मुख्य समाचार
अमेरिकाले थप ८ नेपालीलाई गर्‍यो निष्कासन
अमेरिकाले थप ८ नेपालीलाई गर्‍यो निष्कासन

: अमेरिकाले अवैध रूपमा बसोबास गर्ने नेपालीहरूलाई निष्कासन गर्ने क्रम जारी राखेको छ। पछिल्लो पटक अमेरिकाले ८ जना नेपालीलाई निष्कासन गरेको छ।


स्रोतका अनुसार निष्कासनमा पर्नेमा बुढा, पुन, सेन, चौधरी, खड्का, सुवेदी, पुन मगर, पाठक थरका एक-एक जना रहेका छन्। गैह्रकानुनी रूपमा अमेरिका बस्दै आएका उनीहरूलाई अमेरिकी अध्यागमनले यसै साता निष्कासन गरेको हो। उनीहरूलाई एयर इन्डियाको विमानबाट नेपाल फर्काइएको छ। उनीहरुमध्ये पुन, सुवेदी, पुन मगर, पाठक र बुढा अवैध रुपमा तल्लोबाटो (मेक्सिको) हुँदै अमेरिका पुगेका थिए। उनीहरुलाई अमेरिका प्रवेश गर्ने बित्तिकै प्रहरीले पक्राउ गरेको हो।


पक्राउ परेकामध्ये पासपोर्ट नभएकाको ट्राभल डकुमेन्ट बनाएर अमेरिकाले नेपाल डिपोर्ट गरेको हो। सेन भने अध्यागमन कानुन अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा डिपोर्टमा परेका हुन्। यद्यपी के-के उलंघन गरेको भन्ने खुल्न नसकेको स्रोतले बतायो।


‘गैह्रकानुनी रूपमा अमेरिकामा बसेर त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई नेपाल डिपोर्ट गरिएको रहेछ। अमेरिकाले अवैध नेपालीहरूलाई फर्काउने क्रम जारी राखेको छ,’ स्रोतले अन्नपूर्णसँग भन्यो।

अवैध रुपमा प्रवेश गरेका नेपालीहरुले प्रहरीले पक्राउ गरी नेपाल फर्काएको छ। डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा सपथ लिएपछि अमेरिकाको आप्रवासन सम्बन्धी नीति परिवर्तन भएको थियो। राष्ट्रपति ट्रम्पले आप्रवासनसम्बन्धी नयाँ कार्यकारी आदेश जारी गरेर गैरकानुनी रूपमा बसोबास गर्ने आप्रवासीमाथि निरन्तर धरपकड गर्दै आएको छ। अहिले पनि ठूलो संख्यामा नेपालीहरू त्यहाँको अध्यागमन प्रहरी आइसीईको निगरानीमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकाले एकै दिन ८० नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडेको हो । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु रहेका छन् । डिपोर्ट हुनेमध्ये ...
। अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई अमेरिकाले काठमाडौं ल्याएर छाडिदिएको हो । अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट हुनेहरुमा ७९ जना पुरुष र एक महिला छन् । डिपोर्ट भएकाहरुमा केहीको कागजात नभेटिएको, गैरकानुनीमा रुपमा बसेको, अमेरिकाको अध्यागमन कानुन उल्लंघन गरेकाहरु छन् । डिपोर्ट भएकाहरुलाई मानव ...
— साउदी अरेबियाले विभिन्न क्षेत्रमा आफ्नै नागरिकलाई अनिवार्य राख्नुपर्ने नीति (साउदीकरण)लाई कडाईका साथ कार्यान्वयन गर्न थालेपछि उच्च पदमा पुगेका नेपालीसहित आप्रवासी श्रमिकको रोजगारी संकटमा पर्न थालेको छन् । उनीहरुको भिसा नै नवीकरण गर्न छाडेको छ । साउदीले निजी क्षेत्रका कम्पनीले उच्च तह र विशेषज्ञ तहमा साउदीकै नागरिकलाई राख्ने नीति लिएको छ । एक इन्जिनियरीङ कम्पनीमा कार्यरत ...
: अमेरिकाले थप ८० नेपालीलाई निष्कासन गरेको छ। ओमनी इन्टरनेशनको OAE3943 नम्बरको चार्टर्ड विमानले बंगलादेशको ढाका हुँदै उनीहरूलाई नेपाल छाडेको हो। स्रोतका अनुसार मंगलबार निष्कासनमा परेका नेपालीहरूलाई काठमाडौं ल्याइपुर्‍याएको हो। गैरकानुनी रूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई अमेरिकाले निष्कासन गरेको हो। स्रोतका अनुसार केही नेपालीहरू तल्लो बाटो हुँदै अमेरिका पुगेका थिए भने केही त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको ...
। मलेसियामा कार्यरत नेपाली सुरक्षा (सेक्युरिटी) गार्डहरू न्यूनतम तलब (बेसिक स्यालरी) पाउनबाट समेत वञ्चित हुँदै आएका छन् । मलेसियाका विभिन्न कम्पनीमा कार्यरत नेपाली सुरक्षा गार्डहरू न्यूनतम तलब समेत पाउनबाट वञ्चित हुँदै आएका हुन् । मलेसियामा हाल न्यूनतम १ हजार ७ सय रिंगिट तलब तोकिएको छ । तर, कतिपय सुरक्षा गार्डले त्यति पनि पाएका छैनन् । हाल १ ...