मुख्य समाचार
हमासले मध्यस्थकर्ता इजिप्ट र कतारले अघि सारेको गाजा युद्धविराम प्रस्ताव स्वीकार
हमासले मध्यस्थकर्ता इजिप्ट र कतारले अघि सारेको गाजा युद्धविराम प्रस्ताव स्वीकार

— प्यालेस्टिनी समूह हमासले मध्यस्थकर्ता इजिप्ट र कतारले अघि सारेको गाजा युद्धविराम प्रस्ताव स्वीकार गरेको छ । प्रस्तावमा ५० दिनको युद्धविरामको बदलामा इजरायललाई थप पाँच बन्धक रिहा गर्ने उल्लेख छ । हमास नेता खलील अल-हय्याहले इजिप्ट र कतारका मध्यस्थकर्ताले पठाएको मस्यौदा सम्झौतालाई अनुमोदन गरेको जनाएका हुन् ।


इजरायलले गाजा क्षेत्रमा पुनः लडाइँ सुरू गरेपछि इजिप्टले युद्धविराम जारी राख्नका लागि नयाँ प्रस्ताव ल्याएको हो । तर इजरायलले भने अर्को प्रस्ताव अघि सारेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले अमेरिकासँगको पूर्ण समन्वयमा मध्यस्थकर्तालाई अर्को प्रस्ताव पेस गरेको जनाएको छ ।


इजरायलले उक्त प्रस्तावमा अमेरिका सहमत भएको जनाए पनि थप विवरण दिएको छैन । यसबारे अमेरिकाले पनि सार्वजनिक रूपमा कुनै टिप्पणी गरेको छैन । प्रस्तावमा सहमति जुटेको खण्डमा नयाँ युद्धविराम सम्झौता आइतबारदेखि सुरू मुस्लिमहरूको पर्व ईद अल-फित्रसँगै सुरू हुने अपेक्षा गरिएको छ । नेतान्याहुको कार्यालयले मध्यस्थकर्ताको युद्धविराम प्रस्तावमा परामर्श गरेको बताएको छ ।

हमास र इजरायलबीच गत १९ जनवरीमा लागू भएको युद्धविराम यसै महिनाको सुरूमा समाप्त भएको थियो । त्यसयता इजरायली सेना (आईडीएफ) ले रफाहमा स्थलगत कारबाही सुरू गरेको थियो । आईडीएफले पछिल्लो समय गाजापट्टीमा हवाई आक्रमण जारी राखेको छ ।

पहिलो चरणको युद्धविरामको अवधिमा हमासले ३३ जना बन्धक मुक्त गरेको छ । त्यसको बदलामा इजरायली जेलमा रहेका करिब १९ सय प्यालेस्टिनी रिहा भएका छन् । इरान-समर्थित समूह हमासको नियन्त्रणमा अझै पनि ५९ जना बन्धक छन् । तर तीमध्ये २४ जना मात्र जीवित रहेका इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...