कोरियाले २० प्रतिशतदेखि २५ प्रतिशतसम्मको ट्यारिफको सामना गर्नेछन् ।

अमेरिकाको निर्णयको प्रतिउत्तरमा सबै अमेरिकी वस्तुहरुमा ३४ प्रतिशत नै ट्यारिफ लगाउने घोषणा गरिसकेको छ । यस्तै महत्त्वपूर्ण खनिजहरुको निर्यातमा पनि प्रतिबन्ध लगाउने तयारी गरेको छ ।



यता युरोपेली संघले पनि अमेरिकी वस्तुहरुको सूची तयार पारेको छ । जसमा उच्च ट्यारिफ लगाउने तयारी गरिएको छ । त्यसैबीच, बेलायत, अस्ट्रेलिया, इन्डोनेसिया र ताइवानले तत्काल प्रतिशोध नलिने बताएका छन् ।

ट्रम्पले ट्यारिफ लगाए यता पहिलोपटक भेट गर्ने इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु हुनेछन् । सोमबार उनले ह्वाइट हाउसमा भेट्दैछन् । जहाँ उनीहरुबीच नयाँ शुल्क नीति, इजरायली बन्धकको रिहाइ प्रयास, इरानी खतरा, इजरायल-टर्की सम्बन्ध र अन्तर्राष्ट्रिय आपराधिक अदालतसम्बन्धी विषयमा छलफल हुने बताइएको छ ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...