मुख्य समाचार
हैदराबादलाई हराउँदै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपीएल)मा दोस्रो जित
हैदराबादलाई हराउँदै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपीएल)मा दोस्रो जित

: सनराइजर्स हैदराबादलाई हराउँदै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपीएल)मा दोस्रो जित दर्ता गरेको छ। कोलकाताले घरेलु मैदान इडेन गार्डेनमा टस हारेर ब्याटिङको निम्तो पाएको थियो। टस हारेर ब्याटिङ गरेको कोलकाताले २०० रन जोडेको थियो।


कोलकाताले दिएको २०१ रनको लक्ष्य पछाएको हैदराबाद १६.४ ओभरमा १२० रनमा अल आउट भएको हो। हैदराबादका लागि हेनरिच कालसेनले सर्वाधिक ३३ रनको पारी खेले उनले २१ बलमा २ चौका र २ छक्का प्रहार गरे।


ओपनरमा आएका ट्राभिस हेड र अभिषेक शर्मा दोहोरो अंक नबनाई पेभेलियन फर्किए। तेस्रो क्रममा आएका इशान किसानले पनि २ रनभन्दा जोड्न सकेनन्। पहिलो खेलमा शतक बनाएका इशान त्यसपछिको खेलमा भने चल्न सकेका छैनन्।


नितेश कुमार रेड्डीले १९, कामेन्दु मान्डेसले २७ रन बनाउँदा, कप्तान प्याट कमिन्सले १४ रन बनाए। अन्य कुनै पनि ब्याटरको ब्याटबाट दोहोरो अंकको रन बनेन।
हैदराबादलाई सस्तैमा समेट्न कोलकाताका बलर वैभव अरोरा र वरुण चक्रवर्तीले समान ३-३ विकेट लिए। आन्द्रे रसेलले २ विकेट लिँदा हर्षित राणा र सुनिल नारायणले १-१ विकेट लिए। त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०० रन बनाएको थियो।

कोलकाताको लागि बैंकटेश अय्यरले सर्वाधिक ६० रनको अर्धशतकीय पारी खेले। उनले २९ बलमा सात चौका र तीन छक्का प्रहार गरे। कोलकाताका ओपनरद्वय क्विन्टन डिकक र सुनिल नारायणले दोहोरो अंकमा रन बनाउन सकेनन्। तेस्रो क्रममा आएका कप्तान अजिन्क्य रहनेले ३८ रन बनाए । अङ्गकृत रघुवंशीले ५० रनको अर्धशतकीय पारी खेले। रिंकु सिंह ३२ रनमा अविजित रहे।

हैदराबादका लागि बलिङमा मोहम्मद सामी, कप्तान प्याट कमिन्स, जिसन अन्सारी, हर्सल पटेल र कामिन्डु मान्डिसले समान १-१ विकेट लिए।

अंक तालिकामा हेर्ने हो भने, कोलकता नाइट राइडर्स दोस्रो जितसहित चार अंक बटुल्दै पाँचौं स्थानमा उक्लिएको छ। कोलकाताले चौथो खेल खेल्दा दुई खेलमा हार र दुई खेलमा जित दर्ता गरेको छ। समान ४ खेल खेलेको हैदराबादले जम्मा एक खेलमा मात्रै जित निकालेको छ। हाल हैदराबाद २ अंकसहित अंक तालिकाको पुछारमा रहेको छ।

शुक्रबार आइपीएलमा लखनउ सुपर जायन्स र मुम्बई इन्डियन्सले खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...