मुख्य समाचार
आप्रवासीहरूलाई कुनै कानुनी सुनुवाइबिना नै डिर्पोट गर्न पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालत पुगे
आप्रवासीहरूलाई कुनै कानुनी सुनुवाइबिना नै डिर्पोट गर्न पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालत पुगे

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासीहरूलाई कुनै कानुनी सुनुवाइबिना नै डिर्पोट गर्न पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालत पुगेका छन् ।

ट्रम्पले यसअघि संघीय अदालतले जारी गरेको अस्थायी न्यायिक आदेश उल्ट्याउन र आप्रवासी निष्कासन प्रक्रिया सहज बनाउन अनुमति दिन माग गर्दै अदालतमा निवदेन दिएका हुन् ।




ट्रम्प भेनेजुएलाका झन्डै ३०० आप्रवासीलाई एल साल्भाडोरस्थित एक ठूलो जेलमा पठाएपछि थप कानुनी अड्चन फुकाउन अदालत पुगेका हुन् । निवेदनमा राष्ट्रपति र राष्ट्रिय सुरक्षासँग सम्बन्धित मामिलामा उनीसँग व्यापक अधिकार रहेको दाबी गरिएको छ।

तर, यसअघि अमेरिकी डिस्ट्रिक्ट जज जेम्स बोआसबर्गले मार्च १५ मा लगाएको अस्थायी प्रतिबन्धलाई संघीय अपिल अदालतले बुधबार कायम राखेको थियो।




ट्रम्प प्रशासनले आप्रवासी निष्कासनलाई जायज ठहर्‍याउन सन् १७९८ को एलियन एनेमीज ऐनको प्रयोग गरिरहेको छ। यो कानुन द्वितीय विश्वयुद्धका बेला जापानी नागरिकहरूलाई लक्षित गर्न पनि प्रयोग गरिएको थियो ।

सर्वोच्च अदालत अहिले ट्रम्पको कार्यकालमा नियुक्त भएका तीन रूढिवादी न्यायाधीशहरूको प्रभावमा रहेको छ। तर ती न्यायाधीशहरूले ट्रम्पको कानुनी रणनीति र आप्रवासी निष्कासनसम्बन्धी अपारदर्शी नीतिलाई कत्तिको समर्थन गर्नेछन् भन्ने विषय भने अझै अनिश्चित छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग बढाउन गुगल, ओपनएआई र एक्सएआईसँग नयाँ सम्झौता गरेको छ । आफ्ना पछिल्ला सैन्य र अन्य रक्षा गतिविधिमा पेन्टागनले एआई प्रविधिको प्रयोग बढाएको देखिन्छ । सीएनएनमा प्रकाशित समाचारअनुसार माइक्रोसफ्ट, अमेजन वेब सर्भिसेज, एनभिडिया, ओर्‍याकल र रिफ्लेक्सन गरी एकसाथ ८ ठूला प्रविधि कम्पनीका विभिन्न एआई सेवा र ...
। आन्ध्र महासागरमा यात्रारत एक पर्यटकीय क्रुज पानीजहाजमा घातक हन्टाभाइरसको प्रकोप फैलिएको आशङ्का गरिएको छ । यसका कारण हालसम्म तीन जनाको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ। अर्जेन्टिनाबाट केप भर्डेका लागि छुटेको एमभी होन्डियस नामक पानीजहाजमा यो समस्या देखिएपछि डब्लुएचओले एक जनामा संक्रमणको पुष्टि भएको र अन्य पाँच जना शंकास्पद बिरामी रहेको जानकारी दिएको छ। दक्षिण ...
: यमनले सोमालियातर्फ जाँदै गरेको आफ्नो तेल ट्याङ्कर अपहरणमा परेको जनाएको छ । यमनको कोस्ट गार्डले समुद्र किनारबाट अपहरण गरिएको एउटा तेल ट्यांकर फिर्ता ल्याउने प्रयास भइरहेको बताएको छ । अपहरण गरिएको जहाज सोमालियातर्फ लगिएको यमनले जनाएको छ । एम टी युरेका नामक ट्यांकर यमनको दक्षिणपूर्वी शब्वा प्रान्त नजिकबाट अपहरण गरिएको कोस्ट गार्डले जनाएको छ ...
: इजरायली सेनाले आइतबार दक्षिणी लेबनानका बासिन्दाहरूलाई आफ्नो घर तुरुन्त खाली चेतावनी दिएको छ । इजरायली सेनाले उनीहरूलाई कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा जान चेतावनी दिएको हो । सेनाले दक्षिणी लेबनानका ११ वटा शहर र गाउँहरूमा आक्रमण गर्ने बताएको छ । बेलायती पत्रिका ‘द इन्डिपेन्डेन्ट’ का अनुसार सेनाले यो कारबाही हिजबुल्लाहविरुद्ध भएको दाबी गरेको छ ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिरहेको बताउँदै इरानले अझै ठूलो मूल्य चुकाइनसकेको बताएका छन् । राष्ट्रपति ट्रम्पले तेहरानबाट आएको नयाँ शान्ति प्रस्तावको समीक्षा गरिने बताएका छन् । तर उनले यसको सम्भावनाप्रति शंका व्यक्त गर्दै भनेका छन्, ‘इरानले अझै ‘ठूलो मूल्य चुकाएको छैन ।’ इरानको अर्धसैनिक रिभोलुसनरी गार्डसँग नजिकका इरानका दुई अर्ध–सरकारी ...