मुख्य समाचार
मन्त्री पौडेलले पाँच मिनेटमै अस्पताल निरीक्षण गरी फर्किए
मन्त्री पौडेलले पाँच मिनेटमै अस्पताल निरीक्षण गरी फर्किए

। शुक्रबार पाल्पा आएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्धारित कार्यक्रम थियो पाल्पा अस्पतालको निरीक्षण । उनी तोकेको समयभन्दा साढे तीन घण्टापछि अस्पताल पुगे । त्यसैले उनले अस्पतालको निरीक्षणमा पाँच मिनेटमात्रै खर्चिए ।

दोस्रो तानसेन महोत्सव समुद्घाटनपछि दिउँसो तीन बजे अस्पताल निरीक्षणको कार्यतालिका सार्वजनिक भएको थियो । साढे तीन घण्टा ढिलोगरी अस्पताल पुगेका मन्त्री पौडेलले पाँच मिनेटमै अस्पताल निरीक्षण गरी फर्किए ।




मन्त्रीले अस्पताल सबै कक्ष पुगेर समस्या र गुनासो सुनेर समाधानका लागि बचन देलान भन्ने अस्पताल प्रशासनको आशा थियो तर त्यो हुन नसकेको गुनासो कर्मचारीहरूको छ ।

‘युवा, त्यमाथि धेरै राम्रो काम गरेको चर्चा थियो । उहाँ आएर राम्रो सम्बोधन गर्नुहोला भन्ने आशा पनि लिएका थियौं तर आगो लिन आए जसरी आएर जानुभयो । हामी त हेरेको हेर्यै भयौं’, एक कर्मचारीले भने ।




अस्पताल व्यवस्थापन समिति, कर्मचारीसहितको टोलीले मन्त्रीलाई स्वागत गर्नका लागि तीन घण्टादेखि बसेका थिए । तीन बजेदेखि तयारी अवस्थामा हरेका उनीहरुले ६ बजेर ४० मिनेटमा मन्त्रीलाई स्वागत गर्न पाए ।

लुम्बिनी प्रदेशकै पुरानो र भौतिक पूर्वाधारमा कमजोर रहेको पाल्पा अस्पतालमा मन्त्रीको निरीक्षणपछि अस्पतालको पूर्वाधार निर्माण, विशेषज्ञ चिकित्सकको व्यवस्थापन र जग्गा व्यवस्थापन जस्ता विषय सम्बोधन हुने अपेक्षा थियो

‘मन्त्री आएर हतार छ, हतार छ, जाऔं-जाऔं जाउ भन्ने मात्रै सुनियो । महत्वपूर्ण विषयमा सम्बोधन होला भन्ने अपेक्षा थियो । केही कुरै हुन सकेन’, निरीक्षणमा सहभागी एक जनाले भने।

अस्पातल व्यवस्थापन समितिका अध्यक्ष गुराँस आत्रेयले समयम अभावले गर्दा मन्त्रीसँ धेरै कुरा हुन नसकेको बताए । तर, मन्त्रीले अस्पतालमै पुगेर वस्तुस्थिति देखेकोले केही सम्बोधन होला भन्ने अपेक्षा गरेको उनले बताए ।

-कमल अधिकारीबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्न ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम सञ्चालन गर्ने भएको छ। जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यका साथ तालिम केन्द्रले जलन उपचारसम्बन्धी विशेषज्ञ तालिमको पाठ्यक्रम तथा सामग्री विकास गरेको हो। मन्त्रालयको ...
। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनैपनि अग्रज नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताएका हुन् । उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, ...
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
। भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्या अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै ...
: बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्। खोप अभियानअन्तर्गत लक्षित चार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम