मुख्य समाचार
डोनाल्ड ट्रम्प र डज इलन मस्कविरुद्ध अमेरिकाभर विरोध प्रदर्शन
डोनाल्ड ट्रम्प र डज इलन मस्कविरुद्ध अमेरिकाभर विरोध प्रदर्शन

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र डज इलन मस्कविरुद्ध अमेरिकाभर विरोध प्रदर्शन गरिएको छ । ट्रम्प प्रशासनले गरेको पछिल्ला आदेशहरु र 'डज' भनिने सरकारी दक्षता विभागको नेतृत्व गर्दै आएका मस्कले व्यक्तिगत डेटामा निगरानी बढाउने, सरकारी निकायमाथि गरिरहेको हस्तक्षेपविरुद्ध शनिबार अमेरिकाका ५० वटै राज्यमा ‘ह्याण्डस् अफ’ नामक अन्तर्राष्ट्रिय विरोध दिवसको अवसरमा लाखौं अमेरिकीहरुले विरोध प्रदर्शन गरेका हुन् ।


विरोध प्रदर्शनमा उत्रिएकामध्ये ६ लाखले औपचारिक सहभागीको रुपमा हस्ताक्षरसमेत गरेका छन् ।


नागरिक अधिकार संगठनहरु, श्रमिक युनियनहरु, अधिवक्ताहरु, भूतपूर्व सैनिकहरु र निर्वाचन कार्यकर्ताहरुसहित एक सय ५० भन्दा बढी समूहहरुले प्रदर्शनको आयोजना गरेको सिएनएनले उल्लेख गरेको छ ।

५० वटै राज्यहरुको एक हजार २ सयभन्दा बढी स्थानमा प्रदर्शन गरिएको थियो । लाखौं प्रदर्शनकारीले राष्ट्रपति ट्रम्प र अर्बपति मस्कले सरकारी कटौती, अर्थतन्त्र, आप्रवासन र मानव अधिकारमाथि गरेको कदमको आलोचना गरेका थिए ।

प्रदर्शनकारीहरुले हजारौं संघीय कर्मचारीहरुलाई बर्खास्त गर्ने, सामाजिक सुरक्षा प्रशासनका क्षेत्रीय कार्यालयहरु बन्द गर्ने, सम्पूर्ण एजेन्सीहरुलाई प्रभावकारी रुपमा बन्द गर्ने, आप्रवासीहरुलाई देश निकाला गर्ने, तेस्रो लिंगीहरुको लागि सुरक्षा कटौती गर्ने र स्वास्थ्य कार्यक्रमहरुको लागि अनुदान कटौती गर्ने ट्रम्प प्रशासनको कदमप्रति आक्रोश व्यक्त गरेका छन् ।

दुई अर्बपतिले राज्यको शक्ति कब्जा गरेको भन्दै त्यसको अन्त्यका लागि ‘ह्याण्डस् अफ’ नारासहित ५० वटै राज्यका राजधानी, संघीय भवनहरु, कंग्रेसका कार्यालयहरु, सामाजिक सुरक्षाको मुख्यालय, पार्कहरु र सहरका मुख्य स्थानहरुमा विरोध प्रदर्शन गरिएको थियो । प्रदर्शनकारीहरुले ट्रम्प र मस्कको कार्यशैलीको विरोध गर्दै तीनवटा मुख्य मागसहित विरोध प्रदर्शन गरेको सिएनएनले जनाएको छ ।



अर्बपतिहरुको अधिग्रहण र ट्रम्प प्रशासनको व्यापक भ्रष्टाचारको अन्त्य, सरकारबाट उपलब्ध गराइने पूर्ण स्वास्थ्य बिमाको कार्यान्वयन, सामाजिक सुरक्षाको सर्वपक्ष ग्यारेन्टीको माग राख्दै प्रदर्शनकारीहरु सडकमा उत्रिएका हुन् । राजधानी वासिङ्टन डिसीको नेसनल मलमा प्रदर्शनकारीहरुले ‘हे हो, ट्रम्पस् गोट गो’ जस्ता नारा लगाएका थिए । उनीहरुले ‘प्रोटेक्ट योर कन्स्टिच्युसन’ र ‘ह्यान्ड अफ योर राइट्स’ लेखिएको साइनबोर्डहरु बोकेका थिए ।


राजधानी वासिङ्टन डिसीमा आयोजित विरोध प्रदर्शनमा सहभागी भएका मेरिल्याण्डका डेमोक्र्याटिक सांसद जेमी रस्किनले मुसोलिनीको राजनीति र हर्बर्ट हुभरको अर्थशास्त्र भएका राष्ट्रपतिको कुनै भविष्य नभएको बताए । वासिङ्टन स्मारकमा भेला भएका हजारौं प्रदर्शनकारीलाई सम्बोधन गर्दै सांसद रस्किनले भने ‘कुनैपनि नैतिक व्यक्ति अर्थव्यवस्थामा ध्वस्त हुने तानाशाह बन्न चाहँदैन, तर अहिलेको ट्रम्प प्रशासनले मुलुकको अर्थव्यवस्था नै संकट पर्ने र जनता मारमा पर्ने काम गरिरहेको छ । यसको विरुद्धमा हामी जुट्न आवश्यक छ ।’


वासिङ्टन प्रदर्शनकै क्रममा मिनेसोटा डेमोक्रेटिक प्रतिनिधि इल्हान ओमारले यदि अमेरिकामा सबैको भविष्य सुरक्षित हुने हो भने, छिमेकीहरु, गरिब, बच्चाहरुको भविष्य सुनिश्चित गर्ने दीर्घकालीन योजना ट्रम्प प्रशासनले अघि बढाउन आवश्यक भएको बताए ।

फ्लोरिडाका सांसद म्याक्सवेल फ्रस्टले विरोध र प्रदर्शनलाई सहज रुपमा नलिन ट्रम्पलाई आग्रह गरे । ‘मानव इतिहासमा, अधिनायकवादीहरु आफूसँग भएको शक्तिबाट कहिल्यै सन्तुष्ट हुँदैनन् र उनीहरुले सीमाको परीक्षण गर्छन्, उनीहरुले कानुन तोड्छन्, र त्यसपछि उनीहरुले जनतालाई हेर्छन् कि उनीहरु शान्त छन् वा उनीहरु चर्को छन् कि छैनन्,’ फ्रस्टले भने ‘त्यसकारण ट्रम्पको ध्यान खिच्न पनि विरोध आवश्यक छ ।’

प्रदर्शनको आयोजकमध्ये एक नेसनल फेडरेसन अफ फेडरल इम्प्लोइजका अध्यक्ष रेन्डी इरविनले बिना गल्ती, बिना कारण हजारौं संघीय कर्मचारीलाई बर्खास्त गर्नु एक क्रुर मजाक भएको टिप्पणी गरेका छन् । उनले वर्षौंदेखि सरकारी सेवामा रहेकालाई बिनाकारण बर्खास्त गर्नुले उनीहरुको परिवारमाथि अपराध गरेको आरोप लगाए ।

‘म सेनाको भूतपूर्व सैनिक हुँ । हामी चुप लाग्ने छैनौं । हामी झुक्ने छैनौं । हामी खडा हुनेछौं र हामी निरन्तर विरोध गरिरहने छौं,’ एएफजीईका अध्यक्ष एवरेट केलीले प्रदर्शनका क्रममा उनले भने । सिएनएनले मार्च २८ मा सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार हालसम्म एक लाख २१ हजार ३ सय ६१ कामदारलाई संघीय निकायबाट निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम