मुख्य समाचार
दिल्लीले लखनउ सुपरजायट्न्सलाई १ विकेटले हराए
दिल्लीले लखनउ सुपरजायट्न्सलाई १ विकेटले हराए

: इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ। दिल्लीले लखनउ सुपरजायट्न्सलाई १ विकेटले हराएको हो।


विशाखा पटनामस्थित डा. वाइयस राज शेखरा रेडी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले २०९ रन बनाएको थियो।


लखनउले दिएको २१० रनको विजय लक्ष्य पछाएको दिल्ली क्यापिटल्सले १९.३ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। दिल्लीका लागि अशुतोष शर्माले सर्वाधिक ६६ रनको अविजित पारी खेले। तल्लो मध्यक्रममा आएका उनले ३१ बलमा समान ५ चौका र ५ छक्का प्रहार गरे।



दिल्लीका लागि ओपनर ज्याक एमसीग्रुक खाता खोल्ने बित्तिकै पेबिलियन फर्किँदा अर्का ओपनर साफ डु पेलेसिसले २९ रन बनाए। कप्तान अक्षर पटेलले २२ रन बनाए। तृस्ष्टान स्टप्सले ३४ र विपराज निगमले ३९ रन बनाए।

लखनउका लागि बलिङतर्फ सार्दुल ठाकुर,मनिमरण सिद्धार्थ, दिग्वेश राठी र रवि विष्णोईले समान २-२ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाउँदै २०९ रन बनाएको थियो। लखनउका लागि निकोलस पुरनले सर्वाधिक ७५ रनको पारी खेले। उनले ३० बलमा ६ चौका र ७ छक्का प्रहार गरे।

ओपनरद्वय: एडन मक्रमले१५ रन र मिचेल मार्चले ७२ रनको पारी खेले। कप्तान ऋषभ पन्त डकआउट हुँदै पेवेलियन फर्किए।

डेबिट मिलरले २७ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्। दिल्लीका लागि बलिङमा मिचेल स्टार्सले सर्वाधिक ३ विकेट लिए। कुलदीप यादवले २ विकेट लिँदा विपराज निगम र मुकेश कुमारले १-१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...