मुख्य समाचार
हङकङ टी–२० चारदेशीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने खेलाडीको बिदाइ
हङकङ टी–२० चारदेशीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने खेलाडीको बिदाइ

: हङकङ टी–२० चारदेशीय अन्तर्राष्ट्रिय सिरिज खेल्ने खेलाडीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले हङकङ जाने नेपाली टोलीको बिदाइ गरेको हो।


क्यानका उपाध्यक्ष रोशन सिंह, प्रवक्ता छुम्बी लामा लगायतको टिमले खेलाडीलाई बिदाइ गरेका हुन्। टिममा साहब आलम, नन्दन यादव र बसिर अहमदले राष्ट्रिय टिममा स्थान बनाएका छन्। त्यस्तै रिजन ढकाल पनि टिममा फर्किएका छन्।


नेपालले नियुक्त गरेको प्रमुख प्रशिक्षक स्टुर्अट ल नेपाल आई नपुग्दा ज्ञानेन्द्रले यो टुरमा नेपाली सिनियर टिमको प्रशिक्षण सम्हाल्नेछन्। यस सिरिजमा ज्ञानेन्द्रले पहिलो पटक सिनियर टिमलाई प्रशिक्षण गर्नेछन्।


यसअघि नेपाल ए टिमको प्रशिक्षण सम्हालेका ज्ञानेन्द्रको लागि प्रशिक्षकको रूपमा सिनियर टिमको डेब्यु हुनेछ। अप्रिल ९ देखि १३ सम्म हुने यस प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारसँग खेल्नेछ। अप्रिल १० मा कुवेत र अप्रिल १३ मा हङकङसँग खेल्नेछ। लिग चरणको शीर्ष २ टोलीले फाइनल खेल्नेछन्। तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि खेल्नेछन्।

हङकङ टी-२० सिरिजका लागि नेपालको टिम:

रोहित पौडेल (कप्तान) आशिष शेख (विकेटकिपर), कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, साहब आलम,नन्दन यादव, रिजन ढकाल र गुल्सन झा।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...