मुख्य समाचार
अमेरिकाको दक्षिण र मध्यपश्चिममा आएको बाढी र आँधीका कारण १८ जनाको मृत्यु
अमेरिकाको दक्षिण र मध्यपश्चिममा आएको बाढी र आँधीका कारण १८ जनाको मृत्यु

— अमेरिकाको दक्षिण र मध्यपश्चिममा आएको बाढी र आँधीका कारण १८ जनाको मृत्यु भएको छ ।


शनिबारको आँधी र त्यसपछि लगातार वर्षाका कारण आएको बाढीका कारण स्थानीय समयअनुसार आइतबारसम्म मृत्यु हुनेको संख्या १८ पुगेको अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेस (एपी)ले उल्लेख गरेको छ ।


मृत्यु हुनेमा टेनिसीको पश्चिम भू–भागका १०, केन्टकीका २, मिसौरीका २, इन्डियानाका १ र अर्कान्सासका १ जना रहेका छन् । अन्य दुई जनाको ठेगाना खुलाइएको छैन ।

अर्कान्सासदेखि ओहायोसम्म फैलिएको आँधी र टेनीसी, केन्टकीमा लगातार भारी बर्षाका कारण नदीको वहाव बढेर बाढी आएको थियो । बाढी र आँधीले सबैभन्दा बढी टेनिसीमा क्षति पुर्‍याएको राष्ट्रिय मौसम सेवाले जनाएको छ ।

टेनीसीमा आँधीको कारण १० जनाको मृत्यु भएको छ । एक हजार भन्दा बढी घर, व्यापारीक संरचना, बाटो, सार्वजनिक स्थलहरु जलमग्न भएका छन् ।

केन्टकीमा एक ९ वर्षीय बालक स्कुल बसतर्फ जाने क्रममा बाढीले बगाएको र अर्कान्सासमा एक ५ वर्षीय बालकको घरमाथि रुख ढलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मिसौरीमा आँधीमा फसेका मानिसहरुको उद्धार गर्ने क्रममा भएको दुर्घटनामा परी १६ वर्षीय स्वयंसेवकको मृत्यु भएको थियो ।

केन्टकी राज्यको फ्रयाङ्कफोर्ट सहरका मेयर लेइन विल्करसनका अनुसार नदीको गहिराइ आइतबार ४७ फिटभन्दा माथि पुगेको थियो र सोमबार बिहानसम्म ४९ फिटभन्दा माथि पुग्ने अनुमान गरिएको छ ।


सहरको फ्लड वाल सिस्टम ५१ फिट पानी थेग्न भएकोले ५१ फिटभन्दा कम पानी सहरमा पस्नबाट रोक्न सकिने मेयर विल्करसले बताए । केही राज्यमा मुसलधारे वर्षा जारी रहेकाले बाढी आउन सक्ने मौसमविद्हरुले चेतावनी दिइरहेका छन् । अलाबामा, जर्जिया र फ्लोरिडाका केही भागमा आइतबार दिनभर आँधीको प्रभाव कायम रहेको मौसम सेवाले जनाएको छ ।

केन्टकीको उत्तर–मध्य क्षेत्रमा आपतकालीन अधिकारीहरुले फलमाउथ र वटलरका लागि अनिवार्य रुपमा संरचना खाली गर्न आदेश दिएका छन् । त्यहाँका अधिकारीहरुले तीस वर्षअघि यो नदी ५० फिट (१५ मिटर) सम्म पुगेको र जसका कारण पाँच जनाको मृत्यु भएकोले पुनः त्यो घटना नदोहोर्‍याउन संरचना खाली गर्न आदेश दिएको एपीले उल्लेख गरेको छ । नेसनल वेदर सर्भिसले विभिन्न राज्यका दर्जनौं स्थानमा ठुलो बाढी पुनः आउन सक्ने अनुमान गरेको छ ।

यसअघि १६ मार्चमा दक्षिणी क्षेत्रका ६ राज्यमा शक्तिशाली आँधीमा परी ३४ जनाको मृत्यु भएको थियो  । दक्षिणी क्षेत्रका मिसौरी, कन्सास, अर्कान्सास, मिसिसिपी, टेक्सस र ओक्लाहोमा राज्य आँधीबाट प्रभावित भएको थियो । मिसौरीका १२, कन्सासका ८, मिसिसिपीका ६, टेक्सासका ४, अर्कान्सासका ३ र ओक्लाहोमाका १ जनाले आँधीमा ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...