मुख्य समाचार
प्रधानमन्त्री नेतान्याहूविरूद्ध नाराबाजी र प्रदर्शन
प्रधानमन्त्री नेतान्याहूविरूद्ध नाराबाजी र प्रदर्शन

। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारले शिन बेट घरेलु गुप्तचर सेवाका प्रमुखलाई बर्खास्त गर्ने र गाजामा पुनः लडाइँ सुरु गर्ने निर्णयको विरोधमा इजरायलका हजारौं जनाताहरूले तेल अभिभमा प्रदर्शन गरेका छन्।

नेतान्याहूले सन् २०२१ देखि शिन बेटको नेतृत्व गरिरहेका रोनेन बारमाथि हटाउने निर्णय गरेर लडाइँ सुरू गर्ने अभिव्यक्ति दिएपछि इजरायलका जनताहरूले सडकमा टर्चलाइटसहित प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले उक्त प्रदर्शन लगातार ३ दिनसम्म गरेका छन् ।

शनिबार इजरायली नेताले सुरक्षा प्रमुखलाई बर्खास्त गरे पनि देश लोकतान्त्रिक रहने बताए।


तेल अभिभको हबिमा स्क्वायरमा, प्रदर्शनकारीहरूले नीलो र सेतो इजरायली झण्डा फहराउँदै गाजामा रहेका बाँकी इजरायली बन्दीहरूको रिहाइको माग गरेका थिए भने सम्झौताको लागि आह्वान गरे।

‘इजरायलको सबैभन्दा खतरनाक शत्रु बेन्जामिन नेतान्याहू हुन्,’ प्रदर्शनकारी ६३ वर्षीय मोशे हाहारोनीले रोयटर्स समाचार एजेन्सीलाई भने, ‘२० वर्षदेखि बेन्जामिन नेतान्याहूलाई देशको वास्ता छैन, नागरिकहरूको वास्ता छैन।’

नेतान्याहूले यो निर्णय राजनीतिक रूपमा प्रेरित भएको आरोपलाई खारेज गरेका छन्, तर उनका आलोचकहरूले बारलाई हटाउन खोजेर इजरायलको लोकतन्त्रलाई आधार बनाउने संस्थाहरूलाई कमजोर बनाएको आरोप लगाएका छन्।

इजरायलको सर्वोच्च अदालतले शुक्रबार निषेधाज्ञा जारी गर्दै बर्खास्तगीलाई अस्थायी रूपमा रोक लगाएको छ ।

प्रधानमन्त्रीको कार्यालयमा केन्द्रित घूसखोरीको अनुसन्धान र हमासको नेतृत्वमा अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा भएको आक्रमणलाई रोक्न असफल भएकोमा आरोप-प्रत्यारोपको बीचमा नेतान्याहू र बार महिनौंदेखि विवादमा छन्।

बारले एक पत्रमा भनेको छ, ‘ उनको बर्खास्तगी अक्टोबर ७ सम्मका घटनाहरूको बारेमा “सत्यको खोजी” रोक्ने इच्छाबाट प्रेरित थियो। हामी युद्ध चाहँदैनौ । तर हमासले कब्जा गरेको इजरायली जनताको रिहाइ चाहन्छौं। सरकारले त्यसको पहल गरोस्। युद्ध रोकोस्। ‘

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकाको कोलोराडो राज्यबाट आइतबार १ सय १४ जना गैरआप्रवासी एकै पटक पक्राउ परेका छन् । स्थानीय समयअनुसार आइतबार बिहान कोलोराडोको मुख्य सहर डेनभरबाट करिब ७० माइल दक्षिणमा पर्ने कोलोरोडो स्प्रिङ्सको एक भूमिगत नाइट क्लबमा छापा मार्ने क्रममा ड्रग इन्फोर्समेन्ट एडमिनिस्ट्रेशन (डिईए)को टोलीले एकै पटक १ सय १४ जना कागजातविहिनलाई पक्राउ गरेको हो । अमेरिकी संचारमाध्यम युएसए ...
। चीनले स्वदेशमै विकास गरेको हाइड्रोजन इन्धनमा चल्ने ड्रोनले ३० घण्टा लगातार उडान भरेर नयाँ कीर्तिमान कायम गरेको छ । यो जानकारी चीनको हवाइ उद्योग निगम (एभीआईसी) ले दिएको हो । झण्डै ५० किलो तौल वर्गको यो ड्रोन एभीआईसी अन्तर्गतको चेङ्दु एअरक्राफ्ट उद्योग समूह र चिनियाँ प्रतिष्ठित छिङह्वा विश्वविद्यालयले संयुक्त रूपमा विकास गरेका हुन् । हाइड्रोजनको विशेष ...
: डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोमा रहेको एक नाइटक्लबको छत भत्किँदा मृत्यु हुनेको संख्या १८४ पुगेको छ। यस दुर्घटनामा यस देशका धेरै प्रमुख व्यक्तित्वहरूले ज्यान गुमाएका छन्। ४८ घण्टाभन्दा बढी समय बितिसक्दा पनि घटनास्थलमा उद्धार कार्य जारी छ। ७ अप्रिलको राति 'जेट सेट नाइटक्लब' को छत भत्किँदा यो दुर्घटना भएको हो। यस समयमा प्रसिद्ध गायक रबी ...
। चीनले आफ्नो देशमा प्रवेश गर्न अनुमति दिइएका अमेरिकी फिल्मको संख्या घटाउने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चिनियाँ उत्पादनहरूमा कर बढाएर १२५% पुर्‍याएको केही समयपछि नै चाइना फिल्म एडमिनिस्ट्रेसनले यो कदमको घोषणा गरेको हो । ‘चीनमा करलाई गलतरुपमा प्रयोग गर्ने अमेरिकी सरकारको गलत कार्यले अमेरिकी फिल्महरूप्रति घरेलु दर्शकको पहुँचलाई अझै कम गर्नेछ’ चाइना ...
। अमेरिकाले चीनमाथि लगाइने भन्सार शुल्क १२५ प्रतिशतबाट बढाएर १४५ प्रतिशत पुर्‍याएको छ। ह्वाइट हाउसले अमेरिका भित्रिने चिनियाँ सामानहरूमा अब कुल १४५ प्रतिशत भन्सार शुल्क लागू हुने बताएको छ । बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार शुल्क बढाएर १२५ प्रतिशत पुर्‍याउने घोषणा गरेका थिए। तर अमेरिकी प्रशासनले अघिल्लो घोषणा गर्दा पहिले नै लागू २० प्रतिशत भन्सार शुल्कलाई गणनामा ...