मुख्य समाचार
पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा
पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा

। पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा डेनमार्कलाई ५-२ ले हराउँदै समग्रमा ५-३ को जितसहित पोर्चुगल सेमिफाइनलमा पुगेको हो ।

पहिलो लेगमा १-० ले पछि परेको पोर्चुगलले गएराति निर्धारित ९० मिनेटको खेलमा ३-२ को जित निकालेपनि समग्रमा बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।




अतिरिक्त समयमा पोर्चुगलले थप २ गोल गर्‍यो र ५-३ को जित निकाल्न सफल भयो । पोर्चुगलको जितमा फ्रान्सिस्को ट्रिनकाओले २ गोल गर्दा क्रिस्टियानो रोनाल्डो, गोन्सालो रामोसले १-१ गोल गरे । एक गोल उपहार पाएको थियो । डेनमार्कका रासमस क्रिस्टेनसेन र क्रिस्चियन एरिक्सनले १-१ गोल गरे ।

खेलको ३८औं मिनेटमा जोएकिम एन्डरसनसको आत्मघाती गोलमार्फत पोर्गुगलले अग्रता लिएको थियो । पहिलो हाफमा १ गोल मात्र भएपनि बाँकी समय खेल रोमाञ्चक रह्‍यो ।


दोस्रो हाफको ५६औं मिनेटमा क्रिस्टेनसनले गोल फर्काएपछि खेल बराबरीमा आएको थियो । ७२औं मिनेटमा रोनाल्डोले गोल गर्दै पुन: अग्रता दिलाए र समग्रमा बराबरी गराए ।

लगत्तै ७६औं मिनेटमा एरिक्सनले गोल गरेपछि डेनमार्कले खेल बराबरी गर्दै समग्रमा अग्रता लियो । ८६औं मिनेटमा ट्रिनकाओले गोल गरेपछि पोर्चुगलले ३-२ को अग्रता बनाउँदा समग्रमा ३-३ भयो ।

त्यसपछि अतिरिक्त ३० मिनेट थप गरियो जहाँ ९१औं मिनेटमा ट्रिनकाओले गोल गरे भने ११५औं मिनेटमा रामोसले गोल गर्दै पोर्चुगललाई ५-३ को जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...