मुख्य समाचार
खेलकुदमन्त्रीलाई आईओसीको पत्र
खेलकुदमन्त्रीलाई आईओसीको पत्र

— अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले बिहीबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई पत्र लेख्दै एनओसीमाथि सरकारी हस्तक्षेप नगर्न भनेको छ । आईओसीले मन्त्रीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) को विवाद समाधानतर्फ अग्रसर रहेको पनि जनाएको छ ।


आईओसीले पत्रमा जोड दिएको छ, आफूहरूले निरन्तर रूपमा एनओसी विधान तथा निर्वाचन विवादसम्बन्धी अध्ययन गरिरहेको छ । समाधान पनि चाँडै आउने छ ।


यसअघि मन्त्री चौधरीले एनओसीको विधान संशोधन र निर्वाचनपछि उत्पन्न परिस्थितिबारे आईओसीसँग पत्रचार गरिरहेको बताएका थिए । त्यसैको जवाफस्वरुप आईओसीले पत्र लेखेको हो । मन्त्रीलाई पठाएको पत्रमा आईओसी सम्बन्ध, ओलम्पिक सोलिडारिटी एन्ड ओलम्पिजम विभागका निर्देशक जेम्स म्याकलियोडले हस्ताक्षर गरेका छन् ।

पत्रमा भनिएको छ, ‘ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) को पहलमा कुवेतमा एनओसी र पाँच राष्ट्रिय संघबीच सम्झौता भएको तपाईंलाई थाहा नै छ । त्यसअनुसार पाँच संघलाई एनओसीले सदस्यता पनि दिइसकेको छ । सम्झौताअनुसार ती पाँच संघले अदालतमा दायर गरेको मुद्दा पनि फिर्ता लिइसकेको विश्वास छ ।’

म्याकलियोडले एनओसी विवादमा मन्त्री चौधरीको सहयोगको अपेक्षा गर्दै एनओसी तथा खेल संघको स्वायत्तताप्रति सम्मान गर्दै विना हस्तक्षेप उनीहरूलाई काम गर्न दिन अनुरोध गरेको छ ।


अदालतमा परेको मुद्दा कारण देखाउँदै युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्ले पनि एनओसीको निर्वाचनलाई मान्यता दिएको छैन । सरकारी हस्तक्षेपका कारण अनलाइनको माध्यमबाट भएको निर्वाचनले जीवनराम श्रेष्ठलाई पुनः अध्यक्षमा निर्वाचित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...