मुख्य समाचार
विदेशबाट आयात गरिने कार र कारका पार्टपुर्जामा २५ प्रतिशत भन्सार लगाउने घोषणा
विदेशबाट आयात गरिने कार र कारका पार्टपुर्जामा २५ प्रतिशत भन्सार लगाउने घोषणा

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विदेशबाट आयात गरिने कार र कारका पार्टपुर्जामा २५ प्रतिशत भन्सार लगाउने घोषणा गरेका छन्। ट्रम्पले उक्त कदमले अमेरिकी उत्पादन क्षेत्रलाई बढावा दिने बताएका छन्। यसले वार्षिक १०० अर्ब डलर राजस्व बढ्ने अपेक्षा गरिएको छ।


कारमा लगाउने भनिएको कर अप्रिल १ देखि लागू हुनेछ।


कर लगाउने निर्णयले अमेरिकी अटोमोबाइल कम्पनी जनरल मोटर्सको शेयर बुधबार ३% ले घटेको थियो। साथै जीप र क्रिसलरको मूल कम्पनी स्टेलान्टिसको शेयर पनि लगभग ३.६% ले घटेको थियो।



यसले अमेरिकामा नयाँ कारखानाहरू खोल्ने ट्रम्पले तर्क गरेका छन्। क्यानडा र मेक्सिकोमा बनाइएका विभिन्न अटो पार्टपुर्जा र तयार सवारी साधनहरू अब अमेरिकामा उत्पादन गर्न सकिने उनले बताए। ट्रम्पले आफ्नो निर्णय स्थायी भएको बताएका छन्।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको कर लगाउने निर्णयको आलोचना गरेका छन्। उनले भने, 'यो हामीमाथि प्रत्यक्ष आक्रमण हो, हामी हाम्रा कामदार र कम्पनीहरूको सुरक्षा गर्नेछौं।'

अमेरिकामा कारको मूल्य बढ्ने सम्भावना

रिपोर्टहरूका अनुसार अमेरिकामा नयाँ कारको औसत मूल्य अहिले लगभग ४९,००० अमेरिकी डलर छ। कर बढेपछि नयाँ शुल्कहरू लागू गरियो भने आयातित कारहरूको मूल्यमा थप १२,५०० बढ्न सक्ने जनाइएको छ।

समाचार एजेन्सी पीटीआईका अनुसार यो शुल्कले सवारी साधन निर्माताहरूको लागत बढाउन सक्छ र बिक्रीमा गिरावट ल्याउन सक्छ। अमेरिकी कार कम्पनीहरूले आफ्ना धेरैजसो अटो पार्टपुर्जा अन्य देशहरूबाट आयात गर्छन्।

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले पनि अमेरिकी निर्णयप्रति निराशा व्यक्त गरेकी छिन्। उनले यो व्यवसायी र उपभोक्ताहरूका लागि नराम्रो निर्णय भएको उल्लेख गरेकी छन्।

ट्रम्पको उक्त कदमले विश्वव्यापी व्यापार युद्ध सुरु हुने सम्भावना बढाएको छ।

ट्रम्पको कदमले अमेरिकामा उल्लेखनीय कार उत्पादन अस्थायी रूपमा रोकिने सम्भावना पनि रहेको विज्ञहरुको भनाइ छ।

संयुक्त राज्य अमेरिकाले गत वर्ष लगभग ८० लाख कार आयात गरेको थियो, जुन लगभग २४० अर्ब डलर बराबरको व्यापार थियो।

अमेरिकामा कार पठाउनेमा मेक्सिको सबैभन्दा अगाडि छ। यसपछि दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनी पर्छन्।

ट्रम्पको यो नयाँ कदमले विश्वव्यापी कार व्यापार र यसको आपूर्ति श्रृंखलालाई असर गर्ने खतरा छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...