मुख्य समाचार
भन्सार शुल्कबारे ट्रम्पसँग वार्ता गर्दै इजरायली प्रधानमन्त्री नेतान्याहु
भन्सार शुल्कबारे ट्रम्पसँग वार्ता गर्दै इजरायली प्रधानमन्त्री नेतान्याहु

— इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न वासिङ्टन जाने भएका छन् । नेतान्याहुको कार्यालयले उक्त भेटमा भन्सार शुल्क, गाजाको अवस्था र इरानी खतरा लगायतका विषयमा छलफल हुने बताएको छ ।


हृवाइट हाउसका एक अधिकारीका अनुसार बैठक सोमबार हुने भएको छ । अहिले अमेरिका र इजरायलबीच केही जटिल मुद्दा भएकाले भेट तीनै विषयमा केन्द्रित हुने जनाइएको छ । नेतान्याहु र ट्रम्पबीच हुने बैठकमा इजरायली सामानमा लगाइएको भन्सार शुल्क, गाजाबाट इजरायली बन्धक फर्काउने प्रयास, इजरायल–टर्की सम्बन्ध, इरानको खतरा र अन्तर्राष्ट्रिय फौजदारी अदालत(आईसीसी)सँगको लडाइँबारे छलफल हुने सञ्चारमाध्यमहरूले जनाएका छन् । भन्सार शुल्कबारे ट्रम्पसँग प्रत्यक्ष छलफल गर्न वासिङ्टन पुग्ने नेतान्याहु पहिलो विदेशी नेता हुनेछन् । आईसीसीले नेतान्याहुविरुद्ध गाजामा युद्ध गरेको आरोपमा गत नोभेम्बरमा पक्राउ पुर्जी जारी गरिसकेको छ ।


ट्रम्पले विश्वका अधिकांश देशहरूका लागि भन्सार शुल्क बढाएपछि इजरायलले पनि अमेरिकाबाट आउने सामानमा बाँकी रहेका १ प्रतिशत भन्सार हटाउने निर्णय गरेको थियो । तर पनि ट्रम्पले १७ प्रतिशत शुल्क लगाइदिएको कारण अमेरिका–इजरायल व्यापारमा घाटा भएको छ ।

ट्रम्पले विश्वका अधिकांश देशहरूमा भन्सार शुल्क बढाउने घोषणा गर्नुभन्दा एक दिनअघि, इजरायलले बाँकी रहेका अमेरिकी सामानमा लगाइएका सबै बााकी करहरू हटाउने प्रयास गरेको थियो । तर ट्रम्पले ट्यारिफहरू लागू गरे ।

अमेरिका इजरायलको सबैभन्दा ठूलो सहयोगी र प्रमुख व्यापार साझेदार हो । दुवै देशबीच ४० वर्षअगाडि स्वतन्त्र व्यापार सम्झौता भएको थियो, जसअनुसार अमेरिकाबाट आउने ९८ प्रतिशत सामानमा अहिले कुनै कर लाग्दैन ।
इजरायली फाइनान्स मन्त्रालयका अनुसार ट्रम्पको यो नयाँ निर्णयले इजरायली मेसिनरी र मेडिकल उपकरणको निर्यातमा असर गर्न सक्छ । पहिल्यै लागू भइसकेको ट्रम्पको १० प्रतिशत ‘बेसलाइन’ भन्सार शुल्कले अमेरिकाको बन्दरगाह, विमानस्थल र भन्सार गोदाममा प्रभाव देखिइसकेको छ ।

बुधबारदेखि ११ प्रतिशत देखि ५० प्रतिशतसम्मको प्रतिस्पर्धात्मक भन्सार शुल्क लागू हुँदैछ । युरोपेली संघबाट आउने सामानमा २० प्रतिशत र चीनबाट आउनेमा ३४ प्रतिशत कर लाग्नेछ, जसले चीनमाथिको कुल भन्सार शुल्क ५४ प्रतिशत पुर्‍याउनेछ ।



यस परिवर्तनले विश्व बजार हल्लिएको छ र अमेरिकाको ‘एस एन्ड पी ५००’ कम्पनीहरूको मूल्य दुई दिनमै ५ ट्रिलियन डलरसम्म घटेको छ । यो हालसम्मकै सबैभन्दा ठूलो गिरावट हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...