मुख्य समाचार
त्रिभुवन आर्मीले नेपाल पुलिसको अपराजित यात्रामा पूर्णविराम
त्रिभुवन आर्मीले नेपाल पुलिसको अपराजित यात्रामा पूर्णविराम

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय प्रतियोगितामा विभागीय डर्बी बीचको खेलमा त्रिभुवन आर्मीले नेपाल पुलिसको अपराजित यात्रामा पूर्णविराम लगाएको छ।


भैरहवास्थित एक्स्ट्राटेक ओभलमा भएको खेलमा आर्मीले पुलिसलाई ४ विकेटले हराएको हो। फाइनलअघि यी दुई विभागीय डर्बीको खेलमा आर्मीले जित निकालेको हो। फाइनल खेलमा पनि यी दुई टिमले उपाधिका लागि खेल्नेछन्।


टस हारेर ब्याटिङ गरेको पुलिसले १४८ रन बनाएको थियो। पुलिसले दिएको १४९ रनको विजयी लक्ष्य पछ्याएको त्रिभुवन आर्मीले ४१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। आर्मीका लागि विवेक यादवले सर्वाधिक ४१ रनको अविजित पारी खेले। उनले ४५ बलमा ५ चौका र १ छक्का प्रहार गरे।



ओपनरद्वय तृतराज दास र सन्तोष कार्कीले क्रमशः २५ र २२ रन बनाए। भिम सार्कीले २३, वसिर अहमदले १२ रन बनाए। कप्तान विनोद भण्डारी १३ रनमा अविजित रहे।

पुलिसका लागि बलिङतर्फ ललित राजवंशीले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभरमा २ मेडनसहित ३४ रन खर्चिए। दिपेन्द्र सिंह ऐरी र करण केसीले समान १–१ विकेट लिए।

nullत्यसअघि पहिलो इनिङ्समा ब्याटिङ गरेको पुलिस ४१.४ ओभरमा अलआउट हुँदै १४८ रन बनाएको थियो। पुलिसका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५० रनको अर्धशतीयक पारी खेले। उनले ३७ बलमा ३ चौका र २ छक्का प्रहार गरेका हुन्। ओपनरद्वय कुशल भुर्तेल र अमित श्रेष्ठले दोहोरो अंक नबनाई पेभेलियन फर्किएका थिए। अर्जुन साउदले १३, गुल्सन झाले १७ रन बनाउँदा सागर ढकाल १६ रनमा अविजित रहे। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

आर्मीका लागि साहब आलमले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभरमा ३ मेडनसहित ३१ रन खर्चिए। नरेन साउदले ३ विकेट लिँदा कुशल मल्ल र भिम सार्कीले १–१ विकेट लिए।

फाइनल खेल शनिबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...