मुख्य समाचार
युइएफए नेसन्स लिग फुटबलमा पोर्चुगल, स्पेन, जर्मनी र फ्रान्सले जित निकाल्दै सेमिफाइनलमा
युइएफए नेसन्स लिग फुटबलमा पोर्चुगल, स्पेन, जर्मनी र फ्रान्सले जित निकाल्दै सेमिफाइनलमा

। युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति क्‍वाटरफाइनलको दोस्रो लेगपछि पोर्चुगल, स्पेन, जर्मनी र फ्रान्सले जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन्।

रोमाञ्चक खेलहरूमा स्पेनले नेदरल्यान्ड्सलाई पेनाल्टी सुटआउटमा हरायो भने जर्मनीले इटालीलाई समग्रमा ५-४ ले पराजित गर्दा फ्रान्सले क्रोएसियालाई पेनाल्टीमा हराउँदै अन्तिम चारमा स्थान बनायो।




स्पेन र नेदरल्यान्ड्सबीच ३-३ को बराबरीपछि पेनाल्टी सुटआउटमा स्पेनले ५-४ को जित निकाल्यो। खेलको सुरुवातमै मिकेल ओयरजबलले पेनाल्टीमार्फत स्पेनलाई अग्रता दिलाए। तर, मेम्फिस डिपाएले नेदरल्यान्ड्सका लागि बराबरी गोल फर्काए। ओयारजाबलले पुन: स्पेनलाई अग्रता दिलाए पनि माट्सेनले नेदरल्यान्ड्सका लागि बराबरी गोल गरे।

अतिरिक्त समयमा लामियन यामालले स्पेनका लागि गोल गरेपछि खेल ३-२ भयो। तर, जाभी सिमोन्सले पेनाल्टीमार्फत नेदरल्यान्ड्सका लागि पुन: बराबरी गोल गरे। पेनाल्टी सुटआउटमा स्पेनका गोलकिपर उनाई सिमोनले निर्णायक बचाउ गर्दै टिमलाई जित दिलाए।




जर्मनी र इटालीबीचको क्‍वाटरफाइनलको दोस्रो लेग रोमाञ्चक रह्यो। पहिलो लेगमा २-१ ले जितेको जर्मनीले दोस्रो लेगमा ३-३ को बराबरी खेल्दै समग्रमा ५-४ को जित निकाल्यो।

जर्मनीका लागि काई हाभेर्ट्ज, जोसुआ किमिच र जमाल मुसियालाले गोल गरे भने इटालीका लागि फेडेरिको चिएसा, निकोला बारेला र डोमिनिको बेरेर्डीले गोल गरेका थिए। दोस्रो लेगको बराबरीपछि समग्र नतिजामा जित निकाल्दै जर्मनी सेमिफाइनलमा प्रवेश गर्न सफल भयो।

त्यस्तै फ्रान्स र क्रोएसियाबीचको खेल पनि रोमाञ्चक रह्यो। दुवै लेगको खेलपछि समग्रमा २-२ को बराबरीपश्चात् पेनाल्टी सुटआउटमा फ्रान्सले ५-४ को जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो।

पहिलो लेगमा २-० ले पराजित भएको फ्रान्सले दोस्रो लेगमा पुनरागमन गर्दै २-० को जित हात पार्दै समग्रमा २-२ को अवस्थामा पुर्‍याएको थियो । फ्रान्सका लागि किलियन एम्बाप्पे र ओलिभियर जिरुडले गोल गरे ।

पेनाल्टीसुटआउटमा फ्रान्सका लागि एमबाप्पे, अउरेलियम चुवामेनी, रान्डल कोलो मोनी, डिजायर माहो डावे र डायोट उपामेकानोले गोल गरे । जुल्ड कोन्ठे र थियो हर्नान्डेजले भने गोल गर्न सकेनन् । क्रोएसियाका लागि निकोलो मोरो, मारिया पासालिक, क्रिस्टिजान जाकिक र डुजे कालेटा कारले गोल गरे । मार्टिन बाटुरिना, फ्रान्जो इभानोभित्र र जोसिप स्टानिसिक गोल गर्न असफल भए ।

अब नेसन्स लिगको सेमिफाइनलमा जर्मनीले पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ भने स्पेनले फ्रान्सको सामना गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...