मुख्य समाचार
राजसंस्था फर्काउन माग गर्दै काभ्रेपलाञ्चोकको बनेपामा राजावादीहरूले प्रदर्शन
राजसंस्था फर्काउन माग गर्दै काभ्रेपलाञ्चोकको बनेपामा राजावादीहरूले प्रदर्शन

। राजसंस्था फर्काउन माग गर्दै काभ्रेपलाञ्चोकको बनेपामा राजावादीहरूले प्रदर्शन गरेका छन् । बनेपाको गोदामचोकबाट प्रर्दशन सुरु गरेका राजावादीहरूले बनेपा नगर परिक्रमापछि चारदोबाटोमा कोणसभा गरेका थिए ।

जिल्लामा आन्दोलन परिचालन समिति गठन गरी संगठित भएका राजावादीहरूले राजधानीमा १५ हुने हुने आन्दोलनको पूर्वतयारी स्वरुप बनेपामा कार्यक्रम आयोजना गरिएको बताएका छन् ।


राजावादी भनेर चिनिएका नेपाल सुधार भैलको संयोजकत्वमा गठित २१ सदस्यीय संयुक्त राष्ट्रवादी नागरिक आन्दोलन समितिले उक्त कार्यक्रम आयोजना गरेको हो ।

समितिका सदस्य हेमशंकर गिरीले आन्दोलन जारी रहने भएकाले संयम तथा शान्तिपूर्ण आन्दोलनमा सहभागी हुन अनुरोध गरे ।

आन्दोलनमा विभिन्न क्षेत्रका व्यक्तिहरूले धारणा राखेका थिए ।

समितिमा आरजु केसी, प्रेम बैदार, गणेशलाल श्रेष्ठ, दिपक तिमल्सिना, कोकिल थापा, रामचन्द्र देउजा, जीवन लामा, सुरेश सापकोटा, जयराम थापा, कपिन्द्र देउजा, रामकला बराल, जीवनकुमार लामा, निर्मला विक, मिनोज थापा, बलदेव केसी, रोशन श्रेष्ठ, हेमशंकर गिरी, समिर शर्मा, विष्णु सापकोटा, सुनिल खड्का रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह र प्रदेशससभा निर्वाचन अघि पार्टीको १५ औं महाधिवेशन हुने बताएका छन् । काठमाडौं–४ मा शनिबार चुनाव लक्षित एक कार्यक्रममा उनले आगामी निर्वाचनमा ‘प्राइमरी इलेक्सन’ मार्फत् वडाबाटै उम्मेदवार चुनिने पनि बताए । ‘अब नयाँ स्थानीय चुनावभन्दा, नयाँ प्रदेशको चुनावभन्दा अगाडि पार्टीको अधिवेशन भइसक्छ,’ सभापति थापाले भने, ‘र, नेपाली कांग्रेसको ...
— राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को काठमाडौं मण्डिखाटारस्थित घरको झ्यालमा तोडफोड भएको छ । झ्यालको ग्रिल फुटाएको अवस्थामा देखिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । ‘ग्रिल फुटेको अवस्थामा भेटिएको छ,’ उनले भने, ‘आफन्तले जानकारी गराएपछि हामीले थप अनुसन्धान सुरु गरेका छौं ।' चोरी गर्ने नियतले नै झ्यालको ग्रिल ...
। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफू ७२ वर्ष पुगे पनि अझै केही वर्ष सक्रिय हुने बताएका छन् । आफूमा अझै केही गर्छु भन्ने जोश रहेको भन्दै उनले युवाहरुलाई पनि प्रशस्त समय र अवसर रहेको बताए। सोलुखुम्बुमा आज आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भने, ‘म ७२ वर्ष चलिराखेको छु र पनि अझै ...
। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा देश जलाउने कि बनाउने भन्नेबीच प्रतिस्पर्धा हुने बताएका छन् । आफूलाई ‘देश बनाउने’ कित्तामा उभ्याउँदै उनले आगामी निर्वाचनमा देश हार्न नहुने बताए । शनिबार काठमाडौंको चाबहिलमा ओखलढुंगा- काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधि सभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘तपाईंहरुले देशलाई विजयी बनाउनु हुनेछ, १६५ ...
। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी जिल्ला प्रहरी परिसर काठमाडौंले गस्ती बढाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले निर्वाचन लक्षित अहिले एकीकृत सुरक्षा गस्ती समेत सुरु गरिएको बताए । उनका अनुसार काठमाडौंमा अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती समेत सुरु गरिएको छ । यसका साथै होटल, ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम