मुख्य समाचार
फिफाका पूर्वअध्यक्ष सेप ब्लाटर र सेलेब्रिटीपुर्व फ्रेन्च फुटबलर मिचेल प्लाटिनीले भ्रष्टाचारको मुद्दामा सफाइ
फिफाका पूर्वअध्यक्ष सेप ब्लाटर र सेलेब्रिटीपुर्व फ्रेन्च फुटबलर मिचेल प्लाटिनीले भ्रष्टाचारको मुद्दामा सफाइ

। फिफाका पूर्वअध्यक्ष सेप ब्लाटर र सेलेब्रिटीपुर्व फ्रेन्च फुटबलर मिचेल प्लाटिनीले भ्रष्टाचारको मुद्दामा सफाइ पाएका छन् । झण्डै एक दशकभन्दा बढी समय चलेको यस केसमा दुवैले मंगलबार सफाई पाएका थिए ।

स्वीट्जरल्यान्डको बासेल नजिकै म्युटेन्जमा रहेको एक पुनरावेदन अदालतले फिफाका पूर्व अध्यक्ष ब्लाटर र युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफका पूर्व अध्यक्ष प्लाटिनीलाई सफाइ दिएको हो।




सन् २०११ मा यी जोडीमाथि ठगी, जालसाजी, कुप्रबन्धन र गैरकानूनी रूपमा फिफा कोषम मिलियन अमेरिकी डलरभन्दा बढी लिएको आरोप लगाइएको थियो। ब्लाटर र प्लाटिनीले सन् २०२२ मै यस ठगीमा उन्मुक्ति पाइसकेका थिए ।

तर त्यसविरुद्ध स्विस संघीय अभियोजनकर्ताहरुले पुनरावेदन मुद्दा हालेका थिए । त्यसमा पनि सफाई पाउँदै ब्लाटर र प्लिटीने दोस्रो पटक मुददामाथि जित हासिल गरे ।




सन् २०१५ मा फिफा धोखाधडी र भ्रष्टाचारको दलदलमा फसेको भन्दैयो मुद्दा सुरु भएको थियो । जसको परिणाम एक अमेरिकी अनुसन्धानको कारण ज्युरिचमा छापा मार गरिएको थियो ।

फुटबल इतिहासको सबैभन्दा ठूलो काण्डको रुपमा रहेको यस काण्डमा शासक निकायका अधिकारीहरू र खेल मार्केटिङ कार्यकारीहरूबीचको मिलेमतो समावेश थियो । जसमा धोखाधडी, घूस, तस्करी र धन शोधन जस्ता अपराधहरू भएका थिए।

त्यसकै परिणामा ब्लाटरले पदबाट राजीनामा दिएका थिए । त्यसपछिको वरीयतामा रहेका र पिफा अध्यक्ष बन्ने लाइनमा रहेका प्लाटिनीले फिफा अध्यक्ष बन्ने अवसर समेत गुमाउनुपरेको थियो । स्विस अभियोजनकर्ताले ब्ल्याटरले प्लाटिनीलाई अवैध रुपमा पैसा दिएको आरोप लगाएका थिए ।

उनीहरुले त्यसलाई अस्वीकार गर्दै तत्कालीन यूईएफए अध्यक्ष प्लाटिनीले फिफाका लागि सल्लाहकारी भूमिका निर्वाह गरेकाले दिइएको भुक्तानी भनेका थिए । ब्ल्याटरले सुरुमा सन् १९९८ मा प्लाटिनीलाई आफ्नो सल्लाहकार बन्न अनुरोध गरेको । त्यो बेला फिफाले प्लाटिनीको मागअनुसारको १० लाख स्विस फ्रांक भुक्तानी गर्नसक्ने अवस्था नरहेको पनि ब्लाटरले दावी गरेका थिए ।

त्यसपछि वार्षिक ३ लाख फ्रांकमा घटाइएको थियो भने बाँकी रकम पछि भुक्तानी गरिएको उनीहरुको दावी थियो ।

स्वीट्जरल्यान्डको संघीय फौजदारी अदालतले उनीहरुबीच ‘जेन्टलमेन्ट अग्रिमेन्ट’ भएको भन्दै सफाइ दिएको थियो । तर अभियोजनकर्ता यसविरुद्ध पुनरावेदनमा गएपछि नयाँ सुनुवाइतर्फ अघि बढेको थियो ।

मंगलबारको फैसलापछि ब्लाटरले रिपोर्टहरुसँग कुरा गर्दै अदालतले न्याय दिएको बताए । ‘अन्तत: अदालतले न्याय दिएको गरेको छ र मेरो लागि, मेरो परिवार र मेरा साथीहरूका लागि यो ठूलो कुरा हो’ उनले थपे, ‘म अहिले धेरै भावुक छु ।’

यस्तै प्लाटिनीले अब यसबारेको मुद्दा समाप्त भएको भन्दै धेरै खुसी भएको प्रतिक्रिया दिएका थिए। ‘आज, मेरो इज्जत फर्किएको छ र म धेरै खुशी छु’ उनले भने । प्लाटिनीका वकिलले अब उनीहरू ती व्यक्तिहरूविरुद्ध कानूनी कारवाहीको प्रक्रियामा जाने बताएका छन् ।

‘अटर्नी जनरलको कार्यालयले १० वर्षभन्दा बढीको समयमा कुनै पनि दोषपूर्ण प्रमाण पत्ता लगाउन सकेन’ डोमिनिक नेलनले एक स्टेटमेन्टमा भने, ‘यी प्रक्रिया न्यायसंगत थिएनन् र कहिल्यै चलाउनु हुँदैन थियो।’

प्लाटिनीको खेल जीवन अत्यन्तै प्रतिष्ठित थियो । उनी युरोपको सबैभन्दा उच्च व्यक्तिगत फुटबल पुरस्कार बलोन डे’ओर तीन पटक जित्ने पहिलो व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...