मुख्य समाचार
अमेरिकामा ट्रम्प-मस्क नीतिको विरोधमा १२०० भन्दा बढी र्‍याली
अमेरिकामा ट्रम्प-मस्क नीतिको विरोधमा १२०० भन्दा बढी र्‍याली

। अमेरिका शनिबार विशाल विरोध प्रदर्शनको केन्द्र बन्यो, जहाँ राष्ट्रपति डोनाल्ड ट्रम्प र उद्योगपति एलन मस्कको नीतिहरूको विरोधमा देशभर १२०० भन्दा बढी र्‍यालीहरू निकालिए।

‘ह्याण्ड्स अफ’ नाम दिइएको यस आन्दोलन सामाजिक सुरक्षा, रोजगारी कटौती, मानव अधिकार र आर्थिक नीतिको विरोधमा निकालिएको हो ।


‘ह्याण्ड्स अफ’ भन्ने नाराको सन्देश हो- ‘हाम्रो अधिकारबाट हात हटाउ’ । अमेरिकी नागरिकको स्वतन्त्रता र अधिकारमा हस्तक्षेप नगर्न प्रदर्शनकारीहरूले चेतावनी दिएका छन् ।

शनिबार आयोजित राष्ट्रव्यापी विरोधमा श्रमिक संगठन, सिभिल राइट्स संस्था, एलजीबीटीक्यू प्ल्स अभियन्ता, भूतपूर्व सैनिक र चुनावी कार्यकर्ताहरू लगायतका १५० भन्दा बढी समूहहरूको उल्लेखनीय उपस्थिति थियो।

सामाजिक सञ्जालमा साझा गरिएका तस्बिरहरूमा फ्लोरिडाको सेन्ट अगस्टिनदेखि साल्ट लेक सिटी, र वर्षा भइरहको फ्र्याङ्कफर्ट, केन्टकीसम्म भीड देखिन्छ।

शनिबार अमेरिका भरिका सहर र साना बस्तीहरूमा हजारौँ प्रदर्शनकारीले सडकमा उत्रिएर सरकारको नीति, आर्थिक अस्थिरता र लोकतन्त्रमाथिको आक्रमणको विरोधमा आवाज उठाएका हुन् ।

प्रदर्शनकारीहरू राष्ट्रिय निकुञ्ज र साना व्यवसाय, सार्वजनिक शिक्षा, पूर्वसैनिकका लागि स्वास्थ्य सेवा, गर्भपतन अधिकार, र निष्पक्ष निर्वाचनको पक्षमा आवाज उठाए । उनीहरूले भन्सार शुल्क, धनाढ्य उद्योगपतिहरू (ओलिगार्की), अन्धकारपूर्ण चुनावी चन्दा (डार्क मनी), फासिवाद, कानुनी आप्रवासीको निष्कासन, र ‘सरकारी दक्षता विभाग’ विरुद्ध पनि आवाज उठाए।



भीडको ठ्याक्कै अनुमान लगाउन गाह्रो भए पनि आयोजकहरूका अनुसार ६ लाखभन्दा बढी मानिसले सहभागी हुने भनेर दर्ता गरेका थिए ।

म्यानह्याटनको फिफ्थ एभिन्युमा विरोध प्रदर्शन करिब २० ब्लकसम्म फैलिएको थियो। शिकागोमा डेली प्लाजा र वरिपरिका सडकहरू हजारौँ प्रदर्शनकारीले भरिएका थिए, वासिङ्टन डीसीमा दसौँ हजार मानिस वाशिङ्टन मोनुमेन्ट वरिपरि भेला भए।

न्युयोर्क टाइम्सका अनुसार एटलान्टामा, पुलिसको अनुमान अनुसार २०,००० भन्दा बढी मानिसहरू सुनौलो गुम्बज भएको राज्य संसद भवनतर्फ मार्च गरेका थिए।

आन्दोलन चलिरहेको बेला राष्ट्रपति ट्रम्प भने फ्लोरिडामा गल्फ खेलिरहेका थिए । उनले देशव्यापी प्रदर्शनलाई बेवास्ता गरेको सन्देश दिन चाहेका देखिन्थे । ह्वाइट हाउसले पनि यसबारे तत्काल कुनै टिप्पणी गरेको छैन।

केही प्रदर्शनकारीहरूले अमेरिकन झण्डा फहराए, जसमा संकटको संकेतस्वरूप केही झण्डाहरू उल्टो राखिएको थियो ।

धेरैजसो संघीय कर्मचारी र विश्वविद्यालय विद्यार्थीहरूले बदला लिने डरले आफ्नो नाम सार्वजनिक गर्न चाहेनन्।

ट्रम्प सरकारको ‘डिपार्टमेन्ट अफ गभर्मेन्ट एफिसेन्सी’ डोज प्रमुख इलन मस्क प्रशासनिक संरचनालाई चुस्तदुरुस्त बनाउने पक्षमा दृढ देखिन्छन् । सरकारी खर्च घटाएर करदाताको अरबौँ डलर जोगाउन सकिने उनले बताउँदै आएका छन् ।

तर, मस्कको यो प्रस्तावले व्यापक असन्तुष्टि निम्त्याएको छ। प्रदर्शनकारीहरू भन्छन्, ‘नोकरी कटौतीको नाममा सामाजिक सुरक्षामा प्रहार गर्न पाइँदैन ।’

त्यसैगरी, ह्वाइट हाउसले ट्रम्प सरकार सामाजिक सुरक्षा र स्वास्थ्य कार्यक्रमप्रति प्रतिबद्ध रहेको दाबी गरे पनि डेमोक्र्याट्सले यी योजनाबाट अवैध आप्रवासी लाभान्वित हुने भनी आलोचना गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...