मुख्य समाचार
स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको ९ वर्ष पूरा
स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको ९ वर्ष पूरा

।आर्थिक कठिनाइबिना सबै नागरिकलाई आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको ९ वर्ष पूरा भएको छ । तर, अहिलेसम्म न लक्षित सबैसम्म पुगेको छ, स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच स्थापित भएको छ ।

नागरिकलाई राहत दिन भनेर सुरु गरेको कार्यक्रमको नवीरकण दर नै घट्दै गएको छ । नवौं वार्षिकोत्सवको पूर्वसन्ध्यामा आइतबार आयोजित अन्तर्क्रिया कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका निर्देशक रघु काफ्ले भने, ‘बोर्डले एक पटक बीमा गरेपछि नवीकरण गर्ने वातावरण तयार पार्न समेत नसकेको देखिन्छ । छाड्ने दर उच्च हुनुको कारण पहिचान गरी त्यसको सम्बोधनमा ध्यान दिनु आवश्यक छ ।’

बोर्डको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१÷०८२ फागुनसम्म भने आधा भन्दा बढी (५४) प्रतिशतले नवीरकरण गरेका छैनन् ।

बीमितले समयमा स्वास्थ्य सेवा तथा औषधि नपाउनु, बीमा गरेका र बीमा नगरेका बिरामीले पाउने सेवामा फरक हुनु, थप उपचारका लागि ठूला अस्पतालमा ‘रिफर’ गर्दा आवश्यक कागजात सहज नपाउने जस्ता कारणले बीमा कार्यक्रमप्रति आकर्षण घट्दै गएको छ ।

स्वास्थ्य बीमा हाल ४८५ वटा सेवा प्रदायक स्वास्थ्य संस्था छन् । जसमध्ये ४०४ सरकारी, ३३ सामुदायिक र ४८ वटा निजी स्वास्थ्य संस्था छन् ।

सेवा प्रदायकहरू सुगम र बढी जनसंख्या भएको स्थानमा केन्द्रित रहेका छन् । बोर्डका निर्देशक काफ्ले भन्छन्, ‘अधिकांश सेवा प्रदायकहरू एकै ठाउँमा केन्द्रिकृत रहेका र दुर्गम स्थानमा मापदण्ड बमोजिमका प्रथम सेवा विन्दु पाउन समेत कठिन छ ।’

सेवा प्रदायक सबै ठाउँमा उपलब्ध हुने अवस्था सिर्जना गर्नका लागि तीन तहका सरकार र निजी क्षेत्रसँगको समन्वय तथा सहकार्य गर्नुपर्ने उनले बताए ।

औसत रूपमा योगदान र दाबीबीचको अन्तर २२० प्रतिशत देखिएको छ ।

‘यस्तो प्रकृतिको बीमा टिकाउन ८०–८५ प्रतिशत भन्दा बढी हुनु हुँदैन । मेडिकल घाटा अनुपातलाई घटाउँदै लगी सन्तुलनको अवस्थामा पुर्याउनका लागि थप प्रयास आवश्यक छ,’ काफ्ले भन्छन् ।

बोर्डका अनुसार ७७ जिल्लाका ७४९ वटा स्थानीय तहमा बीमा कार्यक्रम विस्तार भएको छ । हालसम्म कुल ८९ लाख ५२ हजार १३५ जना व्यक्ति स्वास्थ्य बीमामा आबद्ध भए । तर २०८१÷८२ को फाल्गुन मसान्तसम्ममा क्रियाशील बिमितको संख्या ५७ लाख ५३ हजार ८१७ रहेको छ । जुन कुल जनसंख्याको २० प्रतिशत मात्रै हो।

सामान्य क्रियाशील बिमित ४३ लाख २ हजार ७०९ र क्रियाशील लक्षित बिमित १४ लाख ५१ हजार १०८ छन् । काफ्ले भन्छन्, ‘क्रियाशील बिमितको सङ्ख्या विश्लेषण गर्दा अझ पनि बहुसङ्ख्यक अर्थात ८० प्रतिशत नागरिकलाई समेटन थप मेहनत गर्नुपर्ने देखिन्छ ।’

बोर्डको तथ्यांक अनुसार कोशी प्रदेशमा कुल जनसख्याको ३३ प्रतिशत, बागमतीमा २६ प्रतिशत, गण्डकीमा ३४ प्रतिशत र लुम्बिनीमा १४ प्रतिशत रहेकोमा मधेश, कर्णाली र सुदुरपश्चिममा क्रमशः ७ प्रतिशत, १४ प्रतिशत र ११ प्रतिशत स्वास्थ्य बीमामा आवद्ध भएका छन् ।

‘मानवीय विकासका दृष्टिमा पछाडि परेका प्रदेशहरूको बीमामा संलग्नता न्यून हुनु चिन्ताको विषय हो’ निर्देशक काफ्ले भन्छन्, ‘सबैलाई स्वास्थ्य बीमामा समेट्ने र त्यसमा पनि पिछिडिएको वर्ग, समुदाय र क्षेत्रलाई समेटन थप प्राथमिकता दिनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। भेरी अस्पताल नेपालगञ्जले कुकुर, बाघ, चितुवा, सर्पलगायत विषालु जीवजन्तुको टोकाइपछि उपचारका लागि आउने बिरामीको विवरण डिजिटल प्रणालीमा व्यवस्थित गर्न थालेको छ । पश्चिम नेपालको प्रमुख रिफरल सेन्टरको रूपमा रहेको भेरी अस्पतालमा विभिन्न जिल्लाबाट कुकुर, बाघ, चितुवालगायत जीवजन्तुको टोकाइ तथा सर्पदंशको उपचारका लागि दैनिक थुप्रै बिरामी आउने गरेका छन् । डिजिटल विवरण व्यवस्थित नहुँदा उपचारमा आउने बिरामीहरूको ...
। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको नाम फेरि शिक्षा विभाग नै बनाइएको छ । शिक्षा मन्त्रालयका सचिव चुडामणि पौडेलका अनुसार शिक्षा विभाग नै कायम गरिएको हो । ‘ऐनमा अहिले पनि शिक्षा विभाग नै थियो । यसपटक ओएनम गर्दा शिक्षा विभाग राखिएको हो,’ उनले भने । वेब साइटमा पनि नाम परिवर्तन गरी हाल शिक्षा विभाग उल्लेख गरिएको छ ...
। विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरूले सोमबार काठमाडौंमा प्रदर्शन गरेका छन् । नर्सिङ क्षेत्रका सुधारका लागि नर्स ज्योति रानाभाट सुरु गर्नुभएको आमरण अनशनको पाँचौ दिन नर्सहरूले काठमाडौंको वीर अस्पतालमा प्रदर्शन गरेका हुन् । उनीहरूले न्यूनतम पारिश्रमिकको सुनिश्चिता, श्रमशोषणको अन्त्य लगाएतका १५ बुँदे माग राखेका छन् । उनीहरूले १५ बुँदे माग पुरा गर, ज्योतिको जीवन बचाउ, न्यायमा ढिलाई जीवनमा ...
। सरकार र चिकित्सक संघबीच सहमति भएको छ । साथै, चिकित्सक संघले देशभर जारी राखेको आन्दोलनका कार्यक्रम पनि फिर्ता भएको छ । स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको हो । बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, गृह मन्त्रालय, उद्योग, वाणिज्य ...
। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिट र अस्पतालभित्रको तोडफोडको घटनाले नयाँ मोड लिएको छ । उपचारका क्रममा भएको हिंसात्मक घटनापछि सुरक्षाको ग्यारेन्टी नभएको भन्दै अस्पतालमा कार्यरत ६८ जना चिकित्सकले सामूहिक रूपमा राजीनामा दिएका छन् भने आन्दोलनलाई थप कडा बनाउँदै आकस्मिक सेवासमेत ठप्प पारेका छन् । गत शनिबार एक बिरामीको मृत्यु भएपछि आक्रोशित आफन्तले अस्पतालको आकस्मिक कक्षमा ...