मुख्य समाचार
मन्त्री पौडेलले पाँच मिनेटमै अस्पताल निरीक्षण गरी फर्किए
मन्त्री पौडेलले पाँच मिनेटमै अस्पताल निरीक्षण गरी फर्किए

। शुक्रबार पाल्पा आएका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले निर्धारित कार्यक्रम थियो पाल्पा अस्पतालको निरीक्षण । उनी तोकेको समयभन्दा साढे तीन घण्टापछि अस्पताल पुगे । त्यसैले उनले अस्पतालको निरीक्षणमा पाँच मिनेटमात्रै खर्चिए ।

दोस्रो तानसेन महोत्सव समुद्घाटनपछि दिउँसो तीन बजे अस्पताल निरीक्षणको कार्यतालिका सार्वजनिक भएको थियो । साढे तीन घण्टा ढिलोगरी अस्पताल पुगेका मन्त्री पौडेलले पाँच मिनेटमै अस्पताल निरीक्षण गरी फर्किए ।




मन्त्रीले अस्पताल सबै कक्ष पुगेर समस्या र गुनासो सुनेर समाधानका लागि बचन देलान भन्ने अस्पताल प्रशासनको आशा थियो तर त्यो हुन नसकेको गुनासो कर्मचारीहरूको छ ।

‘युवा, त्यमाथि धेरै राम्रो काम गरेको चर्चा थियो । उहाँ आएर राम्रो सम्बोधन गर्नुहोला भन्ने आशा पनि लिएका थियौं तर आगो लिन आए जसरी आएर जानुभयो । हामी त हेरेको हेर्यै भयौं’, एक कर्मचारीले भने ।




अस्पताल व्यवस्थापन समिति, कर्मचारीसहितको टोलीले मन्त्रीलाई स्वागत गर्नका लागि तीन घण्टादेखि बसेका थिए । तीन बजेदेखि तयारी अवस्थामा हरेका उनीहरुले ६ बजेर ४० मिनेटमा मन्त्रीलाई स्वागत गर्न पाए ।

लुम्बिनी प्रदेशकै पुरानो र भौतिक पूर्वाधारमा कमजोर रहेको पाल्पा अस्पतालमा मन्त्रीको निरीक्षणपछि अस्पतालको पूर्वाधार निर्माण, विशेषज्ञ चिकित्सकको व्यवस्थापन र जग्गा व्यवस्थापन जस्ता विषय सम्बोधन हुने अपेक्षा थियो

‘मन्त्री आएर हतार छ, हतार छ, जाऔं-जाऔं जाउ भन्ने मात्रै सुनियो । महत्वपूर्ण विषयमा सम्बोधन होला भन्ने अपेक्षा थियो । केही कुरै हुन सकेन’, निरीक्षणमा सहभागी एक जनाले भने।

अस्पातल व्यवस्थापन समितिका अध्यक्ष गुराँस आत्रेयले समयम अभावले गर्दा मन्त्रीसँ धेरै कुरा हुन नसकेको बताए । तर, मन्त्रीले अस्पतालमै पुगेर वस्तुस्थिति देखेकोले केही सम्बोधन होला भन्ने अपेक्षा गरेको उनले बताए ।

-कमल अधिकारीबाट

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संघीय सरकारले अनुदान रोकेपछि बनेपामा रहेको शीर मेमोरियल अस्पतालमा आमा सुरक्षा कार्यक्रम स्थगित भएको छ । संघीय सरकारले बनेपा नगरपालिका मार्फत २०६८ देखि सुरक्षित सुत्केरी गराउन सहयोग स्वरुप दिँदै आएको सहयोग रोकेपछि आमा सुरक्षा कार्यक्रम स्थगित भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर गायरसले जानकारी दिए । संघीय सरकारले पर्याप्त बजेट नपठाएकाले कार्यक्रमलाई निरन्तरता दिन नसक्ने ...
कान्छा शेर्पाप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्रीले भनिन्-जलवायु परिवर्तनप्रति संवेदनशील बनौं
राष्ट्रपतिसँग जेनजी प्रतिनिधिले बिताएका दुई घण्टामा के–के भयो ?
वीर अस्पतालमा फेरिएको परिदृश्य : बिरामी कुरुवालाई पनि बेडको व्यवस्था
ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु