मुख्य समाचार
नेपाल क्रिकेट संघ (क्यान) ले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ
नेपाल क्रिकेट संघ (क्यान) ले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ

: हङकङमा आयोजना हुने चारदेशीय शृंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। क्यानले रोहित पौडेलको कप्तानीमा २० खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।


यस संकरण प्रधानमन्त्री कपमा चम्किएका किरण ठगुन्ना, रुपेश सिंह, अर्जुन घर्ती र दिपेन्द्र रावतले पनि प्रशिक्षणमा स्थान बनाएका छन्। शनिबार सम्पन्न भएको प्रधानमन्त्री कपमा राम्रो प्रदर्शन गरेका ४ खेलाडीले राष्ट्रिय टिमको प्रशिक्षणमा स्थान बनाएका हुन्।


यस नामावलीमा साहब आलम,वसिर अहमद र नन्दन यादवले राष्ट्रिय टिममा कमब्याक गर्ने मौका पाएका छन्। क्यानले अप्रिल ९ देखि १३ तारिखसम्म हङकङ चाइनामा हुने चार देशीय टी-२० प्रतियोगिताका लागि नेपालले २० खेलाडी सम्मेलित नामावली प्रकाशन गरेको हो।



प्रतियोगिताको तयारी प्रशिक्षण अप्रिल २ तारिखदेखि भैरहवामा सुरु हुने नेपाल क्रिकेट सङ्घ (क्यान)ले विज्ञप्ति मार्फत जानकारी दिएको छ। यो टिमलाई नवनियुक्त प्रमुख प्रशिक्षक स्टुअर्ट लले प्रशिक्षण दिनेछन्।

छनोट भएका खेलाडीहरूको नाम:
रोहित पौडेल (कप्तान), आसिफ शेख, किरण ठगुन्ना, लोकेश बम, वसिर अहमद,दिपेन्द्र सिंह ऐरी, रुपेश सिंह, ललित नारायण राजवंशी, सोमपाल कामी,करण केसी सन्दिप जोरा, नन्दन यादव, रिजन ढकाल, गुल्सन झा, अर्जुन घर्ती, कुशल मल्ल,दिपेन्द्र रावत, कुशल भुर्तेल शाहब आलम र विवेक यादव।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...
: मलेसयासँग टी-२० सिरिज खेल्न नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन्। नेपालले मलेसियासँग ...