मुख्य समाचार
अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह
अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह

। नेपालीभाषी मोडल तथा अभिनेता ज्यान्डर लामाले बलिउडको प्रतीक्षित फिल्म ‘आशिकी ३’मा मुख्य खलपात्रको भूमिका निर्वाह गरेका छन् ।

अनुराग बासुले निर्देशन गरिरहेको फिल्ममा उनले कार्तिक आर्यन र श्रीलीलासँग स्क्रिन सेयर गरिरहेको भारतीय संचारमाध्यमले जनाएका छन् । टी सिरिजले निर्माण गर्ने यो फिल्मको छायांकन अहिले सिक्किममा भैरहेको छ ।




छायांकन सेटबाट प्राप्त तस्वीरमा कार्तिक आर्यन, श्रीलीला, ज्यान्डरलाई उनीहरूको क्यारेक्टरमा देख्न सकिन्छ । लामाले यसअघि जियो सिनेमा र हटस्टारमा रिलिज भएको वेबसिरिज ‘निन्जा’मा पनि अभिनय गरेका थिए ।

वर्षौं लामो मिहेनतपछि चर्चित फिल्मको सिरिजमा अभिनय गर्न पाउनुलाई उनको करिअरका लागि महत्वपूर्ण हुने ठानिएको छ । नेपालीमूलका लामाले सन् २०१३ मा रनवे मोडलको रुपमा करिअर सुरु गरेका थिए ।

ज्यान्डरकी आमा नेपालको लमजुङकी हुन् । ज्यान्डरले इण्डिया फेसन अवार्डमा ‘मेल मोडल अफ द इयर’को उपाधि जितेका छन् । उनले ल्याक्मे फेसन विक, जीक्यू फेसन आदिमा रनवे नापेका छन् । भोग, जीक्यू, ब्राइड्स, कस्मोपोलिटन, हार्पर्स बजार जस्ता शीर्ष फेसन पत्रिकामा उनले फोटोसुट गराएका छन् ।

निर्देशक बासुले यसअघिको आफ्नो चर्चित फिल्म ‘बर्फी’को छायांकन पनि सिक्किमको नजिक पर्ने दार्जिलिङमा गरेका थिए । जहाँ नेपाली अभिनेता भोलाराज सापकोटाले रणवीर कपुरसँगै अभिनय गरेका थिए । भारतको पूर्वोत्तर सिक्किम र पश्चिम बंगालमा निर्देशक बासुको मोह देखिन्छ ।

फिल्मका कलाकारले सिक्किमका मुख्यमन्त्री प्रेम गोले तामाङलाई समेत भेटेका छन् । मुख्यमन्त्रीले भेटका तस्वीर सार्वजनिक गर्दै छायांकनमा राज्य सरकारले सघाउने प्रतिबद्धता जनाएका छन् । यो फिल्मको प्रदर्शन आगामी अक्टोबर १७ मा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
घटना भएको ३० वर्षपछि र्‍यापर टुपाक शुकुरको मुद्दामा अदालतले पहिलो पटक पूर्व ग्याङ नाइके ड्वेन केफी डी डेभिसलाई दोषी ठहर गरेको छ । आज अमेरिकाको नेभाडा राज्यस्थित लास भेगासको क्लार्क काउन्टी जिल्ला अदालतले यो निर्णय गरेको हो । घटना भएको लामो समय बितिसक्दा पनि यो मुद्दा सुल्झिएको थिएन । यो मुद्दामा भएको यो पहिलो सजाय पनि ...
। बलिउड अभिनेता सोनू सूद नेपाल आएका छन् । गत भदौ १० गते नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका नागरिकहरूलाई राहत सामग्री लिएर उनी मङ्गलबार काठमाडौँ आइपुगेका हुन् । उनले बाढी लगत्तै सामाजिक सञ्जालमार्फत पनि दु:ख व्यक्त गरेका थिए । अभिनेता सोनु सुदले सामाजिक सञ्जालमा नेपाली नागरिकको घाउमा मलम लगाउने वाचा गर्दै लेखेका थिए, ‘नेपाल, तिमी एक्लो छैनौँ। ...
। फिल्म ‘पार्वती’ ले ओपनिङ कलेक्सनको कमाइ भोटेकोशी बाढी पीडितका लागि प्रदान गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर कुल ग्रस कलेक्सनबाट निर्माताले पाउनुपर्ने मध्येको ११ लाख ३ हजार २७० रुपैयाँ प्रदान गरिएको वितरक करण श्रेष्ठले जानकारी दिए । निर्माताले रिलिजअघि नै पहिलो दिनको कमाइ प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा प्रदान गर्ने घोषणा गरेका थिए । निर्मात्री ...
। अभिनेत्री तथा भाजपा सांसद कंगना रनावतले योगगुरु बाबा रामदेवको टिप्पणीप्रति आक्रोश व्यक्त गर्दै आफ्नो जवानी वा बेडरुमबारे सपना नदेख्न भनेकी छन् । कंगनाले ‘जेनेरेसन गटर’ सम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर बाबा रामदेवले त्यसलाई ‘बिग्रिएको दिमागको संकेत’ भनेपछि उनले प्रतिक्रिया जनाएकी हुन् । कंगनाले इन्स्टाग्राम स्टोरीमार्फत बाबा रामदेवलाई जवाफ दिँदै लेखेकी छन्, ‘बाबाजी, मेरो जवानी वा बेडरुमबारे ‘डे-ड्रिम’ ...
हलिउडमा शक्तिशाली जोडी धेरै छन्, तर यस गर्मी याममा जेन्डाया र टम हल्यान्डले एकैसाथ विश्वव्यापी बक्स अफिसमा कायम गरेको दबदबा फरक देखिएको छ । हलिउडमा दुई कलाकारले एकै समयमा विश्वव्यापी बक्स अफिसमा यसरी प्रभुत्व जमाएको विरलै देखिन्छ । टम हल्यान्ड र जेन्डाया अभिनीत ‘स्पाइडर-म्यानः ब्रान्ड न्यूडे’ले उत्तर अमेरिकामा ३५५ मिलियन डलर र विश्वभर ९२७ मिलियन डलरको ...