मुख्य समाचार
हैदराबादलाई हराउँदै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपीएल)मा दोस्रो जित
हैदराबादलाई हराउँदै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपीएल)मा दोस्रो जित

: सनराइजर्स हैदराबादलाई हराउँदै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपीएल)मा दोस्रो जित दर्ता गरेको छ। कोलकाताले घरेलु मैदान इडेन गार्डेनमा टस हारेर ब्याटिङको निम्तो पाएको थियो। टस हारेर ब्याटिङ गरेको कोलकाताले २०० रन जोडेको थियो।


कोलकाताले दिएको २०१ रनको लक्ष्य पछाएको हैदराबाद १६.४ ओभरमा १२० रनमा अल आउट भएको हो। हैदराबादका लागि हेनरिच कालसेनले सर्वाधिक ३३ रनको पारी खेले उनले २१ बलमा २ चौका र २ छक्का प्रहार गरे।


ओपनरमा आएका ट्राभिस हेड र अभिषेक शर्मा दोहोरो अंक नबनाई पेभेलियन फर्किए। तेस्रो क्रममा आएका इशान किसानले पनि २ रनभन्दा जोड्न सकेनन्। पहिलो खेलमा शतक बनाएका इशान त्यसपछिको खेलमा भने चल्न सकेका छैनन्।


नितेश कुमार रेड्डीले १९, कामेन्दु मान्डेसले २७ रन बनाउँदा, कप्तान प्याट कमिन्सले १४ रन बनाए। अन्य कुनै पनि ब्याटरको ब्याटबाट दोहोरो अंकको रन बनेन।
हैदराबादलाई सस्तैमा समेट्न कोलकाताका बलर वैभव अरोरा र वरुण चक्रवर्तीले समान ३-३ विकेट लिए। आन्द्रे रसेलले २ विकेट लिँदा हर्षित राणा र सुनिल नारायणले १-१ विकेट लिए। त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०० रन बनाएको थियो।

कोलकाताको लागि बैंकटेश अय्यरले सर्वाधिक ६० रनको अर्धशतकीय पारी खेले। उनले २९ बलमा सात चौका र तीन छक्का प्रहार गरे। कोलकाताका ओपनरद्वय क्विन्टन डिकक र सुनिल नारायणले दोहोरो अंकमा रन बनाउन सकेनन्। तेस्रो क्रममा आएका कप्तान अजिन्क्य रहनेले ३८ रन बनाए । अङ्गकृत रघुवंशीले ५० रनको अर्धशतकीय पारी खेले। रिंकु सिंह ३२ रनमा अविजित रहे।

हैदराबादका लागि बलिङमा मोहम्मद सामी, कप्तान प्याट कमिन्स, जिसन अन्सारी, हर्सल पटेल र कामिन्डु मान्डिसले समान १-१ विकेट लिए।

अंक तालिकामा हेर्ने हो भने, कोलकता नाइट राइडर्स दोस्रो जितसहित चार अंक बटुल्दै पाँचौं स्थानमा उक्लिएको छ। कोलकाताले चौथो खेल खेल्दा दुई खेलमा हार र दुई खेलमा जित दर्ता गरेको छ। समान ४ खेल खेलेको हैदराबादले जम्मा एक खेलमा मात्रै जित निकालेको छ। हाल हैदराबाद २ अंकसहित अंक तालिकाको पुछारमा रहेको छ।

शुक्रबार आइपीएलमा लखनउ सुपर जायन्स र मुम्बई इन्डियन्सले खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...