मुख्य समाचार
लिग चरणको अन्तिम खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाई ४ विकेटले हराए
लिग चरणको अन्तिम खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाई ४ विकेटले हराए

: प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा मधेश प्रदेशले बागमती प्रदेशलाई ४ विकेटले हराएको छ।


मधेशका कप्तान अनिल कुमार शाहको अलराउन्ड प्रदर्शनमा मधेशले अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिता सकेको हो। उनले बलिङतर्फ २ विकेट र ब्याटिङमा ७० रन बनाए। मधेशसँग पराजित भए पनि बागमती भने शीर्ष ४ मा रहँदै जय ट्रफी खेल्ने भएको छ। समान ८ अंक भए पनि नेट रनरेटमा अगाडि रहँदै बागमती शीर्ष चारमा अटाएको हो।

सिद्धार्थनगरस्थित सिद्धार्थ क्रिकेट रंगशालामा लिगको अन्तिम खेलमा बागमती प्रदेशले २५९ रन बनाएको थियो। बागमतीले दिएको २६० रनको लक्ष्य पछ्याएको मधेशले ४६.१ ओभरमा ६ विकेट गुमाउँदै २६३ रन बनाएको थियो। मधेशको जितमा कप्तान अनिल कुमार शाहले ७० रनको अविजित पारी खेले। उनले ५३ बलमा ७ चौका र २ छक्का प्रहार गरेका हुन्।

मधेशका ओपनरद्वय रोहन विक र शैलेन्द्र शाहले क्रमशः ३९ र १६ रन बनाए। हरिशंकर शाहले ३३, पवन सरार्फले ३१, विशाल पटेलले १३ र दिपेश दासले १९ रन बनाए। रुपेश सिंह २५ रनमा अविजित रहे।

बागमतीका लागि बलिङ तर्फ सूर्य तामाङले सर्वाधिक २ विकेट लिए। उनले १० ओभरमा २ मेडनसहित ४४ रन खर्चिए। रिजन ढकाल, गौतम केसी, विपिन आचार्य र इशान पाण्डेले समान १–१ विकेट लिए।


पहिलो इनिङ्समा ब्याटिङ गरेको बागमती प्रदेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५९ रन बनाएको थियो। बागमतीका ओपनर ब्याटर इशान पाण्डेले शतकीय पारी खेले। उनले १२७ बलमा १४ चौकासहित ११४ रन बनाएका हुन्।

शुभ कंसाकारले २०, रिजन ढकालले ३० र विवेक मगरले ३० रन र विपिन आचार्यले २७ रन बनाए। विपिन आचार्य १७ रनमा अविजित रहे। मधेशका लागि हरिशंकर शाह, पवन सर्राफ र अनिल शाहले समान २–२ विकेट लिए। रुपेश सिंह र विशाल पटेलले १–१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...