मुख्य समाचार
त्रिभुवन आर्मीले नेपाल पुलिसको अपराजित यात्रामा पूर्णविराम
त्रिभुवन आर्मीले नेपाल पुलिसको अपराजित यात्रामा पूर्णविराम

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा विभागीय डर्बी बीचको खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिसको अपराजित यात्रामा पूर्णविराम लगाएको छ।


भैरहवास्थित एक्स्ट्राटेक ओभलमा भएको खेलमा आर्मीले पुलिसलाई ४ विकेटले हराएको हो। फाइनलअघि यी दुई विभागीय डर्बीको खेलमा आर्मीले जित निकालेको हो। फाइनल खेलमा पनि यी दुई टिमले उपाधिका लागि खेल्नेछन्।


टस हारेर ब्याटिङ गरेको पुलिसले १४८ रन बनाएको थियो। पुलिसले दिएको १४९ रनको विजयी लक्ष्य पछ्याएको त्रिभुवन आर्मीले ४१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। आर्मीका लागि विवेक यादवले सर्वाधिक ४१ रनको अविजित पारी खेले। उनले ४५ बलमा ५ चौका र १ छक्का प्रहार गरे।



ओपनरद्वय तृतराज दास र सन्तोष कार्कीले क्रमशः २५ र २२ रन बनाए। भिम सार्कीले २३, वसिर अहमदले १२ रन बनाए। कप्तान विनोद भण्डारी १३ रनमा अविजित रहे।

पुलिसका लागि बलिङतर्फ ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभरमा २ मेडनसहित ३४ रन खर्चिए। दिपेन्द्र सिंह ऐरी र करण केसीले समान १–१ विकेट लिए।

nullत्यसअघि पहिलो इनिङ्समा ब्याटिङ गरेको पुलिस ४१.४ ओभरमा अलआउट हुँदै १४८ रन बनाएको थियो। पुलिसका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५० रनको अर्धशतीयक पारी खेले। उनले ३७ बलमा ३ चौका र २ छक्का प्रहार गरेका हुन्। ओपनरद्वय कुशल भुर्तेल र अमित श्रेष्ठले दोहोरो अंक नबनाई पेभेलियन फर्किएका थिए। अर्जुन साउदले १३, गुल्सन झाले १७ रन बनाउँदा सागर ढकाल १६ रनमा अविजित रहे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

आर्मीका लागि साहब आलमले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभरमा ३ मेडनसहित ३१ रन खर्चिए। नरेन साउदले ३ विकेट लिँदा कुशल मल्ल र भिम सार्कीले १–१ विकेट लिए।

फाइनल खेल शनिबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...