मुख्य समाचार
एसियाली राष्ट्र इरान अर्को वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप २०२६ मा छनोट
एसियाली राष्ट्र इरान अर्को वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप २०२६ मा छनोट

। एसियाली राष्ट्र इरान अर्को वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप २०२६ मा छनोट भएको छ ।

एसियाली छनोट अन्तर्गत गएराती उज्वेकिस्तान विरुद्ध २-२ को पुनरागमन बराबरी खेल्दै इरान लगातार चौथो पटक फुटबल विश्वकपमा छनोट भएको हो । मेहेदी तारेमीले दुई गोल गरेपछि इरानले दुई पटक पछि परेको अवस्थामा पुनरागमन गरेको थियो ।




उज्वेकिस्तानका लागि एर्किनोभले १६औं र फाएजुल्लाएभले ५३औं मिनेटमा गवल गरेका थिए । इरानका लागि तारेमीले ५२औं र ८३औं मिनेटमा गोल गरे ।

समग्रमा भने इरान विश्वकपमा छनोट भएको सातौं पटक हो । यसअघि इरानले सन् १९७८, १९९८ र २००६ मा विश्वकप खेलेको थियो । २०१० मा छनोट हुन नसकेको इरानले सन् २०१४ देखि लगातार तीन पटक विश्वकप खेलिसकेको छ ।




एसियन छनोटको तेस्रो चरणमा समूह ए मा रहेको इरानले बराबरीपछि ८ खेलबाट अंक जोडेर शीर्ष स्थानमा छ । तेस्रो चरणमा तीन समूह छ र हरेक समूहको शीर्ष दुई टोली सिधै फिफा विश्वकपमा छनोट हुनेछ । उज्वेकिस्तान समान ८ खेलबा६ १७ अंकसहित दोस्रो स्थानमा छ । यस्तै युएई १३ अंकसहित तेस्रो स्थानमा छ । उज्वेकिस्तानलाई विश्वकपमा छनोट हुन बाँकी दुई मध्ये एक खेल जिते पुग्नेछ ।

एसियाबाट यसअघि नै जापान विश्वकपमा छनोट भइसकेको छ । अब छनोट चरणबाट थप चार टोली विश्वकपमा पुग्नेछन् ।

तीन आयोजकसहित अहिलेसम्म ७ टोली विश्वकपमा स्थान बनाइसकेका छन् । एसियाबाट जापान र इरान तथा ओसियानाबाट न्युजिल्याण्ड विश्वकपमा छनोट भएका हुन् । यस्तै साविक विजेता अर्जेन्टिना दक्षिण अमेरिकाबाट छनोट हुने पहिलो टिम बनेको छ ।

सन् २०२६ को फिफा विश्वकपमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...