मुख्य समाचार
पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा
पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा

। पोर्चुगल युइएफए नेसन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा डेनमार्कलाई ५-२ ले हराउँदै समग्रमा ५-३ को जितसहित पोर्चुगल सेमिफाइनलमा पुगेको हो ।

पहिलो लेगमा १-० ले पछि परेको पोर्चुगलले गएराति निर्धारित ९० मिनेटको खेलमा ३-२ को जित निकालेपनि समग्रमा बराबरी भएपछि खेल अतिरिक्त समयमा गएको थियो ।




अतिरिक्त समयमा पोर्चुगलले थप २ गोल गर्‍यो र ५-३ को जित निकाल्न सफल भयो । पोर्चुगलको जितमा फ्रान्सिस्को ट्रिनकाओले २ गोल गर्दा क्रिस्टियानो रोनाल्डो, गोन्सालो रामोसले १-१ गोल गरे । एक गोल उपहार पाएको थियो । डेनमार्कका रासमस क्रिस्टेनसेन र क्रिस्चियन एरिक्सनले १-१ गोल गरे ।

खेलको ३८औं मिनेटमा जोएकिम एन्डरसनसको आत्मघाती गोलमार्फत पोर्गुगलले अग्रता लिएको थियो । पहिलो हाफमा १ गोल मात्र भएपनि बाँकी समय खेल रोमाञ्चक रह्‍यो ।


दोस्रो हाफको ५६औं मिनेटमा क्रिस्टेनसनले गोल फर्काएपछि खेल बराबरीमा आएको थियो । ७२औं मिनेटमा रोनाल्डोले गोल गर्दै पुन: अग्रता दिलाए र समग्रमा बराबरी गराए ।

लगत्तै ७६औं मिनेटमा एरिक्सनले गोल गरेपछि डेनमार्कले खेल बराबरी गर्दै समग्रमा अग्रता लियो । ८६औं मिनेटमा ट्रिनकाओले गोल गरेपछि पोर्चुगलले ३-२ को अग्रता बनाउँदा समग्रमा ३-३ भयो ।

त्यसपछि अतिरिक्त ३० मिनेट थप गरियो जहाँ ९१औं मिनेटमा ट्रिनकाओले गोल गरे भने ११५औं मिनेटमा रामोसले गोल गर्दै पोर्चुगललाई ५-३ को जित दिलाए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...