मुख्य समाचार
ट्रम्पले अमेरिका आयात हुने कार र तिनका पार्टपुर्जामा २५ प्रतिशत ट्यारिफ (शुल्क) लगाउने घोषणा
ट्रम्पले अमेरिका आयात हुने कार र तिनका पार्टपुर्जामा २५ प्रतिशत ट्यारिफ (शुल्क) लगाउने घोषणा

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका आयात हुने कार र तिनका पार्टपुर्जामा २५ प्रतिशत ट्यारिफ (शुल्क) लगाउने घोषणा गरेका छन् ।

ट्रम्पको भनाइ अनुसार कारमा लगाइएको नयाँ ट्यारिफ २ अप्रिलबाट लागु हुने छ । कारका पार्टपुर्जामा लगाइने ट्यारिफ भने मई वा त्यसपछि सुरु हुने छ ।




ट्रम्पको यो कदमबाट ‘ग्लोबल ट्रेड वार’ सुरु हुने आशंका बढेको बीबीसीले जनाएको छ । तर राष्ट्रपति ट्रम्पले भने आफ्नो यो कदमबाट कार इन्डष्ट्रीमा शानदार प्रगति हुने जिकीर गरेका छन् । उनी यो कदमबाट अमेरिकामा रोजगार र लगानी पनि बढ्ने विश्वासमा छन् ।

विज्ञहरु के भन्छन् ?




विज्ञहरुको अनुमान भने ट्रम्पको भनाइभन्दा फरक छ । उनीहरुका अनुसार ट्रम्पको यो कदमबाट अमेरिकामा महत्वपूर्ण कार उत्पादन अस्थायी रुपमा बन्द हुनसक्छ, मूल्य बढ्न सक्छ र सहयोगी देशसँगको सम्बन्ध बिग्रिन सक्छ ।

अमेरिकाले गत वर्ष ८० लाख कार आयात गरेको थियो, जसको मूल्य करिब २४० बिलियन डलर थियो ।

अमेरिकामा सबैभन्दा बढी मेक्सिकोमा बनेका कार आयात हुने गर्दछन् । त्यसपछिको सूचीमा दक्षिण कोरिया, जापान, क्यानडा र जर्मनी छन् । बीबीसीका अनुसार ट्रम्पको नयाँ कदमले विश्वस्तरमा हुने कारको व्यापार र यसको वितरण प्रणाली प्रभावित हुने खतरा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इरानको राजधानी तेहरानस्थित इभिन जेलमा इजरायलले गरेको हवाई आक्रमणमा ७१ जनाको मृत्यु भएको छ। इरानी न्यायपालिकाका प्रवक्ता असगर जहाँगीरका अनुसार गत २३ जुनमा इजरायलले जेललाई लक्षित गरी आक्रमण गरेको थियो। 'इभिन जेलमा भएको आक्रमणमा प्रशासनिक कर्मचारी, सैन्य सेवा गर्ने युवाहरू, बन्दीहरू, ती बन्दीलाई भेट्न आएका उनका परिवारका सदस्यहरू र जेलका वरिपरि रहेका छिमेकीहरूसहित ७१ ...
: क्यानडाले अमेरिकी प्रविधि कम्पनीहरूमाथि डिजिटल कर लगाउने आफ्नो योजना फिर्ता लिएको छ। अब अमेरिका र क्यानडाबीच व्यापारको बारेमा फेरि वार्ता सुरु हुनेछ। क्यानाडाली अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मार्क कार्नी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस विषयमा पुनः वार्ता गर्न सहमत भएको जनाएको छ। यसअघि शुक्रबार राष्ट्रपति ट्रम्पले ठूला अमेरिकी प्राविधिक कम्पनीलाई ...
: अमेरिकाको इडाहोमा लागेको डढेलो निभाउन खोजेका दुई जनाको गोली हानी हत्या गरिएको छ। स्थानीय शेरिफ रोबर्ट नोरिसले कोउर डीएलेन शहरमा कम्तिमा एक जना व्यक्तिले राइफलले प्रहरीमाथि गोली चलाएको बताए। शेरिफले भने,‘त्यहाँ एक, दुई, तीन वा चार सुटर थिए भन्ने हामीलाई थाहा छैन।’ अधिकारीहरूले धेरै दिशाबाट गोली चलेको बताए। मानिसहरूलाई त्यस क्षेत्रबाट टाढा रहन भनिएको ...
: इरानले केही महिनाभित्रै बमका लागि युरेनियम प्रशोधन सुरु गर्ने संयुक्त राष्ट्रसंघको आणविक प्रमुखले बताएका छन्। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीले गत सप्ताहन्तमा तीन इरानी क्षेत्रहरूमा अमेरिकी आक्रमणले गम्भीर तर पूर्णरूपमा क्षति भने नपुर्‍याएको बताए। इरानको परमाणु केन्द्रहरू पूर्णरूपमा ध्वस्त भएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीको खण्डन गर्दै ग्रोसीको यस्तो अभिव्यक्ति आएको हो। ...
: फुकुशिमा आणविक प्लान्टबाट प्रशोधित फोहोर पानी निस्कने चिन्ताका कारण दुई वर्षअघि जापानका अधिकांश क्षेत्रबाट समुद्री खाना आयातमा लगाइएको प्रतिबन्ध चीनले हटाएको छ। बेइजिङले जापानबाट सर्तसहित आयात पुनः सुरु गर्ने बताएको छ। तर यो टोकियो र फुकुशिमासहित जापानका ४७ प्रिफेक्चरमध्ये १० मा लागू हुने छैन। चीनको सामान्य भन्सार प्रशासनले आइतबार फुकुशिमाको दूषित पानीको दीर्घकालीन अनुगमनको क्रममा ...