मुख्य समाचार
ट्रम्पले नयाँ भन्सार कर घोषणा गरेसँगै सेयर बजारमा ५ वर्षयताकै ठूलो गिरावट
ट्रम्पले नयाँ भन्सार कर घोषणा गरेसँगै सेयर बजारमा ५ वर्षयताकै ठूलो गिरावट

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भन्सार कर घोषणा गरेसँगै विश्वभरका सेयर बजारमा ठूलो गिरावट देखिएको छ। यो सन् २०२० पछि देखिएको सबैभन्दा ठूलो गिरावट हो।

बीबीसीका अनुसार ट्रम्पको नयाँ भन्सार करका कारण वस्तुहरूको मूल्य वृद्धि हुने संकेत देखिएको छ र यसको प्रभाव अमेरिका तथा अन्य देशहरूको आर्थिक वृद्धिमा पर्ने अनुमान गरिएको छ ।




विशेषगरी, एशिया-प्रशान्त क्षेत्रका सेयर बजारहरूमा लगातार दोस्रो दिन पनि गिरावट आएको छ। अमेरिकी एस एन्ड पी ५०० (बजार सूचकांक) का लागि यो सन् २०२० पछि सबैभन्दा खराब दिन रह्यो।

पाँच वर्ष अगाडि कोभिड-१९ महामारीका कारण विश्व अर्थतन्त्र धराशायी भएको थियो। नाइकी, एप्पल र टार्गेट जस्ता ठूला कम्पनीहरू सबैभन्दा बढी प्रभावित भए, जसका सेयर मूल्यहरू ९ प्रतिशतभन्दा बढीले घटेका छन्।




एस एन्ड पी ५०० एक प्रमुख सेयर बजार सूचकांक हो, जसले अमेरिकी स्टक एक्सचेन्जमा सूचीबद्ध ५०० अग्रणी कम्पनीहरूको अवस्थालाई मापन गर्छ।

ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै वैश्विक आयातमा १० प्रतिशत भन्सार कर लगाउने योजना रहेको बताएका छन्।

उनको दाबी अनुसार यसले अमेरिकी अर्थतन्त्रमा सुधार ल्याउनुका साथै संघीय राजस्व वृद्धि गर्न मद्दत गर्नेछ।

यता, चीन र युरोपियन युनियनले ट्रम्पको भन्सार कर घोषणापछि प्रतिकारात्मक कदम चाल्ने संकेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...