मुख्य समाचार
एक हजार जनाले खरिद गरे ट्रम्पले ल्याएको ५० लाख डलरको गोल्ड कार्ड
एक हजार जनाले खरिद गरे ट्रम्पले ल्याएको ५० लाख डलरको गोल्ड कार्ड

— गत महिना फेब्रुअरी २५ मा राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी अर्थतन्त्रमा दीर्घकालीन प्रभाव पार्ने दाबीसहित ल्याएको ५० लाख डलरको गोल्ड कार्ड बिक्री हुन थालेको छ ।


राष्ट्रपति ट्रम्पले विश्वका धनाढ्यहरुलाई लक्षित गर्दै अमेरिकामा कानुनीरुपमा स्थायी बसोबास र व्यवसाय गर्न सकिने प्रावधानसहित ५० लाख डलर (६८ करोड ५० लाख नेपाली रुपैंया)मा गोल्ड कार्ड खरिद गरेर अमेरिका आउन सकिने अफर ल्याएका थिए ।


ट्रम्पले ल्याएको अफर कार्यान्वयनमा आएसँगै मार्चको तेस्रो सातामा एकै दिन एक हजार जनाले प्रतिव्यक्ति ५० लाख डलर तिरेर गोल्ड कार्ड लिइसकेका छन् । अमेरिकी वाणिज्य सचिव होवार्ड लुटनिकले एकै दिनमा प्रति व्यक्तिले ५० लाख डलर तिरेर एक हजार जनाले गोल्ड कार्ड खरिद गर्दा ५ अर्ब अमेरिकी डलर राज्य कोषमा जम्मा भएको दाबी गरेका छन् ।

फाइनान्सियल एक्सप्रेससँगको अन्तर्वार्ताका क्रममा लुटनिकले ‘राष्ट्रपति ट्रम्पले आफ्नो कार्यकालमा कम्तीमा एक मिलियल गोल्ड कार्ड बिक्री गरेर ५ ट्रिलियन अमेरिकी डलर अमेरिकाले आम्दानी गर्नेछ,’ उनले भने, ‘विश्वमा ३ करोड ७० लाख मानिस गोल्ड कार्ड किन्न सक्षम छन् । राष्ट्रपतिको दाबी छ की, हामी १० लाख वटा बेच्न सक्छौं । यसले राष्ट्रिय ऋण तिर्न मद्दत पुर्‍याउने छ ।’

लुटनिकले २ लाख ५० हजार मानिसले ट्रम्पको गोल्ड कार्ड खरिद गर्न चासो देखाएको बताए । गोल्ड कार्डलाई ‘ट्रम्प कार्ड’ भनेर चिनिने गोल्ड कार्डको अवधारणा राष्ट्रपति ट्रम्पले लगानीकर्ता जोन पलसनसँग भेटेपछि अघि सारेको लुटनिकले खुलासासमेत गरेका छन् ।

‘ट्रम्प र अर्बपति लगानीकर्ता जोन पल्सनबीच भएको कुराकानीका क्रममा गोल्ड कार्डको अवधारणा आएको हो । राष्ट्रपति ट्रम्पले योजना अघि बढाएपछि मेरो काम यो अवधारणा कसरी अघि बढाउने र योजना प्रभावकारी बनाउने मात्र हो ।’

उनले अन्तर्वार्ताको क्रममा भने । गोल्ड कार्ड आवेदकहरुको पृष्ठभूमि जाँचको प्रक्रियालाई व्यवस्थित गर्न डचका प्रमुख एलन मस्कको टोलीले कस्टम सफ्टवेयर प्लेटफर्म बनाइरहेको उनले बताए । मस्कको टोलीले बनाउने सफ्टवेयर दुई सातापछि बाहिर ल्याउने योजना छ ।


गोल्ड कार्ड किनेपछि कुनै पनि व्यक्तिले अमेरिकामा बस्न र काम गर्न पाउनेछन् भने अमेरिकी नागरिकता लिने प्रक्रिया पनि सहज हुनेछ । ‘हामीले गोल्ड कार्ड बिक्री गर्दैछौं,’ ट्रम्पले ओभल अफिसबाट गोल्ड कार्ड घोषणाको क्रममा भनेका थिए ‘तपाईंहरुसँग ग्रिन कार्ड छ, तर यो गोल्ड कार्ड हुनेछ । हामी यसको मूल्य ५ मिलियन डलर राखेका छौं । धनाढ्य मानिसहरू यो कार्ड किनेर हाम्रो देशमा आउनेछन् ।’

वाणिज्य सचिव लुटनिकले उक्त कार्डले अमेरिकी सरकारको ‘ईबी–५’ भिसा कार्यक्रमलाई प्रतिस्थापन गर्ने, ‘ईबी–५’ ले विदेशी लगानीकर्तालाई रोजगारी सिर्जनाका लागि अमेरिकी परियोजनामा लगानी गर्न अनुमति दिने र त्यसपछि मात्र उनीहरुले आप्रवासनका लागि भिसा आवेदन दिन सक्ने प्रावधान राखिएको बताए ।

सन् १९९२ मा सुरु भएको ‘ईबी–५’ भिसा कार्यक्रमको मुख्य उद्देश्य विदेशी लगानी आकर्षित गर्नु हो । यस कार्यक्रमअन्तर्गत एक व्यक्तिले कम्तीमा १० लाख ५० हजार अमेरिकी डलर लगानी गरेर रोजगारी सिर्जना गर्नुपर्ने प्रावधान छ । ट्रम्प र उनको परिवारसँग जोडिएका व्यवसायहरुले पनि सम्पत्ति जोड्न यो कार्यक्रमको प्रयोग गरेका छन् ।

ट्रम्पको पहिलो कार्यकालमा पनि सांसद्‍हरुले यो कार्यक्रम आफ्नो लक्ष्यबाट विचलित भएको र सुधारको आवश्यकता रहेको बताएका थिए । २०१९ मा ट्रम्प प्रशासनले लक्षित आर्थिक क्षेत्रका लागि न्यूनतम लगानी ९ लाख डलर र अन्य क्षेत्रका लागि १८ लाख डलर तोकेको थियो । तर उक्त कदम सन् २०२१ मा प्रयास एक संघीय न्यायाधीशले खारेज गरिदिएका थिए । पछिल्लोपटक भने यो कार्यक्रम सन् २०२२ मा जो बाइडेन प्रशासनको समयमा नवीकरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...