मुख्य समाचार
चिनियाँ सरकारले ट्रम्पले चीनमाथि लगाएको ३४ प्रतिशत भन्सार करको जवाफमा समान ३४ प्रतिशत नै भन्सार कर लगाउने घोषणा
चिनियाँ सरकारले ट्रम्पले चीनमाथि लगाएको ३४ प्रतिशत भन्सार करको जवाफमा समान ३४ प्रतिशत नै भन्सार कर लगाउने घोषणा

। चिनियाँ सरकारले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि लगाएको ३४ प्रतिशत भन्सार करको जवाफमा समान ३४ प्रतिशत नै भन्सार कर लगाउने घोषणा गरेको छ ।

न्युयोर्क टाइम्सका अनुसार चीनको अर्थ मन्त्रालयले शुक्रबार यो निर्णय सार्वजनिक गरेको हो।




योसँगै, चीनले ११ अमेरिकी कम्पनीहरूलाई ‘अविश्वसनीय संस्था’ को सूचीमा राखेको छ। यो निर्णयले ती कम्पनीहरूलाई चीनभित्र व्यापार गर्न र चिनियाँ कम्पनीहरूसँग कारोबार गर्न प्रतिबन्ध लगाउनेछ।

चीनले दुर्लभ खनिज निर्यातमा कडा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यी खनिजहरू इलेक्ट्रिक कारदेखि स्मार्ट बमसम्म विभिन्न प्रविधिहरूमा प्रयोग हुने गर्छन् र तिनीहरूको उत्पादन लगभग पूणरुपमा चीनमै सीमित छ।




चिनियाँ भन्सार निकायले केही अमेरिकी कृषि उत्पादकहरूबाट कुखुरा आयात पनि रोक्ने निर्णय गरेको छ।

यी घोषणाहरू चीनका तीन छुट्टाछुट्टै सरकारी निकायहरूले केही मिनेटको अन्तरमै जारी गरेका थिए। यसले ट्रम्पले सुरू गरेको व्यापार युद्धमा चीन कुनै पनि हालतमा पछाडि हट्न तयार छैन भन्ने संकेत गरेको छ ।

क्यानडाले लगायो २५ प्रतिशत भन्सार कर, फ्रान्सले अमेरिकामा लगानी रोक्ने

यस्तै, क्यानडाले बिहीबार अमेरिकी गाडीहरूमा २५ प्रतिशत भन्सार कर लगाउने घोषणा गरेको हो ।

यसैबीच, फ्रान्सले अमेरिकामा सबै लगानी रोक्ने निर्णय गरेको छ। फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले ट्रम्पलाई युरोपेली युनियनमाथिको २० प्रतिशत भन्सार कर हटाउन दबाब दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...