मुख्य समाचार
सीआईडीका एसीपी प्रद्युमनले छाडे शो
सीआईडीका एसीपी प्रद्युमनले छाडे शो

। भारतीय टेलिभिजनको लोकप्रिय शो ‘सीइआईडी’ प्रसारणको २७ वर्षपछि अभिनेता शिवाजी साटम शोबाट बाहिरिएका छन् । सोनी इन्टरटेनमेन्ट टेलिभिजनले सामाजिक संजालबाट यसको पुष्टि गरेको छ ।

उनले शो प्रसारणको सुरुवातदेखि अहिलेसम्म चर्चित पात्र एसिपी प्रद्युमनको भूमिका निर्वाह गर्दै आएका थिए ।

सोनी इन्टरटेनमेन्ट टिभीले शनिबार राती उक्त पात्रको देहवसान भएको जनाएको छ । टिभीले लेखेको छ, ‘एक युगको अन्त्य, एसीपी प्रद्युमनको मायालु सम्झनामा… कहिल्यै बिर्सन नसकिने क्षति । रिप एसीपी ।’ यसको अर्थ, उक्त पात्रको भूमिकाबाट शिवाजी साटम बाहिरिएका छन् ।

केही दिनदेखि नै एसीपी प्रद्युमनको मृत्युको छायांकन गरिएकाले अभिनेता साटमले शो छाड्न लागेको चर्चा भैरहेको थियो । यो कुरालाई पुष्टि गर्दै टिभीले सामाजिक संजालबाट जानकारी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। यही भदौ २५ गतेदेखि २९ गतेसम्म काठमाडौंमा लिच्छवि सिनेमा फेस्टिभलको पहिलो संस्करण आयोजना हुने भएको छ । काठमाडौं महानगरपालिका र युरोपेली युनियनको सहयोगमा कला तथा सांस्कृतिक केन्द्र लिच्छवि हाउसले यो महोत्सव आयोजना गर्न लागेको हो। फिस्टिभलमा नेपाली र अन्तर्राष्ट्रिय सिनेमाबीच नयाँ संवादको सुरुवात गर्ने लक्ष्य राखिएको छ । फेस्टिभलमा एसिया तथा विश्व सिनेमाका १० वटा ...
विश्वभरका देश, अन्तर्राष्ट्रिय संस्था, फिल्म, टेलिभिजन तथा गेमिङ उद्योगका अगुवा, सर्जक, महोत्सव र सांस्कृतिक संस्थाका प्रतिनिधिले सोमबार सेन्ट-पल-दे-भेन्समा आयोजित लुमिएर समिटमा ‘सिनेमा र मुभिङ इमेजको भविष्यसम्बन्धी लुमिएर घोषणापत्र’ पारित गरेका छन् । फ्रान्स र दक्षिण कोरियाले संयुक्त रूपमा प्रस्तुत गरेको तथा दुवै देशका राष्ट्रपतिको सह-अध्यक्षतामा आयोजित समिटबाट पारित घोषणापत्रले १५ सिद्धान्त अघि सारेको छ । घोषणापत्रमा ...
। सौन्दर्य प्रतियोगिता ‘मिस कस्मो’ले भोटेकोशी बाढीबाट प्रभावितका लागि राहतस्वरूप १० हजार अमेरिकी डलर प्रदान गरेको छ । शनिबार भियतनाममा आयोजित मिस वर्ल्डको फिनालेका क्रममा कस्मो इन्टरनेसनलका प्रतिनिधिले मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरलाई उक्त रकम प्रदान गरेका हुन् । हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारले उक्त रकम बुझेका छन् । राहतस्वरूप प्राप्त रकम तत्काल प्रधानमन्त्री दैवीप्रकोप ...
जुलाईको अन्त्यमा ब्लकबस्टर सुरुवात गरेयता ‘स्पाइडर-म्यानः ब्रान्ड न्यू डे’ लगातार चर्चामा छ। कोलाइडरका चार्ली रिज्लीले यसलाई ‘२० वर्षयताकै उत्कृष्ट स्पाइडी एडभेन्चर’ भनेका छन्। २०२५ मा रिलिज भएका ‘द फ्यान्टास्टिक फोरः फर्स्ट स्टेप्स’, ‘थन्डरबोल्ट्स’ र ‘क्याप्टेन अमेरिकाः ब्रेभ न्यू वर्ल्ड’ अपेक्षाअनुसार सफल हुन नसकेपछि सन् २०२६ को मार्भल सिनेम्याटिक युनिभर्स (एमसीयू) को पहिलो ठूलो फिल्मप्रतिको अपेक्षा यसअघिका ...
। रुससँगको निरन्तर युद्धका बीच युक्रेन सरकारले देशमा भइरहेको एडल्ट कन्टेन्ट (पोर्न) व्यवसायलाई कानुनी दायरामा ल्याएर कर लगाउने तयारी गरेको छ। अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार यसबाट युक्रेन सरकारलाई वार्षिक करिब साढे २ करोड डलर थप आम्दानी हुने अनुमान गरिएको छ। एक युक्रेनी सांसदका अनुसार, यो रकमबाट युद्धका लागि आवश्यक पर्ने करिब ३० हजार ...