मुख्य समाचार
हस्पिटलमा बालकको उपचारका क्रममा मृत्यु भएपछि स्थानीयहरु आन्दोलित
हस्पिटलमा बालकको उपचारका क्रममा मृत्यु भएपछि स्थानीयहरु आन्दोलित

गौशाला (महोत्तरी) : गौशालास्थित ए एण्ड बी हस्पिटलमा बालकको उपचारका क्रममा मृत्यु भएपछि स्थानीयहरु आन्दोलित भएका छन्।


जिल्लाको औरही नगरपालिका-२ फुलवरियाका ६ वर्षीय बालक मोहम्मद रजा शेखको सो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएपछि आक्रोशित समूहले तोडफोड गर्दै हस्पिटल घेराउ गरेका थिए। आइतबार साँझदेखि हस्पिटलमा स्थानीयवासीले आन्दोलन गरेका हुन्।


गौशाला नगरपालिका-५ स्थित आफन्तको घरमा इद मनाउनका लागि आएको बालक आइतबार बिहान खेल्ने क्रममा लडेर घाइते भएको थिए। घाइते बालकलाई तत्काल उपचारका लागि सोही हस्पिटलमा भर्ना गरेको थियो।


अन्तिम समयसम्म पनि बालकलाई उपचारको बहानामा चिकित्सकले बालकलाई रेफर नगरकै कारण अस्पतालमा बालकको अकालमै ज्यान गुमाएको परिवारले आरोप लगाएका छन्।

सयौंको संख्यामा आन्दोलित स्थानीयहरु सञ्चालक डा.बिमल महतोमाथि कुटपिटको समेत प्रयास गरेको थियो। त्यसपछि डा. महतो फरार छन्।

आन्दोलन क्षेत्रमा समयमै प्रहरी परिचालन गरेपछि तत्कालै भिड साम्य भएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको र शवको पोस्टमार्टमका लागि प्रक्रिया सुरु गरिएको प्रहरी निरीक्षक उतमसिंह भण्डारीले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बाजुराको बडिमालिका नगरपालिका–७ मा जंगली च्याउको तरकारी खाएका श्रीमानको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर बिरामी परेकी छन् । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–७ ढम्कनेका ५१ वर्षीय रामे थापा रहेका छन् । उनकी करिब ५० वर्षीया श्रीमती नाम्सरी थापा गम्भीर अवस्थामा जिल्ला अस्पताल मार्तडीमा उपचाररत छिन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दम्पतीले सोमबार साँझ ...
। भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ । पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् । डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको ...
। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो । ‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने । वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ...
। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा ...
। सरकार र चिकित्सक संघबीच सहमति भएको छ । साथै, चिकित्सक संघले देशभर जारी राखेको आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको हो । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य ...