मुख्य समाचार
हस्पिटलमा बालकको उपचारका क्रममा मृत्यु भएपछि स्थानीयहरु आन्दोलित
हस्पिटलमा बालकको उपचारका क्रममा मृत्यु भएपछि स्थानीयहरु आन्दोलित

गौशाला (महोत्तरी) : गौशालास्थित ए एण्ड बी हस्पिटलमा बालकको उपचारका क्रममा मृत्यु भएपछि स्थानीयहरु आन्दोलित भएका छन्।


जिल्लाको औरही नगरपालिका-२ फुलवरियाका ६ वर्षीय बालक मोहम्मद रजा शेखको सो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित समूहले तोडफोड गर्दै हस्पिटल घेराउ गरेका थिए। आइतबार साँझदेखि हस्पिटलमा स्थानीयवासीले आन्दोलन गरेका हुन्।


गौशाला नगरपालिका-५ स्थित आफन्तको घरमा इद मनाउनका लागि आएको बालक आइतबार बिहान खेल्ने क्रममा लडेर घाइते भएको थिए। घाइते बालकलाई तत्काल उपचारका लागि सोही हस्पिटलमा भर्ना गरेको थियो।


अन्तिम समयसम्म पनि बालकलाई उपचारको बहानामा चिकित्सकले बालकलाई रेफर नगरकै कारण अस्पतालमा बालकको अकालमै ज्यान गुमाएको परिवारले आरोप लगाएका छन्।

सयौंको संख्यामा आन्दोलित स्थानीयहरु सञ्चालक डा.बिमल महतोमाथि कुटपिटको समेत प्रयास गरेको थियो। त्यसपछि डा. महतो फरार छन्।

आन्दोलन क्षेत्रमा समयमै प्रहरी परिचालन गरेपछि तत्कालै भिड साम्य भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको र शवको पोस्टमार्टमका लागि प्रक्रिया सुरु गरिएको प्रहरी निरीक्षक उतमसिंह भण्डारीले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु
केपी शर्मा ओलीले बैठकमा पार्टीको ११ औँ महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते गर्ने प्रस्ताव
एमाले बैठकमा ५० जनाले राखे धारणा, दिए यस्ता सुझाव
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, दिउँसो केन्द्रीय समितिको बैठक बस्दै
— कास्कीको मादी गाउँपालिका–११ बरालडाँडाका ७० वर्षीय चित्रबहादुर गुरुङ सुगर–प्रेसरका दीर्घरोगी हुन् । एक्कासि स्वास्थ्य बिग्रेपछि उनी ३ दिनदेखि पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) को सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत थिए । उनलाई उपचारका लागि मंगलबार पोखराकै अर्को अस्पताल स्थानान्तरण गरिएको छ । जीएमसीका नर्स आन्दोलित भएपछि उनलाई अर्को अस्पताल लगिएको हो । अस्पतालबाट ...