मुख्य समाचार
भन्सार शुल्कबारे ट्रम्पसँग वार्ता गर्दै इजरायली प्रधानमन्त्री नेतान्याहु
भन्सार शुल्कबारे ट्रम्पसँग वार्ता गर्दै इजरायली प्रधानमन्त्री नेतान्याहु

— इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेट्न वासिङ्टन जाने भएका छन् । नेतान्याहुको कार्यालयले उक्त भेटमा भन्सार शुल्क, गाजाको अवस्था र इरानी खतरा लगायतका विषयमा छलफल हुने बताएको छ ।


हृवाइट हाउसका एक अधिकारीका अनुसार बैठक सोमबार हुने भएको छ । अहिले अमेरिका र इजरायलबीच केही जटिल मुद्दा भएकाले भेट तीनै विषयमा केन्द्रित हुने जनाइएको छ । नेतान्याहु र ट्रम्पबीच हुने बैठकमा इजरायली सामानमा लगाइएको भन्सार शुल्क, गाजाबाट इजरायली बन्धक फर्काउने प्रयास, इजरायल–टर्की सम्बन्ध, इरानको खतरा र अन्तर्राष्ट्रिय फौजदारी अदालत(आईसीसी)सँगको लडाइँबारे छलफल हुने सञ्चारमाध्यमहरूले जनाएका छन् । भन्सार शुल्कबारे ट्रम्पसँग प्रत्यक्ष छलफल गर्न वासिङ्टन पुग्ने नेतान्याहु पहिलो विदेशी नेता हुनेछन् । आईसीसीले नेतान्याहुविरुद्ध गाजामा युद्ध गरेको आरोपमा गत नोभेम्बरमा पक्राउ पुर्जी जारी गरिसकेको छ ।


ट्रम्पले विश्वका अधिकांश देशहरूका लागि भन्सार शुल्क बढाएपछि इजरायलले पनि अमेरिकाबाट आउने सामानमा बाँकी रहेका १ प्रतिशत भन्सार हटाउने निर्णय गरेको थियो । तर पनि ट्रम्पले १७ प्रतिशत शुल्क लगाइदिएको कारण अमेरिका–इजरायल व्यापारमा घाटा भएको छ ।

ट्रम्पले विश्वका अधिकांश देशहरूमा भन्सार शुल्क बढाउने घोषणा गर्नुभन्दा एक दिनअघि, इजरायलले बाँकी रहेका अमेरिकी सामानमा लगाइएका सबै बााकी करहरू हटाउने प्रयास गरेको थियो । तर ट्रम्पले ट्यारिफहरू लागू गरे ।

अमेरिका इजरायलको सबैभन्दा ठूलो सहयोगी र प्रमुख व्यापार साझेदार हो । दुवै देशबीच ४० वर्षअगाडि स्वतन्त्र व्यापार सम्झौता भएको थियो, जसअनुसार अमेरिकाबाट आउने ९८ प्रतिशत सामानमा अहिले कुनै कर लाग्दैन ।
इजरायली फाइनान्स मन्त्रालयका अनुसार ट्रम्पको यो नयाँ निर्णयले इजरायली मेसिनरी र मेडिकल उपकरणको निर्यातमा असर गर्न सक्छ । पहिल्यै लागू भइसकेको ट्रम्पको १० प्रतिशत ‘बेसलाइन’ भन्सार शुल्कले अमेरिकाको बन्दरगाह, विमानस्थल र भन्सार गोदाममा प्रभाव देखिइसकेको छ ।

बुधबारदेखि ११ प्रतिशत देखि ५० प्रतिशतसम्मको प्रतिस्पर्धात्मक भन्सार शुल्क लागू हुँदैछ । युरोपेली संघबाट आउने सामानमा २० प्रतिशत र चीनबाट आउनेमा ३४ प्रतिशत कर लाग्नेछ, जसले चीनमाथिको कुल भन्सार शुल्क ५४ प्रतिशत पुर्‍याउनेछ ।



यस परिवर्तनले विश्व बजार हल्लिएको छ र अमेरिकाको ‘एस एन्ड पी ५००’ कम्पनीहरूको मूल्य दुई दिनमै ५ ट्रिलियन डलरसम्म घटेको छ । यो हालसम्मकै सबैभन्दा ठूलो गिरावट हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम