मुख्य समाचार
राजसंस्था फर्काउन माग गर्दै काभ्रेपलाञ्चोकको बनेपामा राजावादीहरूले प्रदर्शन
राजसंस्था फर्काउन माग गर्दै काभ्रेपलाञ्चोकको बनेपामा राजावादीहरूले प्रदर्शन

। राजसंस्था फर्काउन माग गर्दै काभ्रेपलाञ्चोकको बनेपामा राजावादीहरूले प्रदर्शन गरेका छन् । बनेपाको गोदामचोकबाट प्रर्दशन सुरु गरेका राजावादीहरूले बनेपा नगर परिक्रमापछि चारदोबाटोमा कोणसभा गरेका थिए ।

जिल्लामा आन्दोलन परिचालन समिति गठन गरी संगठित भएका राजावादीहरूले राजधानीमा १५ हुने हुने आन्दोलनको पूर्वतयारी स्वरुप बनेपामा कार्यक्रम आयोजना गरिएको बताएका छन् ।


राजावादी भनेर चिनिएका नेपाल सुधार भैलको संयोजकत्वमा गठित २१ सदस्यीय संयुक्त राष्ट्रवादी नागरिक आन्दोलन समितिले उक्त कार्यक्रम आयोजना गरेको हो ।

समितिका सदस्य हेमशंकर गिरीले आन्दोलन जारी रहने भएकाले संयम तथा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन अनुरोध गरे ।

आन्दोलनमा विभिन्न क्षेत्रका व्यक्तिहरूले धारणा राखेका थिए ।

समितिमा आरजु केसी, प्रेम बैदार, गणेशलाल श्रेष्ठ, दिपक तिमल्सिना, कोकिल थापा, रामचन्द्र देउजा, जीवन लामा, सुरेश सापकोटा, जयराम थापा, कपिन्द्र देउजा, रामकला बराल, जीवनकुमार लामा, निर्मला विक, मिनोज थापा, बलदेव केसी, रोशन श्रेष्ठ, हेमशंकर गिरी, समिर शर्मा, विष्णु सापकोटा, सुनिल खड्का रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठनको छ वर्षपछि ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना तथा व्यवस्थापनसम्बन्धी विधेयक’को मस्यौदा तयार भएको छ । रक्षा मन्त्रालयले उक्त मस्यौदामा तयार गरी सम्बन्धित निकायहरूको परामर्श लिइसकेको जनाएको छ । सो मन्त्रालयको गत जेठ महिनाको प्रगति विवरणमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना तथा व्यवस्थापनसम्बन्धी विधेयक’ शिक्षा तथा खेलकुद मन्त्रालय, विश्वविद्यालय अनुदान ...
। पूर्वी पहाडका विभिन्न गाउँका बाटो, चौतारी, विभिन्न पर्यटकिय गन्तव्य, खोला, नदिका आसपासमा जथभावी छरिएका सिसाका बोतल भेटिन्छन् । धेरै बियर र रक्सीका बोतलहरू जथाभावी फालिएका हुन्छन् । पेय पदार्थको प्रयोग गरिसकेपछि फालिएका सिसाहरू एकदुई नभइ पूर्वी पहाडमा थुप्रिएका छन् । बियर र रक्सीले मानवीय स्वास्थ्य बिगारिराखेको छ भने सिसाका बोतलले वातावररणीय स्वास्थ्यलाई हानी गरिरहेको देखिन्छ ...
। धनगढी उपमहानगरपालिका–१७, उत्तरखैरेनी मुक्त कमैया शिविरका निमराज चौधरीका १० वर्षीय छोरा तनुज चौधरी बुधबार दिउँसो घरबाट साइकल चढेर निस्किएका थिए । केही पर पुगेपछि उनले आफ्नै उमेर समूहका साथी राम चौधरी (नाम परिवर्तन) लाई भेटेका थिए । रामले गौरीगंगा नगरपालिका–६ मोयामा आफ्ना बुवा खेतमा रोपाइँ गरिरहेको भन्दै आफू त्यतै जाँदै गरेको बताए । छिमेकी तथा ...
। सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलले पाँच वर्ष नाघेका पुराना मुद्दाहरूलाई छिटो किनारा लगाउने अदालतको लक्ष्यमा पछिल्लो समय विकसित परिस्थितिले चुनौती थपेको बताएका छन् । गत वर्ष आठ वर्ष पुराना मुद्दाहरू फर्स्यौट गरी उल्लेख्य प्रगति गरेको अदालतले यस वर्ष पाँच वर्ष नाघेका मुद्दाहरूलाई शुन्यमा झार्ने लक्ष्य लिएको थियो । तर गत वर्षको भदौ २३ र ...
। मोरङ जिल्ला कारागारका कैदीबन्दीहरूसँग अवैध रकम असुली गरेको आरोपमा अभिषेक गिरी पक्राउ पर्दा मोरङ कारागार भित्र प्रदर्शन भएको छ । कैदीबन्दीको गर्मी भत्ता दुरुपयोग आरोपमा गिरी शनिबार पक्राउ परेपछि कारागारभित्र प्रदर्शन भएको हो । गिरी शनिबार बिहान विराटनगर–८, मधुमारास्थित घरबाट पक्राउ परेका थिए । उनी पक्राउ परेपछि शनिबार दिउँसो कैदीबन्दीले कारागार भित्र प्रदर्शन गरेका हुन् ...