मुख्य समाचार
रुसले युक्रेनसँग समुद्री युद्धविराम सुरू गर्नुअघि केही पश्चिमा प्रतिबन्धहरू हटाउनुपर्ने
रुसले युक्रेनसँग समुद्री युद्धविराम सुरू गर्नुअघि केही पश्चिमा प्रतिबन्धहरू हटाउनुपर्ने

— रुसले युक्रेनसँग समुद्री युद्धविराम सुरू गर्नुअघि केही पश्चिमा प्रतिबन्धहरू हटाउनुपर्ने बताएको छ । अमेरिकाले ब्ल्याक सीमा युद्धविरामका लागि रुस र युक्रेन सहमत भएको बताएको केही घण्टा भित्र रूसले आफ्ना देशका बैंकहरूमाथिको प्रतिबन्ध हट्नुपर्ने बताएको हो ।



रुसले सरकारी कृषि बैंक रोसेलखोजमाथिका प्रतिबन्ध खारेज गर्ने र स्विफ्ट अन्तर्राष्ट्रिय भुक्तानी प्रणालीमा फर्महरूको पहुँच पुनर्स्थापित गर्ने लगायतका माग अघि सारेको हो । युक्रेनी अधिकारीहरूले भने रुसले रातभर बन्दरगाह सहर माइकोलेभमा ड्रोन आक्रमण सुरू गरेको जनाएको छ । राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले ती आक्रमण रूसले शान्ति नचाहेको ‘स्पष्ट संकेत’ भएको बताएका छन् ।

रुसले युक्रेनमा आक्रमण सुरू गरेसँगै युरोपेली संघ र यसका सहयोगीले रुसी वित्तीय संस्थाको स्विफ्टमाथिको पहुँच निलम्बन गरिदिएका थिए । सोसाइटी फर वर्ल्डवाइड इन्टरबैंक फाइनान्सियल टेलिकम्युनिकेसन (स्विफ्ट) ले सीमापार पैसाको सहज र द्रुत स्थानान्तरणलाई अनुमति दिन्छ ।

रुसी कम्पनीले स्विफ्टद्वारा प्रदान गरिएको सामान्य सहज र तत्काल लेनदेनमा पहुँच गुमाएपछि बहुमूल्य ऊर्जा र कृषि निर्यातको भुक्तानीमा बाधा पुगेको छ । यो निर्णय उल्टाउन युरोपेली संघको अनुमोदन आवश्यक पर्नेछ । तर पछिल्लो समय युरोपेली देशहरू किभको समर्थनमा देखिएकाले यो तत्काल सम्भव देखिँदैन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...
। छिमेकी मुलुक चीनमा एउटा अनौठो तथा रोचक चिकित्सकीय चमत्कार भएको छ। कार्यस्थलमा भएको एउटा दुर्घटनापछि एकजना महिलाले आफ्नो चुँडिएको बायाँ कान पाँच महिनासम्म आफ्नै खुट्टामा पालिन्। अन्ततः खुट्टामा टाँसिएको त्यो कानलाई डाक्टरहरुले सफलतापूर्वक कान भएकै मूल स्थानमा लगेर जोड्न सफल भएका छन्। यस वर्षको सुरुतिर चीनको शान्दोङ प्रान्तस्थित एक कारखानामा काम गरिरहेकी ती महिला गम्भीर ...