मुख्य समाचार
फिफाका पूर्वअध्यक्ष सेप ब्लाटर र सेलेब्रिटीपुर्व फ्रेन्च फुटबलर मिचेल प्लाटिनीले भ्रष्टाचारको मुद्दामा सफाइ
फिफाका पूर्वअध्यक्ष सेप ब्लाटर र सेलेब्रिटीपुर्व फ्रेन्च फुटबलर मिचेल प्लाटिनीले भ्रष्टाचारको मुद्दामा सफाइ

। फिफाका पूर्वअध्यक्ष सेप ब्लाटर र सेलेब्रिटीपुर्व फ्रेन्च फुटबलर मिचेल प्लाटिनीले भ्रष्टाचारको मुद्दामा सफाइ पाएका छन् । झण्डै एक दशकभन्दा बढी समय चलेको यस केसमा दुवैले मंगलबार सफाई पाएका थिए ।

स्वीट्जरल्यान्डको बासेल नजिकै म्युटेन्जमा रहेको एक पुनरावेदन अदालतले फिफाका पूर्व अध्यक्ष ब्लाटर र युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफका पूर्व अध्यक्ष प्लाटिनीलाई सफाइ दिएको हो।




सन् २०११ मा यी जोडीमाथि ठगी, जालसाजी, कुप्रबन्धन र गैरकानूनी रूपमा फिफा कोषम मिलियन अमेरिकी डलरभन्दा बढी लिएको आरोप लगाइएको थियो। ब्लाटर र प्लाटिनीले सन् २०२२ मै यस ठगीमा उन्मुक्ति पाइसकेका थिए ।

तर त्यसविरुद्ध स्विस संघीय अभियोजनकर्ताहरुले पुनरावेदन मुद्दा हालेका थिए । त्यसमा पनि सफाई पाउँदै ब्लाटर र प्लिटीने दोस्रो पटक मुददामाथि जित हासिल गरे ।




सन् २०१५ मा फिफा धोखाधडी र भ्रष्टाचारको दलदलमा फसेको भन्दैयो मुद्दा सुरु भएको थियो । जसको परिणाम एक अमेरिकी अनुसन्धानको कारण ज्युरिचमा छापा मार गरिएको थियो ।

फुटबल इतिहासको सबैभन्दा ठूलो काण्डको रुपमा रहेको यस काण्डमा शासक निकायका अधिकारीहरू र खेल मार्केटिङ कार्यकारीहरूबीचको मिलेमतो समावेश थियो । जसमा धोखाधडी, घूस, तस्करी र धन शोधन जस्ता अपराधहरू भएका थिए।

त्यसकै परिणामा ब्लाटरले पदबाट राजीनामा दिएका थिए । त्यसपछिको वरीयतामा रहेका र पिफा अध्यक्ष बन्ने लाइनमा रहेका प्लाटिनीले फिफा अध्यक्ष बन्ने अवसर समेत गुमाउनुपरेको थियो । स्विस अभियोजनकर्ताले ब्ल्याटरले प्लाटिनीलाई अवैध रुपमा पैसा दिएको आरोप लगाएका थिए ।

उनीहरुले त्यसलाई अस्वीकार गर्दै तत्कालीन यूईएफए अध्यक्ष प्लाटिनीले फिफाका लागि सल्लाहकारी भूमिका निर्वाह गरेकाले दिइएको भुक्तानी भनेका थिए । ब्ल्याटरले सुरुमा सन् १९९८ मा प्लाटिनीलाई आफ्नो सल्लाहकार बन्न अनुरोध गरेको । त्यो बेला फिफाले प्लाटिनीको मागअनुसारको १० लाख स्विस फ्रांक भुक्तानी गर्नसक्ने अवस्था नरहेको पनि ब्लाटरले दावी गरेका थिए ।

त्यसपछि वार्षिक ३ लाख फ्रांकमा घटाइएको थियो भने बाँकी रकम पछि भुक्तानी गरिएको उनीहरुको दावी थियो ।

स्वीट्जरल्यान्डको संघीय फौजदारी अदालतले उनीहरुबीच ‘जेन्टलमेन्ट अग्रिमेन्ट’ भएको भन्दै सफाइ दिएको थियो । तर अभियोजनकर्ता यसविरुद्ध पुनरावेदनमा गएपछि नयाँ सुनुवाइतर्फ अघि बढेको थियो ।

मंगलबारको फैसलापछि ब्लाटरले रिपोर्टहरुसँग कुरा गर्दै अदालतले न्याय दिएको बताए । ‘अन्तत: अदालतले न्याय दिएको गरेको छ र मेरो लागि, मेरो परिवार र मेरा साथीहरूका लागि यो ठूलो कुरा हो’ उनले थपे, ‘म अहिले धेरै भावुक छु ।’

यस्तै प्लाटिनीले अब यसबारेको मुद्दा समाप्त भएको भन्दै धेरै खुसी भएको प्रतिक्रिया दिएका थिए। ‘आज, मेरो इज्जत फर्किएको छ र म धेरै खुशी छु’ उनले भने । प्लाटिनीका वकिलले अब उनीहरू ती व्यक्तिहरूविरुद्ध कानूनी कारवाहीको प्रक्रियामा जाने बताएका छन् ।

‘अटर्नी जनरलको कार्यालयले १० वर्षभन्दा बढीको समयमा कुनै पनि दोषपूर्ण प्रमाण पत्ता लगाउन सकेन’ डोमिनिक नेलनले एक स्टेटमेन्टमा भने, ‘यी प्रक्रिया न्यायसंगत थिएनन् र कहिल्यै चलाउनु हुँदैन थियो।’

प्लाटिनीको खेल जीवन अत्यन्तै प्रतिष्ठित थियो । उनी युरोपको सबैभन्दा उच्च व्यक्तिगत फुटबल पुरस्कार बलोन डे’ओर तीन पटक जित्ने पहिलो व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...