मुख्य समाचार
फुलहमले लिभरपुललाई ३-२ले हराए
फुलहमले लिभरपुललाई ३-२ले हराए

: प्रिमियर लिगमा भएको खेलमा फुलहमले लिभरपुललाई ३-२ले हराएको छ। प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल अपराजित रहँदै खेलिरहेको थियो।


खेलको १४औं मिनेटमा एलेक्सिक म्याक एलिटरले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए। अग्रता बनाए पनि लिभरपुलले त्यसलाई जोगाउन सकेन। खेलको तेइसौं मिनेटमा फुलहमका लागि रायन सेसेगोनले बराबरी गोल फर्काएका थिए।


पहिलो हाफमा नै फुलहमले थप दुई गोल गर्‍यो। खेलको ३२ औँ मिनेटमा एलेक्स युभीले गोल गरे। त्यस्तै रोड्रिगो मुनिजले ३७ औँ मिनेटमा गोल गरेका थिए। पहिलो हाफ ३-१ ले अग्रता बनाएको फुलहमले दोस्रो हाफमा गोल गर्न सकेन।


यता लिभरपुलको लागि भने ७२ औँ मिनेटमा लुइस डियाज दोस्रो गोल गरे। हार बेहोरे पनि लिभरपुलले ३१ खेलबाट ७३ अङ्क बटुल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। दोस्रो स्थानमा आर्सनल रहेको छ। आर्सनलभन्दा लिभरपुल ११ अङ्कले अगाडि रहेको छ।

अब लिभरपुललाई २० औँ पटक प्रिमियर लिग जित्न ११ अङ्क भए पुग्छ। लिभरपुललाई हराएको फुलहमको पनि युरोपियन प्रतियोगिता छनोट हुने सम्भावना कायमै छ। फुलहमले ३१ खेलबाट ४८ अङ्क जोडेर आठौं स्थानमा उक्लिएको छ। प्रिमियर लिगको आइतबार नै भएको अर्को खेलमा टोटनहमले साउथ हम्प्टनलाई ३-१ ले पराजित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...