मुख्य समाचार
साउदीमा ९ महिनामा १ सय ३६ नेपालीको मृत्यु
साउदीमा ९ महिनामा १ सय ३६ नेपालीको मृत्यु

: वैदेशिक रोजगारीका लागि साउदी अरेबिया पुगेका विभिन्न कारणले मृत्यु हुने नेपालीको संख्या १ सय ३६ पुगेको छ। साउदीस्थित नेपाली दूतावासका अनुसार गत साउनदेखि चैत १० सम्म मृत्यु हुने नेपालीको संख्या १ सय ३६ पुगेको हो। नौ महिनाभित्र विभिन्न कारणले मृत्यु भएका १ सय ३६ नेपालीको शवमध्ये १२१ वटा नेपाल पठाइएको छ। बाँकी १५ शव विभिन्न प्रक्रियामा रहेको र चाँडै नेपाल पठाउने तयारी रहेको दूतावासले जनाएको छ।


दूतावासका अनुसार मृत्युको कारण अनेक भएपनि प्राकृतिक दुर्घटनामा परी ज्यान गुमाउनेहरू सबैभन्दा बढी छन्। दूतावासका अनुसार कार्य दुर्घटनामा १६ जना ,प्राकृतिक दुर्घटनामा ७० जना,अज्ञात कारणबाट १० जना, आत्महत्यामा १६ जना,ट्राफिक दुर्घटनामा २१ जना ,पानीमा डुबेर १ जना र एस्फिक्सिया २ जना नेपालीको मृत्यु भएको खुलेको छ।


साथै मृतक नेपाली कार्यरत कम्पनीबाट पाउनुपर्ने सेवा सुविधालगायतका विभिन्न कार्यहरू पूरा गरी शव नेपाल पठाइएको हो। साउदीको हकमा इन्सुरेन्स (गोसी) बाट प्राप्त हुने रकमलाई प्रक्रिया पुर्‍याएर परिवारलाई पठाउने र शव नेपाल पठाउन कम्पनीअनुसार करिब दुई हप्तादेखि एक महिनासम्म लाग्ने जनाइएको छ। आत्महत्या केसमा भने शव पठाउन अवस्था हेरी तीन महिनासम्म लाग्ने जनाइएको छ।



नेपाली राजदूत डा. नरेश विक्रम ढकालले वैदेशिक रोजगारीको क्रममा साउदी अरबिया पुगेका नेपालीहरूको अकालमा मृत्यु भएकोमा दुःख व्यक्त गर्दै यस्तो दुर्घटनाबाट बच्न स्वयं सजक रहनुपर्ने बताए ।

राजदूतथ ढकालले बाँकी रहेका मृतक नेपालीको शव चाँडो स्वदेश पठाउनका लागि सम्बन्धित निकायसँग छलफल गरी प्रकिया अगाडि बढाएको जानकारी दिए।

साथै उनले कार्यरत नेपालीलाई साउदी कानुनको पालना गरी सम्बन्धित कम्पनीको नियममा रहेर कार्य सम्झौताअनुसार कार्य गर्न आग्रह समेत गरे। साउदीका लागि पर्यटक दूत तथा एनआरएनए मध्यपूर्वक संयोजक राजेन्द्र अर्यालले ९ महिनाभित्र यति धेरै नेपालीको मृत्युको खबरले दुःखी बनाएको भन्दै समयमा सजगता अपनाउन आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इराक नयाँ श्रमिक पठाउन श्रम स्वीकृति नदिइएको जनाएको छ । श्रमले इराकमै काम गरिरहेका नेपालीलाई आवासीय परिचय पत्र (रेसिडेन्सी कार्ड) भएकालाई पुनः नेपालमा आई आफनो रोजगारीलाई निरन्तरता दिन चाहनेलाई श्रम स्वीकृति दिने जनाएको छ । ‘इराकमा श्रम स्वीकृति प्रदान गर्नेसम्बन्धी निर्णय सरकारले इराकमा संस्थागत एंव व्यक्तिगत रूपमा नयाँ श्रमिकलाई ...
। लन्डनमा होमलेस बनेका एक नेपाली विद्यार्थीलाई उद्धार गरेर नेपाल पठाइएको छ । गत नोभेम्बर २५, २०२४ मा युनिभर्सिटी अफ सन्डरल्याण्डमा बीए अनर्स पढ्न आएका पनौती काभ्रेपलान्चोकका २१ वर्षीय आदर्श थापालाई एनआरएनए यूकेको सहयोगमा नेपाल पठाइएको हो । युनिभर्सिटीले फि नतिरेको भन्दै होम अफिस (गृह मन्त्रालय) लाई अवगत गराएर उनको भिजा रद्द भएपछि पार्टटाइम कामसमेत गुमेपछि उनी ...
। इराकमा लामो समयदेखि कार्यरत ३० हजार हाराहारी नेपालीले श्रम स्वीकृति पाउने भएका छन् । सरकारले वैदेशिक रोजगारीका लागि इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने निर्णय गरेको थियो । योसँगै लामो समयदेखि इराकमा कार्यरत रहे पनि नेपालको अभिलेखीकरणमा समावेश नभएका उनीहरूलाई अभिलेखीकरणमा ल्याएर श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले जानकारी ...
— कतारमा तीन नेपाली नागरिकले आजीवन कैद सजाय भोगिरहेका छन्। उनीहरूलाई ‘अन्तर्राष्ट्रिय हत्या’मा संलग्न भएको ठहर गर्दै कतारको अदालतले आजीवन कैद सजाय सुनाएको हो। एकभन्दा बढी देशसँग जोडिएको घटनालाई कतारले अन्तर्राष्ट्रिय हत्याको रूपमा लिने गरेको छ। कतारी निकायबाट प्राप्त विवरणअनुसार नेपाली नागरिक कार्की, श्रेष्ठ र उरुवालाई आजीवन कैद सजाय सुनाइएको हो। कार्की र श्रेष्ठ भने ५ ...
: साउदीस्थित नेपाली दूतावासले आफ्ना नागरिकहरूलाई हुण्डी कारोबारमा संलग्न नहुन आग्रह गरेको छ। दूतावासले विज्ञप्ति जारी गरेर 'नेपालको सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि विदेशमा रही अनौपचारिक रुपमा विप्रेषणको काम कारोबार 'हुण्डी' गरेको वा सङ्कलित रकम नेपाल नपठाएको' गोप्य सूचना परराष्ट्र मन्त्रालयमार्फत अर्थ मन्त्रालय वा सम्बन्धित निकायमा विद्युतीय माध्यममार्फत पठाउनुपर्ने नीतिगत व्यवस्था ...