मुख्य समाचार
नेपाललाई अमेरिकाले १० प्रतिशत आधारभूत शुल्क निर्धारण
नेपाललाई अमेरिकाले १० प्रतिशत आधारभूत शुल्क निर्धारण

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभरि नयाँ भन्सार शुल्क निर्धारण गरेका छन्। राष्ट्रपति ट्रम्पले नयाँ कार्यकारी आदेश जारी गर्दै नेपालसहित विभिन्न मुलुकमा नयाँ भन्सार शुल्क निर्धारण गरेका हुन्। ट्रम्पले कम्तीमा १० प्रतिशत र बढीमा ५० प्रतिशतसम्म अतिरिक्त कर लगाउने घोषणा गरेका हुन्।


नेपाललाई अमेरिकाले १० प्रतिशत आधारभूत शुल्क निर्धारण गरेको छ। त्यस्तै भारतमा अतिरिक्त २६ प्रतिशत, पाकिस्तानमा २९ प्रतिशत, बंगलादेशमा ३७ प्रतिशत र चीनमा ४४ प्रतिशतसम्म कर लगाउने निर्णय गरिएको ह्वाइट हाउसले जनाएको छ।


त्यस्तै चीनलाई अतिरिक्त ३४ प्रतिशत र युरोपियन मुलुकलाई २० प्रतिशत कर लगाइएको छ। यसअघि चीनलाई १० प्रतिशत लिँदै आएको कर बढाएर अमेरिकाले गत मार्चमा २० प्रतिशत पुर्‍याएको थियो। त्यसमा थप ४ प्रतिशत करशुल्क बढाइएको ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ।


अमेरिकाले नयाँ भन्सार शुल्क जारी गरेपछि विश्वभरबाट यसको विरोध भइरहेको छ। राष्ट्रपति ट्रम्पले नयाँ कर व्यवस्थाले अमेरिकाको अर्थव्यवस्था सुध्रिने दाबी गरे पनि अन्य देशले भने त्यसको चर्को विरोध गरिरहेका छन्।

युरोपियन युनियन अध्यक्ष उर्सुला भोन डेर लेयनले विश्व अर्थतन्त्रमा यसले ठूलो प्रभाव पार्ने बताएकी छन्। 'अमेरिकाको यो निर्णयले गम्भीर परिणाम आउने निश्चित छ। यसले विश्वको अर्थतन्त्रमा पनि ठूलो नोक्सानी पुर्‍याउनेछ,' उनले भनिन्। ट्रम्पको निर्णयले अनिश्चितता बढाउने र लखौं मान्छेलाई बेफाइदा पुग्ने उनको दाबी छ।

बेलायतका प्रधानमन्त्री किएर स्टार्मरले पनि अमेरिकी निर्णयको विरोध गरेका छन्। उनले यो निर्णयले बेलायतमा मात्र होइन, संसारभरिको अर्थतन्त्रमा असर पर्ने बताए। 'अमेरिकाले आफ्नो हितमा निर्णय गर्‍यो। अब मैले पनि आफ्नो हितमा निर्णय गर्ने बेला आएको छ,' उनले भनेकी छन्।

ट्रम्पको नयाँ निर्णयले औषधि उद्योग, इलेक्ट्रोनिक्स सामान, महिलाहरूसँग सम्बन्धित सामान, ऊर्जा उत्पादलगायत चिजमा केही छुट मिले पनि गरहगना, कार र त्यससँग सम्बन्धित सामान, रिफाइन्ड पेट्रोललगायतका चिजको अतिरिक्त कर लाग्ने सम्भावना रहेको भारतीय विश्लेषकहरूले बताएका छन्।

यता विश्वकै ठूलो अर्थतन्त्र रहेको चीनले अमेरिकी निर्णयको बदला लिने चेतावनी दिएको छ। अष्ट्रेलियाले पनि यसखालको निर्णय कुनै मित्रले गर्न नसक्ने बतएको छ। चीन सरकारक लागि काम गर्ने थिंक ट्यांकले भनेको छ, 'अमेरिकाको गणित पूर्णरूपमा गलत छ। यो धेरै नै आश्चर्यजनक छ। यसले पक्कै पनि राम्रो गर्दैन।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्लास्टिक तथा प्लास्टिकजन्य वस्तुको बिक्री वितरणमा कडाइ गर्ने भएको छ । विभागले विभिन्न १९ वटा प्लास्टिक उद्योग तथा पसलहरूमा एकैपटक अनुमगन गरी ४० माइक्रोनभन्दा कमका प्लास्टिक अब आइन्दा बिक्री वितरण नगर्न निर्देशन दिएको छ । विभागले त्यसका अलावा अन्य सुधारात्मक निर्देशनसमेत दिएको छ । उपभोक्ता संरक्षण ऐन, ०७५ तथा उपभोक्ता ...
: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले सेयरधनीलाई १०.१७८ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम रहेको चुक्ता पुँजी ५ अर्ब १ करोड ४९ लाखको १०. १७८ प्रतिशतका दरले हुने रकम ५१ करोड ४ लाख १८ हजारबराबरको नगद लाभांश वितरण गर्ने भएको हो । इन्स्योरेन्सको नवौं वार्षिक साधारणसभा बिहीबार रतनलाल केडियाको अध्यक्षतामा सम्पन्न भयो । साधारणसभामा ...
। गत भदौ २३ र २४ गतेको जेनी आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुननिर्माण, मर्मत तथा नयाँ संरचना तयार गर्न ३६ अर्ब ३० करोड रुपैयाँ लागत पर्ने भएको छ । आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन र सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न मन्त्रिपरिषद् बैठकले गत असोज ५ गते राष्ट्रिय योजना आयोगका सचिवको संयोजकत्वमा गठन गरेको पाँच सदस्यीय ...
। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ४० माइक्रोनभन्दा पातलो प्लास्टिक झोलाको उत्पादन तथा बिक्री वितरण गर्ने ४ उद्योगलाई जरिबाना तिराएको छ । बुधबार अनुगमनका क्रममा विभागले ४ प्लास्टिक उद्योगलाई ६ लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको हो । सरकारले वातावरण प्रदूषण न्यूनीकरणका लागि ४० माइक्रोनभन्दा कम मोटाइका प्लास्टिक झोलाको उत्पादन तथा प्रयोगमा प्रतिबन्ध लगाएको भए ...
: झापाको सदरमुकाम भद्रपुरमा ९ वर्षपछि झापा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव हुने भएको छ। झापा जिल्लाका आम उद्योगी–व्यवसायीहरूको साझा संस्था झापा उद्योग वाणिज्य संघ भद्रपुरको आयोजना तथा भद्रपुर नगरपालिकाको संरक्षणमा आगामी माघ ७ गतेदेखि २१ गतेसम्म भद्रपुर–८ स्थित मेची रंगशाला (फुटबल मैदानबाहेक) क्षेत्रमा महोत्सव हुन लागेको हो। २०७३ फागुन १२ गते पहिलो पटक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम