मुख्य समाचार
रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म
रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म

। रोमान्टिक कमेडी ड्रामा ‘द लाइफ लिस्ट’ पछिल्लो साता नेटफ्ल्क्सिमा सबैभन्दा धेरै हेरिने फिल्म बनेको छ । सिरिजतर्फ भने लगातार तेस्रो साता ‘द अडोलसेन्स’ धेरै हेरिने सूचीको शीर्षस्थानमा छ ।

कथानक फिल्म ‘द लाइफ लिस्ट’ यसैसातादेखि सूचीको शीर्षस्थानमा उक्लिएको हो । एडम ब्रुक्सद्वारा निर्देशित र लिखित, यो फिल्म लोरी नेल्सन स्पिलम्यानको २०१३ को सोही नामको उपन्यासको रूपान्तरण हो ।




यो फिल्म एलेक्स रोज नामक पात्रको कथामा आधारित छ, जसको भूमिकामा सोफिया कार्सन अभिनय गरेकी छन् । एक युवती जो शिक्षण सपनालाई पछ्याउनुको सट्टा आफ्नी आमाको सौन्दर्य प्रसाधन कम्पनीमा काम गर्दै जोसहिन जीवनमा फसेको महसुस गर्छिन् ।

उनकी आमा, एलिजाबेथ (कोनी ब्रिटन)को क्यान्सरबाट मृत्यु भएपछि, एलेक्सले आफू उत्तराधिकारी बन्न १३ वर्षको उमेरमा लेखिएको बाल्यकालको इच्छा सूची (बकेट लिस्ट) लिस्ट पूरा गर्नुपर्छ । पियानोमा ‘क्लेयर डे लुन’ बजाउने, साँचो प्रेम खोज्ने जस्ता प्रत्येक कार्य उनकी आमाबाट पूर्व-रेकर्ड गरिएको डीभीडीको सन्देशको साथ आउँछ, जसले उनलाई आत्म-खोज तर्फ डोर्‍याउँछ ।




कलाकारमा ब्राडको भूमिकामा काइल एलेन, इच्छापत्रको निरीक्षण गर्ने आकर्षक वकिल ग्यारेटको भूमिकामा सेबास्टियन डे सुजा, एक सहकर्मी र रोमान्टिक इन्ट्रेस्टको पात्रमा जोसे जुनिगा, मारियान रेन्डोन र फेडेरिको रोड्रिगेज जस्ता सहायक कलाकारहरू समावेश छन् ।

यो फिल्मलाई लिएर क्रिटिकले मिश्रित प्रतिक्रिया दिएका छन् । केहीले कार्सन र ब्रिटनको अभिनयको प्रशंसा गरेका छन् भने केहीले फिल्मको प्रस्तुतिकरणको प्रशंसा गरेका छन् । केहीले यसलाई प्रेडिक्टेबल र निल्न कठिन फिल्मको रुपमा ब्याख्या गरेका छन् । २ घण्टा ५ मिनेट रनटाइमको यो फिल्मलाई २ करोड ४४ लाख पटक हेरिएको छ ।



यस साता धेरै हेरिएका १० नेटफ्ल्क्सि फिल्म :

१) द लाइफ लिस्ट
२) द इलेक्ट्रिक स्टेट
३) कन मम
४) डेन अफ थिभ्स २ : पान्टेरा
५) द ट्विस्टर : कट इन द स्टोर्म
६) द ट्विस्टर : कट इन द स्टोर्म
७) अ क्वाइट प्लेस : डे वन
८) डेस्पिक्टेबल मी ४
९) प प्याट्रल : द माइटी मूभी
१०) प्लाङ्क्टन : द मूभी



सिरिजतर्फ ‘द एडोलसन्स’ शीर्षस्थानमा

रिलिजको ३ सातापछि पनि समीक्षकले निकै प्रशंसा गरेको श्रृंखला ‘एडोलेसन्स’ नेटफ्लिक्सको सबैभन्दा लोकप्रिय टिभी कार्यक्रमहरू मध्ये एक हो जसलाई अहिलेसम्म ९६.७ मिलियन पटक हेरिएको छ । यो हप्ता ३०.४ मिलियन पटक हेरिएएको छ । अंग्रेजी टिभी चार्टमा शीर्ष स्थानमा छ र ९३ देशहरूमा शीर्ष १० मा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। लोकप्रिय नेपाली पप ब्यान्ड ‘मंगोलियन हार्ट’ तीन दशकपछि युरोप भ्रमणमा निस्कने भएको छ । ‘मंगोलियन हार्ट युरोप मिनी टूर २०२६’ अन्तर्गत ब्यान्डले ४ देशमा प्रत्यक्ष सांगीतिक प्रस्तुति दिनेछ । फोर ब्रदर्स इभेन्ट म्यानेजमेन्टको व्यवस्थापनमा टूर हुन लागेको हो । ब्यान्डको ८ सदस्यीय टोली २४ सेप्टेम्बरमा त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । टोलीको लिड भोकलिस्टमा राजु लामा, ...
। के-पप समूह ‘स्ट्रे किड्स’ का सदस्य ब्याङ चानले २० करोड वन (१ लाख ४४ हजार २९५ अमेरिकी डलर) दान गरेका छन् । यो रकम दक्षिण कोरियामा पुनर्स्थापना उपचार र नेपालमा गएको भीषण बाढीपछिको पुनर्लाभका कार्यमा प्रयोग हुने जेवाईपी इन्टरटेनमेन्टले शनिबार जनाएको छ । ब्याङ चानले सोल पुनस्र्थापना अस्पताल र युनिसेफका लागि कोरियाली समितिलाई १०-१० करोड ...
। गायक एड सिरनले आफ्नो पछिल्लो सांगीतिक कार्यक्रममा मञ्चमा एक्लै उपस्थित भएर आफ्ना समर्थकहरूसँग माफी मागेका छन्। प्यालेस्टाइनको पक्षमा वक्तव्य दिएका अमेरिकी र्‍यापर म्याकलमोरलाई टुर प्रोग्रामबाट हटाइएपछि सिर्जित विवादलाई सम्बोधन गर्दै उनले केही ‘गल्ती’ भएको स्वीकारेका छन्। सिरनले भने, ‘म कहिल्यै पनि राजनीतिक रूपमा सक्रिय संगीतकार बन्न चाहन्नथेँ। यो घटनाले मलाई वाक् स्वतन्त्रता र विश्वकै सबैभन्दा जटिल ...
: सगरमाथा आरोहणका क्रममा गरिने साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा प्रस्तुत गर्ने नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को हङकङको हुङ होमस्थित सनबिम वाम्पो सिनेमा हलमा विशेष प्रदर्शन गरिएको छ। खचाखच दर्शकको उपस्थितिमा सम्पन्न विशेष प्रदर्शनमा हङकङमा बसोबास गर्ने नेपाली तथा भारतीय समुदायसँगै चिनियाँ, बेलायती, फिलिपिनो, अमेरिकी, इन्डोनेसियालीलगायत विभिन्न देशका दर्शकहरूको सहभागिता थियो। सगरमाथालाई ...
। हलिउड अभिनेत्री तथा ‘द हाउसमेड’ फेम सिड्नी स्वीनी विज्ञापनलाई लिएर पुनः विवादमा तानिएकी छन् । स्पोट्र्स ट्रेडिङ एप ‘नोविग’का लागि गरिएको उनको नयाँ विज्ञापनलाई सामाजिक सञ्जालमा केही प्रयोगकर्ताले ‘अश्लील’ र महिलालाई ‘यौनिक रूपमा प्रस्तुत गरिएको’ भन्दै आलोचना गरेका छन् । हालै ‘युफोरिया सिजन ३’मा देखिएकी २९ वर्षीया स्वीनीले विज्ञापनका तस्बिर र भिडियोमा विभिन्न खेल सामग्री ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम