मुख्य समाचार
एसियाली राष्ट्र इरान अर्को वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप २०२६ मा छनोट
एसियाली राष्ट्र इरान अर्को वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप २०२६ मा छनोट

। एसियाली राष्ट्र इरान अर्को वर्ष अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप २०२६ मा छनोट भएको छ ।

एसियाली छनोट अन्तर्गत गएराती उज्वेकिस्तान विरुद्ध २-२ को पुनरागमन बराबरी खेल्दै इरान लगातार चौथो पटक फुटबल विश्वकपमा छनोट भएको हो । मेहेदी तारेमीले दुई गोल गरेपछि इरानले दुई पटक पछि परेको अवस्थामा पुनरागमन गरेको थियो ।




उज्वेकिस्तानका लागि एर्किनोभले १६औं र फाएजुल्लाएभले ५३औं मिनेटमा गवल गरेका थिए । इरानका लागि तारेमीले ५२औं र ८३औं मिनेटमा गोल गरे ।

समग्रमा भने इरान विश्वकपमा छनोट भएको सातौं पटक हो । यसअघि इरानले सन् १९७८, १९९८ र २००६ मा विश्वकप खेलेको थियो । २०१० मा छनोट हुन नसकेको इरानले सन् २०१४ देखि लगातार तीन पटक विश्वकप खेलिसकेको छ ।




एसियन छनोटको तेस्रो चरणमा समूह ए मा रहेको इरानले बराबरीपछि ८ खेलबाट अंक जोडेर शीर्ष स्थानमा छ । तेस्रो चरणमा तीन समूह छ र हरेक समूहको शीर्ष दुई टोली सिधै फिफा विश्वकपमा छनोट हुनेछ । उज्वेकिस्तान समान ८ खेलबा६ १७ अंकसहित दोस्रो स्थानमा छ । यस्तै युएई १३ अंकसहित तेस्रो स्थानमा छ । उज्वेकिस्तानलाई विश्वकपमा छनोट हुन बाँकी दुई मध्ये एक खेल जिते पुग्नेछ ।

एसियाबाट यसअघि नै जापान विश्वकपमा छनोट भइसकेको छ । अब छनोट चरणबाट थप चार टोली विश्वकपमा पुग्नेछन् ।

तीन आयोजकसहित अहिलेसम्म ७ टोली विश्वकपमा स्थान बनाइसकेका छन् । एसियाबाट जापान र इरान तथा ओसियानाबाट न्युजिल्याण्ड विश्वकपमा छनोट भएका हुन् । यस्तै साविक विजेता अर्जेन्टिना दक्षिण अमेरिकाबाट छनोट हुने पहिलो टिम बनेको छ ।

सन् २०२६ को फिफा विश्वकपमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...