मुख्य समाचार
नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवन र झापा एफसीले अंक बाँडे
नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवन र झापा एफसीले अंक बाँडे

: नेपाल सुपर लिग (एनएसएल)मा एफसी चितवन र झापा एफसीले अंक बाँडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एफसी चितवनले झापालाई १-१ खेलेका हुन्।


इन्जुरी टाइममा पेनाल्टीमार्फत झापाले गोल गर्दै चितवनसँग अंक बाँडेको हो। खेलको निर्धारित ९० मिनेटको समयमा १-० ले अग्रता बनाइरहेको चितवनसँग इन्जुरी टाइमको चौथो मिनेटमा गोल गर्दै झापाले एक अंक सुनिश्चित गरेको हो।


दोस्रो हाफको इन्जुरी टाइममा ७ मिनेटको समय थप गरिएको थियो। त्यसको दोस्रो मिनेटमा चितवनका निरोध चौधरीले झापाका अरुण थापालाई डिबक्स भित्र लडाएपछि झापाले पेनाल्टी पाएको थियो। पेनाल्टीमा झापाका लागि अल्हाजी गेरोले गोल गरेका हुन्।


खेलको पाँचौं मिनेटमा चितवनका भिक्टर मानसारेले बक्स बाहिरबाट हानेको बल झापाका किपर एन्जल श्रेष्ठले बचाए। त्यसको तीन मिनेटपश्चात् चितवनका शिशिर लेखीले राम्रो मौका गुमाए।

खेलको २८औं मिनेटमा चितवनले गोल गर्दै अग्रता बनायो। चितवनका लागि टोरेक जेब्रिनले गोल गर्दै चितवनलाई पहिलो हाफमा १-०को अग्रता दिलाएका थिए। शिशिर लेखीले दिएको पासमा जेब्रिनले उत्कृष्ट गोल गरेका हुन्।

पहिलो हाफ १-० ले अग्रता बनाएको चितवनले दोस्रो हाफमा भने गोल गर्न सकेन। खेलको ८२ औ मिनेटमा झापाका अविनाश स्याङ्‍तानले हानेको प्रहार गोल पोस्ट छेउबाट बाहिरिएको हो।

खेलको ८८ औँ मिनेटमा झापा झापाका लाजार आर्षिकले हानेको फ्री किक क्रस पारमा लागेर फर्कियो। झापा र चितवन दुवै टिमको यो तेस्रो खेल थियो। चितवनले यसअघिको दुई खेल जितेको थियो। यसअघिको दुवै खेलमा झापाले अंक बाँडेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...