मुख्य समाचार
बैंगलोर(आरसीबी)ले चेन्नाई सुपर किङ्स(सीएसके)माथि ५० रनको फराकिलो जित
बैंगलोर(आरसीबी)ले चेन्नाई सुपर किङ्स(सीएसके)माथि ५० रनको फराकिलो जित

: इन्डियन प्रिमियर लिग(आइपीएल)मा रोयल च्यालेन्जर्स बैंगलोर(आरसीबी)ले चेन्नाई सुपर किङ्स(सीएसके)माथि ५० रनको फराकिलो जित निकालेको छ।


चेन्नाईको घरेलु मैदान एमए चिदाम्बरम स्टेडियममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको आरसीबीले ७ विकेट गुमाउँदै १९६ रन बनाएको थियो।

आरसीबीले दिएको १९७ रनको विजयी लक्ष्य पछ्याएको सीएसकेले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४६ रन बनायो।

सीएसकेको लागि ओपनर ब्याटर रचिन रविन्द्रले सर्वाधिक ४१ रनको पारी खेले । उनले ३१ बलमा ५ चौका प्रहार गरे।

इम्प्याक्ट प्लेअरको रुपमा मैदानमा आएकका शिवम् दुबेले १९ रन बनाउँदा रविन्द्र जडेजाले २५ रन बनाए । रविचन्द्र आश्विन ११ रनमा पेभेलियन फर्किए। महेन्द्र सिंह धोनी ३० र नुर अहमद शुन्यमा अपराजित रहे।

आरसीबीका लागि बलिङमा जोस ह्याजलवुडले सर्वाधिक ३ विकेट लिए। यश दयाल र लियम लिभिङस्टोनले समान २–२ विकेट लिए। भुवनेश्वर कुमारले १ विकेट लिए।

त्यसअघि, ब्याटिङ गरेको आरसीबीको लागि कप्तान रजत पाटिदारले सार्वधिक ५१ रनको अर्धशतकीय पारी खेले।

ओपनरद्वय फिल साल्टल र विराट कोहलीले क्रमशः ३२ र ३१ रन बनाउँदै पेभेलियन फर्किए। देवदुत पाडिकलले २७, लियम लिभिङ्स्टोन १०, जितेश शर्माले १२ रन बनाउँदा टिम डेबिटले २२ रन बनाए।

सीएसकेको बलरमा नुर अहमदले सर्वाधिक ३ विकेट लिए। माथेसा पाथिरानाले २ विकेट लिँदा खलिल हमिद र रविचन्द्र आश्विनले १–१ विकेट लिए।

२ खेलमा २ जित दर्ता गर्दै आरसीबी हाल टेबलको शिर्ष स्थानमा रहेको छ। आरसीबीएले पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको थियो।

चेन्नाईको यो पहिलो हार हो। चेन्नाईले भने पहिलो खेलमा मुम्बई इन्डियन्स्माथि ४ विकेटको जित निकालेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...