मुख्य समाचार
कोलकाताले राजस्थान रोयल्सलाई ८ विकेटले हराए
कोलकाताले राजस्थान रोयल्सलाई ८ विकेटले हराए

। क्‍विन्टन डिककले अविजित ९७ रन बनाएपछि कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा पहिलो जित निकालेको छ ।

बुधबार भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ८ विकेटले हराएको हो । राजस्थानले दिएको १५२ रनको लक्ष्य कोलकाताले १७.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । ओपनर क्‍विन्टन डिककले अविजित रहँदै ९७ रन बनाए । उनले ६१ बलमा ८ चौका र ६ छक्का प्रहार गरे ।




अङक्रिश रघुवंशी २२ रनमा अविजित रहँदा कप्तान अजिन्क्या रहानेले १८ रन बनाए । राजस्थानका लागि वानिन्दु हसरंगाले १ विकेट लिए ।

त्यसअघि गुवाहाटीमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १५१ रन बनाएको थियो । ध्रुव जुरेलले सर्वाधिक ३३ रन बनाए । यशश्वी जैसवालले २९ तथा कप्तान रियान परागले २५ रन बनाए ।




कोलकाताका लागि हर्शित राना, मोइन अली, वैभव अरोरा र वरुण चक्रवर्तीले २-२ तथा स्पेन्सर जोनसनले १ विकेट हात पारे ।

योसँगै २ खेलमा २ अंक जोडेको कोलकाता अंकतालिकामा छैटौं स्थानमा रहेको छ । राजस्थानको भने यो लगातार दोस्रो हार हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपालले मलेसियाविरुद्धको पहिलो अन्तर्राष्ट्रिय ट्वान्टी ट्वान्टी बिहीबार तीन रनले गुमाएको छ । यससँगै पाँच खेलको सिरिजमा मलेसियाले १–० को अग्रता लिएको छ । अब दोस्रो खेल शनिबार हुनेछ । क्वालालम्पुरको बायुमास मैदानमा भएको खेलमा नेपाललाई जितका लागि सात रन चाहिएकोमा तीन मात्र बनाउन सकेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको पाँच विकेट गुमाएर १ ...
— डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति बार्सिलोनामाथि २–१ को पुनर्आगमन जित रचेको छ । बार्सिलोनाले फेरान टोरेसको गोलले अग्रता लिएयता सेनी मायुलुले पीएसजीका लागि बराबरी गोल फर्काए। खेलको ९० औं मिनेटम गोन्सालो रामोसले निर्णायक गोल गरे । अन्य खेलमा नेपोलीले पनि स्पोर्टिङ लिस्वनलाई २–१ ले हराएको छ र त्यसमा रसमस ...
: नेपाली राष्ट्रिय महिला टिमकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा भारतीय क्लब सेथु एफसीमा आबद्ध भएकी छन्। क्लब र अञ्जिलाबीच आधा सिजनको लागि सम्झौता भएको हो। अञ्जिला भारत पुगेर अभ्यास पनि सुरु गरिसकेकी छन्। अञ्जिला तेस्रो पटक भारतीय लिग खेल्दैछिन्। यसअघि पनि उनले सेथुबाट खेलेकी हुन्। सन् २०२३-०२४ को सिजनमा भने अञ्जिला टोलीको कप्तान ...
— केयलिन एमबापेको ह्याट्रिकको मदतले युरोपेली च्याम्पियन्स लिगमा रियल म्याड्रिडले बुधबार काजाकिस्तानको आइराट आल्माटीलाई ५–० ले पराजित गरेको छ । यससँगै च्याम्पियन्स लिगमा एमबापेले गरेको गोल व्यक्तिगत गोल संख्या ६० पुगेको छ । सजिलो जित निकाल्ने क्रममा अन्य खेलमा एटलटिको म्याड्रिडले इन्ट्राख्ट फ्रायन्कफर्टलाई ५–१, मार्सेले आयाक्सलाई ४–०, इन्टर मिलानले स्पार्टाक प्रागलाई ३–० र बायर्न म्युनिकले पाफोसलाई ...
: मलेसयासँग टी-२० सिरिज खेल्न नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो। टोलीमा पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, सीता राना मगर, राजमती ऐरी, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विस्ट, रचना चौधरी, रुबी पोद्दार, यशोधा विस्ट, साबित्री धाम र कविता कुँवर रहेका छन्। नेपालले मलेसियासँग ...