मुख्य समाचार
दिल्लीले लखनउ सुपरजायट्न्सलाई १ विकेटले हराए
दिल्लीले लखनउ सुपरजायट्न्सलाई १ विकेटले हराए

: इन्डियन प्रिमियर लिग (आइपिएल)मा दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ। दिल्लीले लखनउ सुपरजायट्न्सलाई १ विकेटले हराएको हो।


विशाखा पटनामस्थित डा. वाइयस राज शेखरा रेडी क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले २०९ रन बनाएको थियो।


लखनउले दिएको २१० रनको विजय लक्ष्य पछाएको दिल्ली क्यापिटल्सले १९.३ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। दिल्लीका लागि अशुतोष शर्माले सर्वाधिक ६६ रनको अविजित पारी खेले। तल्लो मध्यक्रममा आएका उनले ३१ बलमा समान ५ चौका र ५ छक्का प्रहार गरे।



दिल्लीका लागि ओपनर ज्याक एमसीग्रुक खाता खोल्ने बित्तिकै पेबिलियन फर्किँदा अर्का ओपनर साफ डु पेलेसिसले २९ रन बनाए। कप्तान अक्षर पटेलले २२ रन बनाए। तृस्ष्टान स्टप्सले ३४ र विपराज निगमले ३९ रन बनाए।

लखनउका लागि बलिङतर्फ सार्दुल ठाकुर,मनिमरण सिद्धार्थ, दिग्वेश राठी र रवि विष्णोईले समान २-२ विकेट लिए ।

त्यसअघि ब्याटिङ गरेको लखनउले २० ओभरमा ८ विकेट गुमाउँदै २०९ रन बनाएको थियो। लखनउका लागि निकोलस पुरनले सर्वाधिक ७५ रनको पारी खेले। उनले ३० बलमा ६ चौका र ७ छक्का प्रहार गरे।

ओपनरद्वय: एडन मक्रमले१५ रन र मिचेल मार्चले ७२ रनको पारी खेले। कप्तान ऋषभ पन्त डकआउट हुँदै पेवेलियन फर्किए।

डेबिट मिलरले २७ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन्। दिल्लीका लागि बलिङमा मिचेल स्टार्सले सर्वाधिक ३ विकेट लिए। कुलदीप यादवले २ विकेट लिँदा विपराज निगम र मुकेश कुमारले १-१ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...