मुख्य समाचार
अमेरिकी करवृद्धिपछि जापानका प्रधानमन्त्रीले भने : राष्ट्रिय सङ्कट निम्तियो
अमेरिकी करवृद्धिपछि जापानका प्रधानमन्त्रीले भने : राष्ट्रिय सङ्कट निम्तियो

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जापानी सामानमा लगाएको करले ‘राष्ट्रिय सङ्कट’ निम्त्याएको जापानका प्रधानमन्त्री शिगेरु इशिबाले शुक्रबार बताएका छन् ।

संयुक्त राज्य अमेरिकामा जापानी कम्पनीहरू सबैभन्दा ठूलो लगानीकर्ता हुन् तर राष्ट्रपति ट्रम्पले आयातमा २४ प्रतिशतको भारी कर लगाउने घोषणा गरेका छन् ।




बिहीबार विश्वव्यापीरूपमा लागु गरिएको करको एक भागको रूपमा जापानको निकट सहयोगी अमेरिकाले जापानमाथि पनि भारी कर लगाउँदा यसले जापानी अर्थतन्त्रलाई व्यापक प्रभाव पार्नेछ ।

इशिबाले संसदमा भने, ‘यो कदमले जापानलाई आर्थिक रूपमा ‘राष्ट्रिय सङ्कट’ निम्त्याउनसक्ने हुँदा सरकारले सबै पक्षसँग मिलेर यसको प्रभाव कम गर्न सक्दो प्रयास गरिरहेको छ ।’




उनले ट्रम्प प्रशासनसँग वार्ताका लागि ‘शान्त–नेतृत्वदायी’ दृष्टिकोणको लागि आह्वान गरे । अमेरिकाले यसै हप्ता लागू भएको जापानी कार आयातमा २५ प्रतिशत कर पनि लगाएको छ।

बैङ्क अफ जापानका गभर्नर काजुओ उएदाले भने, ‘करले विश्व र राष्ट्रिय अर्थतन्त्रमा गिरावटको दबाब निम्त्याउन सक्छ।’

सरकारका प्रवक्ता योशिमासा हयाशीले बिहीबार आफ्ना मन्त्रीहरूलाई करको ‘नजिकबाट अध्ययन गर्न’ र घरेलु उद्योगका लागि वित्तीय सहयोग र रोजगारीको सुरक्षासहित आवश्यक सबै कदम चाल्न निर्देशन दिएको बताए ।

असाही शिम्बुन दैनिकका अनुसार इशिबाले शुक्रबार पार्टी नेताहरूसँग गरेको भेटको उद्देश्य पूरक बजेट विधेयकको आधार तयार पार्नु थियो । उनको अल्पमतको सरकारलाई संसद्मा कुनै पनि विधेयक पारित गर्न विपक्षीहरूको समर्थन आवश्यक छ ।

शुक्रबार हयाशीले ट्रम्पको नयाँ कर ‘अत्यन्त खेदजनक’ भएको र विश्व व्यापार सङ्गठनको नियम र अमेरिका–जापान व्यापार सम्झौताको पालना गर्ने वा नगर्नेबारे जापानको ’गम्भीर चिन्ता’ रहेको बताएका थिए।

जापान चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्री (जेसीसीआई) ले ट्रम्पको करवृद्धिले जापानी अर्थतन्त्रमा गम्भीर असर पार्ने बताएको छ ।

जेसीसीआईले एक विज्ञप्ति जारी गरी भनेको छ, ‘हामी सरकारलाई कर छुटका लागि निरन्तर वार्ता जारी राख्न र एक विस्तृत परामर्श प्रणाली विकास गरेर र नगद व्यवस्थापन समर्थनलाई सुदृढ गरेर साना तथा मझौला उद्यम र साना व्यवसायमा पर्ने असरलाई कम गर्न सबै सम्भावित उपायहरू अवलम्बन गर्न जोडदार आग्रह गर्दछौँ ।’

जापान अटोमोबाइल म्यानुफ्याक्चरर्स एशोसिएशन (जामा) ले पनि विश्वको चौथो ठूलो अर्थतन्त्रको महत्वपूर्ण खम्बाका रुपमा रहेका आफ्ना सदस्यका लागि सरकारी सहयोगका लागि आह्वान गरेको छ ।

उनले थपे, ‘उद्योगले ‘सवारी साधन (कार) सम्बन्धित करको बोझलाई सरल र कम गर्न आधारभूत सुधारको लागि निरन्तर आह्वान गरेको छ, र हामी कृपया जापानको अटोमोटिभ उद्योगले घरेलु बजारको पुनरुत्थानको माध्यमबाट विनिर्माण आधारको रूपमा आफ्नो आधार कायम राख्न सक्ने सुनिश्चित गर्न व्यापक समर्थन उपायहरूको लागि अनुरोध गर्दछौं।’

जामाका अनुसार यसका सदस्यले सन् २०२४ सम्ममा अमेरिकी उत्पादनमा ६६ अर्ब डलरभन्दा बढी लगानी गरेका छन्, जसले एक लाख १० हजारभन्दा बढी प्रत्यक्ष अमेरिकी रोजगारी सिर्जना गरेको छ भने २२ लाखभन्दा बढीलाई सहयोग गरेको छ ।

‘हामीले लामो समयदेखि विश्वास गर्दै आएका छौँ कि स्थानीय लगानी र रोजगारी सिर्जनामार्फत अमेरिकी अटो उद्योगको अभिन्न अङ्ग बन्नु दुवै देशका कार उद्योगका लागि सबैभन्दा दिगो मार्ग हो,’ विज्ञप्तिमा भनिएको छ।

ब्लुमबर्ग न्यूजका अनुसार जापानी कार निर्माताहरूले क्यानाडा र मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा लगभग १४ लाख ५० हजार कारहरू ढुवानी गर्छन्।

जापानले करिब १५ लाख कार सीधै संयुक्त राज्य अमेरिकामा निर्यात गर्दछ जबकि जापानी अटोमेकरहरूले अमेरिकामा ३३ लाख कार उत्पादन गर्छन् ।

जापानमा, अटो क्षेत्र एक प्रमुख उद्योग हो, जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लगभग ५६ लाख मानिसहरूलाई रोजगार दिन्छ ।

जापानले गत वर्ष अमेरिका निर्यात गरेको २१.३ ट्रिलियन येन (१४२ अर्ब अमेरिकी डलर) को करिब २८ प्रतिशत हिस्सा सवारी साधनले ओगटेको थियो । एएफपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...
: अमेरिकाको इडाहोमा लागेको डढेलो निभाउन खोजेका दुई जनाको गोली हानी हत्या गरिएको छ। स्थानीय शेरिफ रोबर्ट नोरिसले कोउर डीएलेन शहरमा कम्तिमा एक जना व्यक्तिले राइफलले प्रहरीमाथि गोली चलाएको बताए। शेरिफले भने,‘त्यहाँ एक, दुई, तीन वा चार सुटर थिए भन्ने हामीलाई थाहा छैन।’ अधिकारीहरूले धेरै दिशाबाट गोली चलेको बताए। मानिसहरूलाई त्यस क्षेत्रबाट टाढा रहन भनिएको ...
: इरानले केही महिनाभित्रै बमका लागि युरेनियम प्रशोधन सुरु गर्ने संयुक्त राष्ट्रसंघको आणविक प्रमुखले बताएका छन्। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीले गत सप्ताहन्तमा तीन इरानी क्षेत्रहरूमा अमेरिकी आक्रमणले गम्भीर तर पूर्णरूपमा क्षति भने नपुर्‍याएको बताए। इरानको परमाणु केन्द्रहरू पूर्णरूपमा ध्वस्त भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीको खण्डन गर्दै ग्रोसीको यस्तो अभिव्यक्ति आएको हो। ...
: फुकुशिमा आणविक प्लान्टबाट प्रशोधित फोहोर पानी निस्कने चिन्ताका कारण दुई वर्षअघि जापानका अधिकांश क्षेत्रबाट समुद्री खाना आयातमा लगाइएको प्रतिबन्ध चीनले हटाएको छ। बेइजिङले जापानबाट सर्तसहित आयात पुनः सुरु गर्ने बताएको छ। तर यो टोकियो र फुकुशिमासहित जापानका ४७ प्रिफेक्चरमध्ये १० मा लागू हुने छैन। चीनको सामान्य भन्सार प्रशासनले आइतबार फुकुशिमाको दूषित पानीको दीर्घकालीन अनुगमनको क्रममा ...