मुख्य समाचार
ट्रम्प प्रशासनले ग्रीन कार्ड र भिसा लिएका आप्रवासीहरूको मोबाइल लगायतका डिजिटल डिभाइसहरू समेत जाँच गर्न थाले
ट्रम्प प्रशासनले ग्रीन कार्ड र भिसा लिएका आप्रवासीहरूको मोबाइल लगायतका डिजिटल डिभाइसहरू समेत जाँच गर्न थाले

। अमेरिकी सीमा अधिकारीहरूले अमेरिका प्रवेश बिन्दु (अध्यागमन कार्यालय) हरूमा थप आक्रामक रणनीति अपनाइरहेका छन् ।

न्युयोर्क टाइम्सका अनुसार प्रशासनले ग्रीन कार्ड र भिसा लिएका आप्रवासीहरूको मोबाइल लगायतका डिजिटल डिभाइसहरू समेत जाँच गर्न थालेको छ । खासगरी ट्रम्प प्रशासनले लिएको नीतिविरुद्ध मत राखिरहेका आप्रवासीहरू निसानामा परेका छन् ।




अमेरिकी आप्रवासन अधिकारीहरूले मास्क लगाएर भर्जिनियामा रहेको आफ्नो घरबाहिरबाट जर्जटाउन युनिभर्सिटीका एक प्राध्यापकलाई गिरफ्तार गरेका छन् ।

उनीहरूले दुई जर्मन पर्यटकलाई देशमा कानुनी रूपमा प्रवेश गर्न खोज्दा दक्षिणी सीमामा हप्तौँसम्म थुनामा राखे ।




सरकारी अधिकारीहरूले कोलम्बिया विश्वविद्यालयको अपार्टमेन्टमा ढोका ढकढक्याउँदै प्यालेस्टिनी समर्थक प्रदर्शनकारीहरूको खोजी गरे ।

ट्रम्प प्रशासनले आफ्नो आप्रवासन एजेन्डालाई आक्रामक रूपमा लागु गर्दै अवैध आप्रवासीको सामूहिक निष्कासन मात्र होइन, वैध आप्रवासी र पर्यटकहरूलाई पनि निसाना सोझ्याएको छ ।

जताततै कडाइ

अमेरिकी सीमा अधिकारीहरूले प्रवेश बिन्दुहरूमा ‘बृहद छानबिन’ नामक आक्रामक रणनीति अपनाएका छन्। यो कदमले जर्मनीजस्ता अमेरिकी साझेदार राष्ट्रहरूलाई आफ्ना नागरिकका लागि ट्राभल एड्भाइजसरी अद्यावधिक गर्न बाध्य बनाएको छ ।

यसै क्रममा, प्रशासनले अमेरिकी विदेश नीतिको विरोध गर्ने र सरकार विरोधी अभिव्यक्ति दिने वैध आप्रवासीहरूलाई पनि निसाना सोझ्याउन थालेको छ ।

यस्तो कडा नीतिले विदेशी पर्यटकहरूबीच त्रास फैलन थालेको र अमेरिकी आप्रवासी समुदायमा चिन्ता थपेको छ । कानुनी प्रक्रिया उल्लंघन नगरीकन राखिएका आफ्ना विचारका कारण निसानामा पर्न थालेका हुन् ।

‘चाहे यो अभिव्यक्ति होस् वा आलोचना, ग्रीन कार्डधारी होस् वा वैध आप्रवासी, उनीहरूले यसलाई एकदम नयाँ तहमा पुर्‍याएका छन्,’ पूर्व सीमा सुरक्षा प्रमुख गिल केर्लिकोस्कीले न्युयोर्क टाइम्ससँग कुरा गर्दै भनेका छन् । ट्रम्पको पहिलो कार्यकालमा आएको आप्रवासनविरोधी एजेन्डा सम्झँदै उनले भने, ‘यो सबै पहिलेको जस्तै देखिन्छ, तर यसपटक अझ बढी कठोर देखिएको छ ।’

प्रशासनको बचाउ

अमेरिकी प्रशासनका अनुसार, यी गिरफ्तारी र अनुसन्धानहरू अमेरिकी सुरक्षाका लागि हुन् ।

गृह सुरक्षा विभागकी एक अधिकारीले भनिन्, ‘ट्रम्प प्रशासन अघिल्लो प्रशासनले गर्न नसकेको आप्रवासन कानुन कार्यान्वयन गर्दैछ । कानुन उल्लंघन गर्नेहरूलाई प्रक्रियामा ल्याएर थुनामा राख्ने र कानुनी रूपमा निष्कासन गर्ने काम भइरहेको छ ।’

डिजिटल उपकरणको पनि छानबिन

यही महिना एकजना फ्रेन्च वैज्ञानिकलाई पनि अमेरिका प्रवेश गर्नबाट रोकियो । कारण थियो- अमेरिकी सीमा अधिकारीहरूले ती वैज्ञानिकको मोबाइलमा ट्रम्पको विज्ञान नीतिका बारेमा व्यक्ति आलोचनात्मक विचार भेटे ।

त्यस्तै, लेबननमा आफन्तहरूलाई भेटेर फर्किएकी ब्राउन विश्वविद्यालयकी प्राध्यापक डा. रासा अलाविएहलाई दालाई पनि थुनामा राखियो। उनीसँग भिसा मात्र होइन, निष्कासन रोक्ने अदालतको आदेश पनि थियो । तर नउी अमेरिकाबाट निकालिइन् ।

अमेरिकी अधिकारीहरूका अनुसार उनको मोबाइलमा हिज्बुल्लाह नेताप्रति सहानुभूतिपूर्ण फोटो र भिडियो रेकर्ड गरेको भेटिएको थियो ।

सीमा अधिकारीहरूलाई सीमा पार गर्ने यात्रुहरूको मोबाइल फोन वा कम्प्युटर जाँच गर्न व्यापक अधिकार छ। यद्यपि, अमेरिकी सीमा सुरक्षा विभागका अनुसार, यस्ता जाँचहरू सामान्यतः निकै दुर्लभ हुन्छन् ।

सन् २०२४ मा, अमेरिका आउने अन्तर्राष्ट्रिय यात्रुहरूमध्ये ०.०१ प्रतिशतभन्दा कमको मात्र इलेक्ट्रोनिक उपकरण जाँच गरिएको थियो ।

गृह सुरक्षा अधिकारीहरूसँग ‘नेसनल टार्गेटिङ सेन्टर’ नामक ठूलो डाटाबेसमा पहुँच छ, जसले अमेरिकी यात्रुहरू मध्येबाट सम्भावित खतराहरू पत्ता लगाउने काम गर्छ ।

यो डाटाबेसले अन्य राष्ट्रहरूबाट प्राप्त जानकारीको प्रयोग गरी अमेरिकी प्रवेश बिन्दुमा प्रवेश गर्ने पर्यटकहरूलाई जाँच गर्न मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
भारतको दिल्ली-आग्रा यमुना एक्सप्रेसवेमा कुहिरोका कारण ११ वटा सवारीसाधन एकआपसमा ठोक्किँदा १३ जनाको मृत्यु भएको छ । मथुराको बलदेव क्षेत्रमा मंगलबार बिहान साढे ४ बजेतिर ८ वटा बस र ३ वटा साना सवारीसाधन ठोक्किएर दुर्घटना भएको थियो । मथुराका एसएसपी श्लोक कुमारका अनुसार दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ । एसएसपी श्लोक कुमारका अनुसार यमुना एक्सप्रेसवेमा ८ ...
। ब्राजिलको गुआइबा सहरमा शक्तिशाली आँधी आएको छ । आँधीका कारण ४० मिटर अग्लो ‘स्ट्याच्यु अफ लिबर्टी’ समेत ढलेर टुक्रा टुक्रा भएको छ । यो अमेरिकाको न्युयोर्क सहरमा रहेको स्ट्याच्यु अफ लिबर्टीको प्रतिकृति हो । स्थानीय प्रशासनका अनुसार मूर्ति ढल्दा कुनै पनि किसिमको मानवीय क्षति भएको छैन । गुआइबामा सोमबार १५ डिसेम्बर २०२५ को दिउँसो आँधी आएको ...
। ‘अवतार ३’ रिलिज हुन केही दिन बाँकी रहँदा प्रतिष्ठित अमेरिकी आर्थिक पत्रिका फोर्ब्सले हलिउडका महान निर्देशक जेम्स क्यामरुनलाई अर्बपतिको रुपमा घोषणा गरेको छ । यो सिक्वेल क्यामरुनको ब्लकबस्टर ‘अवतार’ फ्रान्चाइजीको तेस्रो फिल्म हो, जसमा सन् २००९ को “अवतार’ (२.९ बिलियन डलरको साथ सबै समयको सबैभन्दा धेरै कमाउने फिल्म) र सन् २०२२ को “अवतार : द ...
। थाइल्यान्डले एक हप्ता भन्दा लामो घातक झडप पछि दुई राष्ट्रहरू बीचको लडाइँ रोक्नको लागि कम्बोडियाले पहिले युद्धविराम घोषणा गर्नु पर्ने बताएको छ । थाई क्षेत्रमा आक्रमणकारीको रूपमा, कम्बोडियाले पहिले युद्धविरामको घोषणा गर्नुपर्ने बताउँदै थाई विदेश मन्त्रालयको प्रवक्ता माराती नालिता अन्डामोले बैङ्ककमा पत्रकारहरूसँगको साक्षातकारमा कम्बोडियाले पनि सीमामा खनन गर्ने प्रयासमा ‘इमानदारीपूर्वक’ सहयोग गर्नुपर्ने बताएका छन् । यस ...
। युक्रेनले पश्चिमा सहयोगीहरूबाट दृढ सुरक्षा ग्यारेन्टी प्राप्त गरेमा नाटोमा सामेल हुने आफ्नो लामो समय देखिको लक्ष्य त्याग्न सक्ने इच्छा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बर्लिनमा अमेरिकी दूत र युरोपेली साझेदारहरूसँगको प्रमुख बैठक अघि व्यक्त गरेका छन् । वर्षौं देखि नेटो सदस्यतालाई भविष्यको रूसी आक्रमण विरुद्ध बलियो सुरक्षाको रूपमा अगाडि बढाउने सोच गरेको युक्रेनले यसको सट्टा, संयुक्त राज्य ...