मुख्य समाचार
अमेरिकामा आयात हुने कार र कारका पार्ट्समा २५ प्रतिशत ट्यारिफ लगाइने
अमेरिकामा आयात हुने कार र कारका पार्ट्समा २५ प्रतिशत ट्यारिफ लगाइने

— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफलाई लिएर नयाँ घोषणा गरेका छन् । जस अनुसार अमेरिकामा आयात हुने कार र कारका पार्ट्समा २५ प्रतिशत ट्यारिफ लगाइनेछ ।


ट्रम्पको यो कदमबाट ग्लोबल ट्रेड वार सुरु हुने आशंका बढेको छ । नयाँ घोषणा गरिएको ट्यारिफ अप्रिल २ देखि लागू हुने ट्रम्पले बताएका छन् । कारका पार्ट्समा भने मे वा त्यसभन्दा पछि लागू हुनसक्ने उनको भनाइ छ ।


यो कदमले कार उद्योगमा आकर्षक वृद्धि हुने र अमेरिकामा रोजगारी पनि बढ्ने ट्रम्पले दाबी गरेका छन् ।

तर विशेषज्ञले भने यसलाई लिएर फरक धारणा व्यक्त गरेका छन् । उनीहरुका अनुसार यो कदमले अमेरिकामा महत्त्वपूर्ण कार उत्पादन अस्थायी रुपमा बन्द हुनसक्ने आँकलन गरेका छन् । मूल्यमा वद्धि रु सहयोगी देशसँगको सम्बन्धमा तनाव उत्पन्न हुनसक्ने विशेषज्ञहरुको भनाइ छ ।

अमेरिकाले गत वर्ष ८० लाख कार आयात गरेको थियो । करिब यो २४० बिलियन अमेरिकी डलरको व्यापार हो ।

अमेरिकामा सबैभन्दा धेरै मेक्सिकोबाट कार आयता हुन्छ । यसपछि दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनी छन् ।

ट्रम्पको यो नयाँ कदमले वैश्विक स्तरमा हुने कारको व्यापार र यसको आयात–निर्यातलाई प्रभावित पार्ने खतरा रहेको विशेषज्ञहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...