मुख्य समाचार
मियामीले फिलाडेल्फिया युनियनलाई २-१ गोलअन्तरले हराए
मियामीले फिलाडेल्फिया युनियनलाई २-१ गोलअन्तरले हराए

। अर्जेन्टिनी स्टार लियोनेल मेस्सीले बेन्चबाट आएर उत्कृष्ट गोल गरेपछि मेजर लिग सकर (एमएलएस)मा इन्टर मियामीले जित हासिल गरेको छ ।

आइतबार विहान भएको खेलमा मियामीले फिलाडेल्फिया युनियनलाई २-१ गोलअन्तरले हराएको हो । वैकल्पिक खेलाडीको रूपमा दोस्रो हाफमा मैदान प्रवेश गरेका मेस्सीले मैदान प्रवेश गरेको दुई मिनेटमै शानदार गोल गरेका थिए ।




खेलको सुरुवातमै मियामीले अग्रता लिएको थियो । जोर्डी आल्बाको क्रसलाई बेन्जामिन क्रेमास्चीले पास दिए र रोबर्ट टेलरले उत्कृष्ट फिनिस गर्दै गोल गरे।

५५औं मिनेटमा मेस्सी मैदानमा छिरेपछि मियामी अझै बलियो बन्यो । लुइस सुवारेजको पास पाएका मेस्सीले उत्कृष्ट ड्रिब्लिङ गर्दै गोल गरेका थिए।




८०औं मिनेटमा ड्यानियल गाजडागले फिलाडेल्फियाका लागि एक गोल फर्काएपनि मियामीले जित भने जोगायो ।

यस जितसँगै इन्टर मियामी एमएलएसको शीर्ष स्थानमा उक्लिएको छ। अब टोलीले मंगलबार कन्काकाफ च्याम्पियन्स कपमा एलएएफसीसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एसियन गेम्सको महिला क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गरेको छ । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले २० ओभरमा ५ विकेट गुमाएर १०६ रन बनायो । कप्तान झु मिङ्गेले सर्वाधिक ३० रन बनाइन् । वान हुइङले २१ रन बनाइन् । वेइ हाइटिङले १८ तथा लि जियापिङले १५ रन ...
। पानामाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । टोलीमा जोसे कोर्डोबा समावेश छन् । २४ वर्षीय डिफेन्डर कोर्डोबा इंग्लिस क्लब नर्विच सिटीबाट खेल्दै आएका छन् र टोलीमा रहेका एकमात्र बेलायतमा खेल्ने खेलाडी हुन् । पानामा समूह ‘एल’ मा रहेको छ, जहाँ उसले इङ्ल्यान्ड, क्रोएसिया र घानासँग प्रतिस्पर्धा गर्नेछ । इंग्ल्यान्डविरुद्धको ...
। अमेरिकाले फिफा विश्वकप २०२६ का लागि २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको छ । प्रशिक्षक माउरिसियो पोचेटिनोले टोलीमा टायलर एडम्स र एनटनी रोबिन्सनलाई समेटेका छन् । साथै क्रिस्टियन पुलिसिक, वेस्टन म्याककेनी, जियो रेना र हाजी राइट पनि टोलीमा परेका छन् । आयोजक अमेरिकाले समूह ‘डी’ मा जुन १३ मा पाराग्वे विरुद्ध पहिलो खेल खेल्नेछ । त्यसपछि ...
। मोरक्कोले फिफा विश्वकप २०२६ का लागि आफ्नो अन्तिम टोली घोषणा गरेको छ । टोलीमा कप्तान अचरफ हाकिमी चोटका बाबजुद समावेश भएका छन् । अचरफ हाकिमी अप्रिलमा बायर्न म्युनिखविरुद्धको च्याम्पियन्स लिग सेमिफाइनलमा घाइते भएपछि मैदानबाहिर छन् । तर उनलाई विश्वकप टोलीमा स्थान दिइएको छ । टोलीमा नुसाएर मजराउई, इसा डियोप, ब्राहिम डियाज, सोफियान अम्राबात र बिलाल एल ...
। फिफा विश्वकप २०२६ का लागि स्पेनको अन्तिम टोली घोषणा भएको छ । घोषित टोलीमा रियल मड्रिडका कुनै पनि खेलाडी परेका छैनन् । विश्वकप इतिहासमा पहिलो पटक स्पेनको टोलीमा रियल मड्रिडका एक जना पनि खेलाडी नपरेका हुन् । चोटका कारण डानी कार्भाजाल बाहिर छन् भने डिन हुइसेन पनि अन्तिम टोलीमा अटाएनन् । यता ला लिगा च्याम्पियन बार्सिलोनाबाट ...