मुख्य समाचार
संवैधानिक अदालतले राष्ट्रपति युन सुक योलको महाभियोगलाई सदर गर्दै उनलाई तत्काल पदमुक्त गर्ने निर्णय
संवैधानिक अदालतले राष्ट्रपति युन सुक योलको महाभियोगलाई सदर गर्दै उनलाई तत्काल पदमुक्त गर्ने निर्णय

: संवैधानिक अदालतले राष्ट्रपति युन सुक योलको महाभियोगलाई सदर गर्दै उनलाई तत्काल पदमुक्त गर्ने निर्णय गरेको छ। संवैधानि अदालतका आठैजना सदस्य योलमाथिको अभियोग सदर गरी उनलाई पदमुक्त गर्ने फैसलामा एकमत भएका थिए।


राष्ट्रपति युनलाई पदच्युत गर्ने निर्णय राष्ट्रिय सभाले महाभियोग प्रस्ताव पारित गरेको १११ दिनपछि आएको हो। उनलाई गत डिसेम्बर ३ मा सैन्य शासन घोषणा गरेको आरोपमा राजद्रोहको अभियोग लगाइएको थियो।


कार्यवाहक प्रधानन्यायाधीश मुन ह्युङ बेले बिहान ११ बजे अदालतको निर्णय पढ्न सुनाएका थिए।


यो दक्षिण कोरियाको इतिहासमा आठ वर्षमा पहिलो पटक राष्ट्रपतिको पदच्युत भएको घटना हो। यसअघि मार्च २०१७ मा तत्कालीन राष्ट्रपति पार्क ग्युन(हेको महाभियोग सदर गरिएको थियो। संविधानको धारा ६८ अनुसार, संवैधानिक अदालतको निर्णयपछि ६० दिनभित्र नयाँ राष्ट्रपति चुनाव गरिनुपर्छ।

पार्कको महाभियोगमा संवैधानिक अदालतले १० मार्च २०१७ मा निर्णय सुनाएको थियो। जसको ठीक ६० दिनपछि ९ मेमा राष्ट्रपति चुनाव भएको थियो। जहाँ डेमोक्रेटिक पार्टीका नेता मुन जे(इन विजयी भएका थिए। यस पटक पनि महाभियोगको निर्णय जारी भइसकेपछि ६० दिनभित्र आमनिर्वाचन गर्नुपर्छ।

राष्ट्रपति युन पदच्युत भएपछि उनी र उनकी पत्नी किम गन-हीले सेन्ट्रल सिओलको हाननाम-दोङस्थित राष्ट्रपति निवास खाली गर्नुपर्नेछ। यदि उनी आफ्नो अघिल्लो निवास दक्षिण सिओल फर्कने हो भने,सुरक्षा व्यवस्था उपलब्ध हुनेछ। हालको कानुनअनुसार, कार्यकाल पूरा नगरी पदच्युत भएका राष्ट्रपतिलाई १० वर्षसम्म सुरक्षा सेवा उपलब्ध गराइनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...
: अमेरिकाको इडाहोमा लागेको डढेलो निभाउन खोजेका दुई जनाको गोली हानी हत्या गरिएको छ। स्थानीय शेरिफ रोबर्ट नोरिसले कोउर डीएलेन शहरमा कम्तिमा एक जना व्यक्तिले राइफलले प्रहरीमाथि गोली चलाएको बताए। शेरिफले भने,‘त्यहाँ एक, दुई, तीन वा चार सुटर थिए भन्ने हामीलाई थाहा छैन।’ अधिकारीहरूले धेरै दिशाबाट गोली चलेको बताए। मानिसहरूलाई त्यस क्षेत्रबाट टाढा रहन भनिएको ...
: इरानले केही महिनाभित्रै बमका लागि युरेनियम प्रशोधन सुरु गर्ने संयुक्त राष्ट्रसंघको आणविक प्रमुखले बताएका छन्। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीले गत सप्ताहन्तमा तीन इरानी क्षेत्रहरूमा अमेरिकी आक्रमणले गम्भीर तर पूर्णरूपमा क्षति भने नपुर्‍याएको बताए। इरानको परमाणु केन्द्रहरू पूर्णरूपमा ध्वस्त भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीको खण्डन गर्दै ग्रोसीको यस्तो अभिव्यक्ति आएको हो। ...
: फुकुशिमा आणविक प्लान्टबाट प्रशोधित फोहोर पानी निस्कने चिन्ताका कारण दुई वर्षअघि जापानका अधिकांश क्षेत्रबाट समुद्री खाना आयातमा लगाइएको प्रतिबन्ध चीनले हटाएको छ। बेइजिङले जापानबाट सर्तसहित आयात पुनः सुरु गर्ने बताएको छ। तर यो टोकियो र फुकुशिमासहित जापानका ४७ प्रिफेक्चरमध्ये १० मा लागू हुने छैन। चीनको सामान्य भन्सार प्रशासनले आइतबार फुकुशिमाको दूषित पानीको दीर्घकालीन अनुगमनको क्रममा ...