मुख्य समाचार
अमेरिकाको दक्षिण र मध्यपश्चिममा आएको बाढी र आँधीका कारण १८ जनाको मृत्यु
अमेरिकाको दक्षिण र मध्यपश्चिममा आएको बाढी र आँधीका कारण १८ जनाको मृत्यु

— अमेरिकाको दक्षिण र मध्यपश्चिममा आएको बाढी र आँधीका कारण १८ जनाको मृत्यु भएको छ ।


शनिबारको आँधी र त्यसपछि लगातार वर्षाका कारण आएको बाढीका कारण स्थानीय समयअनुसार आइतबारसम्म मृत्यु हुनेको संख्या १८ पुगेको अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेस (एपी)ले उल्लेख गरेको छ ।


मृत्यु हुनेमा टेनिसीको पश्चिम भू–भागका १०, केन्टकीका २, मिसौरीका २, इन्डियानाका १ र अर्कान्सासका १ जना रहेका छन् । अन्य दुई जनाको ठेगाना खुलाइएको छैन ।

अर्कान्सासदेखि ओहायोसम्म फैलिएको आँधी र टेनीसी, केन्टकीमा लगातार भारी बर्षाका कारण नदीको वहाव बढेर बाढी आएको थियो । बाढी र आँधीले सबैभन्दा बढी टेनिसीमा क्षति पुर्‍याएको राष्ट्रिय मौसम सेवाले जनाएको छ ।

टेनीसीमा आँधीको कारण १० जनाको मृत्यु भएको छ । एक हजार भन्दा बढी घर, व्यापारीक संरचना, बाटो, सार्वजनिक स्थलहरु जलमग्न भएका छन् ।

केन्टकीमा एक ९ वर्षीय बालक स्कुल बसतर्फ जाने क्रममा बाढीले बगाएको र अर्कान्सासमा एक ५ वर्षीय बालकको घरमाथि रुख ढलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मिसौरीमा आँधीमा फसेका मानिसहरुको उद्धार गर्ने क्रममा भएको दुर्घटनामा परी १६ वर्षीय स्वयंसेवकको मृत्यु भएको थियो ।

केन्टकी राज्यको फ्रयाङ्कफोर्ट सहरका मेयर लेइन विल्करसनका अनुसार नदीको गहिराइ आइतबार ४७ फिटभन्दा माथि पुगेको थियो र सोमबार बिहानसम्म ४९ फिटभन्दा माथि पुग्ने अनुमान गरिएको छ ।


सहरको फ्लड वाल सिस्टम ५१ फिट पानी थेग्न भएकोले ५१ फिटभन्दा कम पानी सहरमा पस्नबाट रोक्न सकिने मेयर विल्करसले बताए । केही राज्यमा मुसलधारे वर्षा जारी रहेकाले बाढी आउन सक्ने मौसमविद्हरुले चेतावनी दिइरहेका छन् । अलाबामा, जर्जिया र फ्लोरिडाका केही भागमा आइतबार दिनभर आँधीको प्रभाव कायम रहेको मौसम सेवाले जनाएको छ ।

केन्टकीको उत्तर–मध्य क्षेत्रमा आपतकालीन अधिकारीहरुले फलमाउथ र वटलरका लागि अनिवार्य रुपमा संरचना खाली गर्न आदेश दिएका छन् । त्यहाँका अधिकारीहरुले तीस वर्षअघि यो नदी ५० फिट (१५ मिटर) सम्म पुगेको र जसका कारण पाँच जनाको मृत्यु भएकोले पुनः त्यो घटना नदोहोर्‍याउन संरचना खाली गर्न आदेश दिएको एपीले उल्लेख गरेको छ । नेसनल वेदर सर्भिसले विभिन्न राज्यका दर्जनौं स्थानमा ठुलो बाढी पुनः आउन सक्ने अनुमान गरेको छ ।

यसअघि १६ मार्चमा दक्षिणी क्षेत्रका ६ राज्यमा शक्तिशाली आँधीमा परी ३४ जनाको मृत्यु भएको थियो  । दक्षिणी क्षेत्रका मिसौरी, कन्सास, अर्कान्सास, मिसिसिपी, टेक्सस र ओक्लाहोमा राज्य आँधीबाट प्रभावित भएको थियो । मिसौरीका १२, कन्सासका ८, मिसिसिपीका ६, टेक्सासका ४, अर्कान्सासका ३ र ओक्लाहोमाका १ जनाले आँधीमा ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम