मुख्य समाचार
म्यानमार भूकम्पमा ३ हजार ३ सय ५४ जना मृत्यु
म्यानमार भूकम्पमा ३ हजार ३ सय ५४ जना मृत्यु

— म्यानमारमा गत मार्च २८ मा गएको विनाशकारी भूकम्पमा ३ हजार ३ सय ५४ जना मृत्यु भएको म्यानमारको सैन्य सरकार जुन्टाले जनाएको छ । देशभरका भवन र पूर्वाधारसमेत ध्वस्त पारेको उक्त भूकम्पमा परी ४ हजार ५ सय ८ जना घाइते तथा २ सय २० जना बेपत्ता भएको जनाइएको छ । साथै, संयुक्त राष्ट्रसंघका सहायता प्रमुखले विश्वसामु विपद्ग्रस्त राष्ट्रलाई सहयोग गर्न आह्वान गरेका छन् ।


विपद् भएको एक साताभन्दा बढी समयपछि पनि देशका धेरै जना अझै आश्रयविहीन बनेका छन्, भने घरहरू क्षतिग्रस्त भएका कारण वा थप भत्किने डरले अझै बाहिरै सुत्न बाध्य छन् । यस भूकम्पले ३० लाखभन्दा बढी मानिस प्रभावित भएको हुन सक्ने संयुक्त राष्ट्रसंघले अनुमान गरेको छ । चार वर्षदेखि गृहयुद्धको चपेटामा परिरहेको म्यानमारलाई भूकम्पले थप संकटमा पारेको छ ।


संयुक्त राष्ट्रसंघका शीर्ष सहायता अधिकारीले शनिबार मध्य–म्यानमारको मण्डाले सहरमा भूकम्प पीडितसँग साक्षात्कार गरेका थिए । भूकम्पको केन्द्रबिन्दु रहेको मन्डाले क्षेत्रमा बढी क्षति पुगेको छ । त्यसपछि उनले सामाजिक सन्जाल एक्समा लेखेका छन्, ‘विनाशको अवस्था डरलाग्दो छ, अहिलेको अवस्थामा विश्व नै म्यानमारका जनताको साथमा उभिनुपर्छ ।’

भूकम्पपछि म्यानमारको सैन्य सरकारले मन्डाले विमानस्थलमा अस्थायी अस्पताल र राहत शिविर सञ्चालनमा ल्याएको थियो । भूकम्पकै कारण धावनमार्गमा क्षति पुगेपछि विमानस्थल बन्द भएको थियो । म्यानमारमा २०२१ मा सेनाले ‘कु’ गरी सत्ता हत्याएको थियो । सैन्य सरकारले देशभित्रका सूचना सार्वजनिक गर्न कडाइ गर्दै आएको छ भने भूकम्पको क्षतिका बारेमा सरकारी सञ्चारमाध्यममा नै भर पर्नुपर्ने अवस्था छ ।

म्यानमारको सैन्य सरकारले भूकम्प गएलगत्तै देशका ६ स्थानमा आपत्कालीन अवस्था घोषणा गर्दै अन्तर्राष्ट्रिय सहयोगका लागि अपिल गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...