मुख्य समाचार
नेपाल राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक आगामी हप्ताभित्र नियुक्त गर्ने तयारी
नेपाल राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक आगामी हप्ताभित्र नियुक्त गर्ने तयारी

: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल राष्ट्रिय टोलीको प्रमुख प्रशिक्षक आगामी हप्ताभित्र नियुक्त गर्ने तयारी गरेको छ । क्यानका प्रवक्ता छुम्बी लामाका अनुसार ७० जनाको आवेदनबाट १० जना सर्टलिस्ट गराइ हाल अन्तरवार्ताको क्रम चलिरहेको अन्नपूर्ण पोष्टलाई जानकारी दिए । ‘हामी १० जनाको अन्तरवार्ता लिइरहेका छौं ,'उनले भने,' एकहप्ता भित्रमा प्रमुख प्रशिक्षक नियुक्त गर्छौं ।’


क्यानले वार्षिक क्यालेन्डर सार्वजनिक गर्दा केही पुराना प्रशिक्षकले पनि पुन:आवेदन दिएको जनाएको थियो । जसमा दुई पूर्वप्रशिक्षक पनि रहेको कुरा क्यानले जानकारी गराएको हो ।


पूर्वप्रशिक्षक नै पुनः नियुक्ति हुने या नयाँ प्रशिक्षक नियुक्त हुने भन्ने कुरा भने हालसम्म निर्धारण नभएको क्यानले बताएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...
: अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको तीन खेलको टी–२० शृङ्खलाको अन्तिम खेल शनिबार केर्न्सको केजली स्टेडियममा खेलिएको थियो। खेलमा आयोजक अष्ट्रेलियाले २ विकेटले रोमाञ्चक जित हासिल गर्‍यो। दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई जित्नका लागि १७३ रनको लक्ष्य दिएको थियो। अस्ट्रेलियाले एक बल बाँकी रहँदा हासिल गर्‍यो। यो जितसँगै अष्ट्रेलियालीले टी–२० शृङ्खला २–१ ले जितेको छ। टी–२० अन्तर्राष्ट्रिय ...
: एसिया कप २०२५ का लागि पाकिस्तानी क्रिकेट टोलीको घोषणा गरिएको छ। आइतबार गरिएको टोलीको घोषणा अनुसार प्रतियोगितामा सलमान अली आघाले पाकिस्तानी टोलीको कप्तानी गर्नेछन्। स्टार खेलाडी बाबर आजम र मोहम्मद रिजवानले १७ सदस्यीय पाकिस्तानी टोलीमा स्थान पाएका छैनन्। बाबर र रिजवानले पछिल्ला केही टी–२० शृङ्खलामा मौका पाएनन्। उनीहरूलाई एसिया कपमा पनि टिममा राखिएको छैन। ...
: भुटानमा हुने साफ यू–१७ महिला च्याम्पियनसिप खेल्न जाने यू–१७ राष्ट्रिय महिला टिमको बिदाइ गरिएको छ। आइतबार एन्फा कम्प्लेक्स सातदोबाटोमा एन्फाका पदाधिकारीहरूले यू–१७ राष्ट्रिय महिला टिमलाई बिदाइ गरेका हुन्। बिदाइ कार्यक्रममा यू–१७ राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले गत वर्ष नेपालमै भएको साफ यू–१६ महिला च्याम्पियनसिपको टिम भन्दा अहिलेको यू–१७ टिम राम्रो बनेको बताए। ...