मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदान सम्बन्धी नियममा परिवर्तन गरेका छन्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदान सम्बन्धी नियममा परिवर्तन गरेका छन्

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मतदान सम्बन्धी नियममा परिवर्तन गरेका छन् । ट्रम्पले मंगलबार चुनावी प्रक्रियामा परिवर्तनसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।

यस आदेशअनुसार अब अमेरिकी नागरिकले भोटर रजिस्ट्रेसनका लागि नागरिकताको प्रमाण प्रस्तुत गर्नुपर्नेछ। ट्रम्पले यो निर्णय चुनावमा हुनसक्ने धाँधली रोक्नका लागि गरेको बताएका छन्।




ट्रम्प प्रशासनका अधिकारीहरूका अनुसार यो कदम मतदाता सूचीमा गैरकानुनी रूपमा समावेश अप्रवासीहरूलाई नियन्त्रण गर्न लक्षित छ। ट्रम्पले सन् २०२० को राष्ट्रपतीय चुनावमा आफ्नो हारको कारण फर्जी मतदान भनेका थिए ।

आदेश जारी गर्दै ट्रम्पले भारत र ब्राजिलजस्ता देशहरूमा मतदाताको पहिचानलाई बायोमेट्रिक डेटाबेससँग जोडिए पनि अमेरिका अझै पनि पुरानै पद्धतिमा अड्किरहेको बताएका छन् ।




‘चुनावी धाँधली। तपाईंले यो शब्द सुन्नुभएकै हो। म यो अन्त्य गर्न लागिरहेको छु,’ उनले भनेका छन् ।

राष्ट्रपतिद्वारा एकपक्षीय रूपमा जारी गरिने कार्यकारी आदेशहरूलाई कानुनसरह मानिन्छ र यसका लागि कंग्रेसको स्वीकृति आवश्यक पर्दैन। कंग्रेसले यस्ता आदेश उल्टाउन सक्दैन, तर यसलाई अदालतमा चुनौती दिन सकिन्छ।

ट्रम्पको यो आदेशलाई विभिन्न राज्यहरूले अदालतमा चुनौती दिने तयारी गरेका छन्।

ट्रम्पले यो एजेन्डालाई चुनावी नारामा पनि समावेश गरेका थिए ।

मतदानसम्बन्धी कार्यकारी आदेशमा मतदान गर्न नागरिकता लगायतका प्रमाणपत्र, जस्तै पासपोर्ट वा ड्राइभिङ लाइसेन्स अनिवार्य रूपमा देखाउनुपर्नेछ।

यसमा चुनाव समाप्त भइसकेपछि प्राप्त हुने मेल-इन ब्यालटलाई अवैध मानिने व्यवस्था गरिएको छ । त्यस्तै, नियम पालना नगर्ने राज्यहरूको संघीय फन्डिङमा कटौती गरिने व्यवस्था पनि गरिएको छ ।

अमेरिकामा सबै राज्यका मतदानका नियम एकरूपता छैन। टेक्सास, जर्जिया र इन्डियानाजस्ता राज्यहरूमा मतदान प्रक्रिया निकै कडा छ। त्यहाँ मतदान गर्न फोटो आइडी (ड्राइभिङ लाइसेन्स, पासपोर्टजस्ता) देखाउनुपर्छ।

क्यालिफोर्निया, न्युयोर्क र इलिनोइसजस्ता राज्यहरूमा भने मतदान प्रक्रिया यति कठोर छैन। ती राज्यहरूमा नाम, ठेगाना बताएर वा बिजुलीको बिलजस्ता साधारण प्रमाण देखाएर मतदान गर्न सकिन्छ।

मिशिगनजस्ता राज्यहरूमा भने मतदान गर्दा फोटो आइडी मागिन्छ। यदि कसैसँग फोटो आइडी छैन भने हस्ताक्षर गरेर पनि मतदान गर्न सकिन्छ।

विदेशी नागरिकलाई चन्दा दिन रोक

यो कार्यकारी आदेशले अमेरिकी चुनावहरूमा विदेशी नागरिकहरूबाट चन्दा दिन कडा प्रतिबन्ध लगाएको छ। पछिल्ला केही वर्षहरूमा अमेरिकी चुनावमा विदेशी नागरिकहरूले दिएको चन्दा एउटा ठूलो विवादको विषय बनेको छ।

यसको मुख्य उदाहरण स्विस अरबपति हान्सयोर्ग वीस हुन्, जसले अमेरिका भित्र लाखौँ डलरको चन्दा दिएका छन्। ‘सिक्सटीन थर्टी फन्ड’ले ओहायोको संविधानमा गर्भपातसम्बन्धी अधिकारलाई सुनिश्चित गर्नका लागि ३.९ मिलियन अमेरिकी डलरको चन्दा प्रदान गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...