मुख्य समाचार
प्रधानमन्त्री नेतान्याहूविरूद्ध नाराबाजी र प्रदर्शन
प्रधानमन्त्री नेतान्याहूविरूद्ध नाराबाजी र प्रदर्शन

। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारले शिन बेट घरेलु गुप्तचर सेवाका प्रमुखलाई बर्खास्त गर्ने र गाजामा पुनः लडाइँ सुरु गर्ने निर्णयको विरोधमा इजरायलका हजारौं जनाताहरूले तेल अभिभमा प्रदर्शन गरेका छन्।

नेतान्याहूले सन् २०२१ देखि शिन बेटको नेतृत्व गरिरहेका रोनेन बारमाथि हटाउने निर्णय गरेर लडाइँ सुरू गर्ने अभिव्यक्ति दिएपछि इजरायलका जनताहरूले सडकमा टर्चलाइटसहित प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले उक्त प्रदर्शन लगातार ३ दिनसम्म गरेका छन् ।

शनिबार इजरायली नेताले सुरक्षा प्रमुखलाई बर्खास्त गरे पनि देश लोकतान्त्रिक रहने बताए।


तेल अभिभको हबिमा स्क्वायरमा, प्रदर्शनकारीहरूले नीलो र सेतो इजरायली झण्डा फहराउँदै गाजामा रहेका बाँकी इजरायली बन्दीहरूको रिहाइको माग गरेका थिए भने सम्झौताको लागि आह्वान गरे।

‘इजरायलको सबैभन्दा खतरनाक शत्रु बेन्जामिन नेतान्याहू हुन्,’ प्रदर्शनकारी ६३ वर्षीय मोशे हाहारोनीले रोयटर्स समाचार एजेन्सीलाई भने, ‘२० वर्षदेखि बेन्जामिन नेतान्याहूलाई देशको वास्ता छैन, नागरिकहरूको वास्ता छैन।’

नेतान्याहूले यो निर्णय राजनीतिक रूपमा प्रेरित भएको आरोपलाई खारेज गरेका छन्, तर उनका आलोचकहरूले बारलाई हटाउन खोजेर इजरायलको लोकतन्त्रलाई आधार बनाउने संस्थाहरूलाई कमजोर बनाएको आरोप लगाएका छन्।

इजरायलको सर्वोच्च अदालतले शुक्रबार निषेधाज्ञा जारी गर्दै बर्खास्तगीलाई अस्थायी रूपमा रोक लगाएको छ ।

प्रधानमन्त्रीको कार्यालयमा केन्द्रित घूसखोरीको अनुसन्धान र हमासको नेतृत्वमा अक्टोबर ७, २०२३ मा दक्षिणी इजरायलमा भएको आक्रमणलाई रोक्न असफल भएकोमा आरोप-प्रत्यारोपको बीचमा नेतान्याहू र बार महिनौंदेखि विवादमा छन्।

बारले एक पत्रमा भनेको छ, ‘ उनको बर्खास्तगी अक्टोबर ७ सम्मका घटनाहरूको बारेमा “सत्यको खोजी” रोक्ने इच्छाबाट प्रेरित थियो। हामी युद्ध चाहँदैनौ । तर हमासले कब्जा गरेको इजरायली जनताको रिहाइ चाहन्छौं। सरकारले त्यसको पहल गरोस्। युद्ध रोकोस्। ‘

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। जर्मनीमा एक व्यक्तिले श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । जर्मनीको प्रहरीले जनाएअनुसार तीन महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका बीच ती व्यक्तिले गोली चलाउँदा चार जना महिला र दुई जना पुरुषको मृत्यु भएको हो । मृतक सबै उक्त कल्याण केन्द्रका कर्मचारी रहेका बीबीसीले जनाएको छ । घटना हुँदा ...
: इरानको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कतारको दोहामा इरान र अमेरिकाबीच बैठक हुने भनि गरेको दाबीलाई अस्वीकार गरेको छ । इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आगामी दिनहरूमा इरानले अमेरिकी पक्षसँग कुनै पनि तहमा वार्ता नगर्ने स्पष्ट पारेका छन् । उनले कतारमा अमेरिकी प्रतिनिधिमण्डलको भ्रमण र इरानी प्रतिनिधिमण्डलको भ्रमणबीच कुनै सम्बन्ध नरहेको पनि बताएका ...
। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तातो लहर (हिटवेभ) का कारण युरोपमा १ हजार ३०० जनाको मृत्यु भएको जनाएको छ । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सामाजिक सञ्जाल एक्समा लेख्दै २१ जुनयता युरोपमा उच्च तापक्रमसँग सम्बन्धित १ हजार ३ सयभन्दा बढी अतिरिक्त मृत्यु दर्ता भएको बताएका हुन् । युरोपमा गर्मीयामको सुरुआतमै आएको अभूतपूर्व तातो लहरका कारण जनजीवन ...
: बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले आफू यही वर्ष बंगलादेश फर्किने घोषणा गरेकी छन् । सन् २०२४ मा भएको सत्ता परिवर्तनपछि देश छाडेर भारतमा बस्दै आएकी हसिनाले आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकांक्षाको विषय नभई बंगलादेशमा लोकतन्त्र, कानुनी शासन र जनताको राजनीतिक अधिकार पुनः स्थापना गर्ने उद्देश्यसँग जोडिएको बताएकी छन् । एनडीटीभीसँगको अन्तर्वार्तामा उनले भनिन्, ‘म सत्ताका ...
: सामाजिक र वातावरण कार्यकर्ता सोनम वांगचुकले दिल्लीको जंतर–मंतरमा आइतबारदेखि अनिश्चितकालीन भोक हडताल सुरु गरेका छन् । कक्रोज जनता पार्टी (सीजेपी) नीट–यूजी पेपर लीक प्रकरणलाई लिएर देशका शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरिरहेको छ । यो भोक हडताल पनि सोही प्रदर्शनको हिस्सा हो । सीजेपीका अनुसार, यो भोक हडताल तबसम्म जारी रहनेछ जबसम्म धर्मेन्द्र प्रधानले राजीनामा दिँदैनन्। सोनम ...