मुख्य समाचार
ट्रम्पले नयाँ भन्सार कर घोषणा गरेसँगै सेयर बजारमा ५ वर्षयताकै ठूलो गिरावट
ट्रम्पले नयाँ भन्सार कर घोषणा गरेसँगै सेयर बजारमा ५ वर्षयताकै ठूलो गिरावट

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ भन्सार कर घोषणा गरेसँगै विश्वभरका सेयर बजारमा ठूलो गिरावट देखिएको छ। यो सन् २०२० पछि देखिएको सबैभन्दा ठूलो गिरावट हो।

बीबीसीका अनुसार ट्रम्पको नयाँ भन्सार करका कारण वस्तुहरूको मूल्य वृद्धि हुने संकेत देखिएको छ र यसको प्रभाव अमेरिका तथा अन्य देशहरूको आर्थिक वृद्धिमा पर्ने अनुमान गरिएको छ ।




विशेषगरी, एशिया-प्रशान्त क्षेत्रका सेयर बजारहरूमा लगातार दोस्रो दिन पनि गिरावट आएको छ। अमेरिकी एस एन्ड पी ५०० (बजार सूचकांक) का लागि यो सन् २०२० पछि सबैभन्दा खराब दिन रह्यो।

पाँच वर्ष अगाडि कोभिड-१९ महामारीका कारण विश्व अर्थतन्त्र धराशायी भएको थियो। नाइकी, एप्पल र टार्गेट जस्ता ठूला कम्पनीहरू सबैभन्दा बढी प्रभावित भए, जसका सेयर मूल्यहरू ९ प्रतिशतभन्दा बढीले घटेका छन्।




एस एन्ड पी ५०० एक प्रमुख सेयर बजार सूचकांक हो, जसले अमेरिकी स्टक एक्सचेन्जमा सूचीबद्ध ५०० अग्रणी कम्पनीहरूको अवस्थालाई मापन गर्छ।

ह्वाइट हाउसमा राष्ट्रपति ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै वैश्विक आयातमा १० प्रतिशत भन्सार कर लगाउने योजना रहेको बताएका छन्।

उनको दाबी अनुसार यसले अमेरिकी अर्थतन्त्रमा सुधार ल्याउनुका साथै संघीय राजस्व वृद्धि गर्न मद्दत गर्नेछ।

यता, चीन र युरोपियन युनियनले ट्रम्पको भन्सार कर घोषणापछि प्रतिकारात्मक कदम चाल्ने संकेत दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम