मुख्य समाचार
लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित
लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित

। लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दोस्रो जित हासिल गरेको छ । शुक्रबार भएको हाइ स्कोरिङ रोमाञ्चक खेलमा मुम्बई इन्डियन्सलाई १२ रनले हराउँदै लखनउले दोस्रो जित निकालेको हो ।

लखनउले दिएको २०४ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १९१ रन मात्र बनायो । सुर्यकुमार यादवले अर्धशतक बनाएपनि पर्याप्त हुन सकेन । उनले ४३ बलमा ६७ रन बनाए । हार्दिक पान्ड्या २८ रनमा अविजित रहे भने तिलक वर्मा २५ रनमा रिटायर्ड आउट भए ।




अन्तिम १२ बलमा २९ रन आवश्यक रहँदा १९औं ओभरमा शार्दुल ठाकुरले ७ रन मात्र दिए । अन्तिम ओभरको पहिलो बलमा छक्का प्रहार गरेपनि बाँकी बलमा बाउन्ड्री आउन सकेन । लखनउका शार्दुल ठाकुर, आकाश दीप, दिग्वेश राथी र आवेश खानले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाएर २०३ रन बनाएको थियो । लखनउका लागि मिचेल मार्श र एइडेन मार्क्रमले अर्धशतक बनाएका थिए । मार्शले ६० र मार्करमले ५३ रन बनाएका थिए ।



मुम्बईका कप्तान हार्दिक पान्ड्याले ४ ओभरमा ३६ रन दिएर ५ विकेट लिए । ट्रेन्ट बोल्ट, अश्वनी कुमार र विग्नेश पुथुरले १-१ विकेट लिए ।

यस जितसँगै ४ खेलमा ४ अंक जोडेको लखनउ छैटौं स्थानमा रहेको छ भने समान खेलमा २ अंक मात्र रहेको मुम्बई सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...