मुख्य समाचार
अमेरिकामा आयात हुने कार र कारका पार्ट्समा २५ प्रतिशत ट्यारिफ लगाइने
अमेरिकामा आयात हुने कार र कारका पार्ट्समा २५ प्रतिशत ट्यारिफ लगाइने

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफलाई लिएर नयाँ घोषणा गरेका छन् । जस अनुसार अमेरिकामा आयात हुने कार र कारका पार्ट्समा २५ प्रतिशत ट्यारिफ लगाइनेछ ।


ट्रम्पको यो कदमबाट ग्लोबल ट्रेड वार सुरु हुने आशंका बढेको छ । नयाँ घोषणा गरिएको ट्यारिफ अप्रिल २ देखि लागू हुने ट्रम्पले बताएका छन् । कारका पार्ट्समा भने मे वा त्यसभन्दा पछि लागू हुनसक्ने उनको भनाइ छ ।


यो कदमले कार उद्योगमा आकर्षक वृद्धि हुने र अमेरिकामा रोजगारी पनि बढ्ने ट्रम्पले दाबी गरेका छन् ।

तर विशेषज्ञले भने यसलाई लिएर फरक धारणा व्यक्त गरेका छन् । उनीहरुका अनुसार यो कदमले अमेरिकामा महत्त्वपूर्ण कार उत्पादन अस्थायी रुपमा बन्द हुनसक्ने आँकलन गरेका छन् । मूल्यमा वद्धि रु सहयोगी देशसँगको सम्बन्धमा तनाव उत्पन्न हुनसक्ने विशेषज्ञहरुको भनाइ छ ।

अमेरिकाले गत वर्ष ८० लाख कार आयात गरेको थियो । करिब यो २४० बिलियन अमेरिकी डलरको व्यापार हो ।

अमेरिकामा सबैभन्दा धेरै मेक्सिकोबाट कार आयता हुन्छ । यसपछि दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनी छन् ।

ट्रम्पको यो नयाँ कदमले वैश्विक स्तरमा हुने कारको व्यापार र यसको आयात–निर्यातलाई प्रभावित पार्ने खतरा रहेको विशेषज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...