मुख्य समाचार
एसियन कप छनोट : मलेसियाविरुद्ध खेल्न नेपाल तयार
एसियन कप छनोट : मलेसियाविरुद्ध खेल्न नेपाल तयार

। सन् २०२७ मा हुने एएफसी एसियन कपको अन्तिम चरणको छनोटमा नेपालले मंगलबार मलेसियाको सामना गर्दैछ । मलेसियाविरुद्धको खेलका लागि नेपाली टोली तयारी अवस्थामा छ । सोमबार भएको प्रि म्याच कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक म्याट रोसले मलेसियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने बताए ।

समूह एफमा रहेको नेपाल र मलेसियाबीचको खेल इब्राहिम सुल्तान स्टेडियममा नेपाली समय अनुसार राती ७:४५ बजे सुरु हुनेछ । एसियन कपमा पुग्ने अन्तिम चरणको चरणमा दुवै टोलीको लागि यो पहिलो खेल हुनेछ । दुवै टोली सुखद सुरुवात गर्ने लक्ष्यमा छ ।




गत शुक्रबार सिंगापुर विरुद्ध मैत्रीपूर्ण खेल जितेर नेपाली टोली उत्साहका साथ मलेसिया पुगेको छ र त्यही लयलाई निरन्तरता दिँदै मलेसियाविरुद्ध कडा चुनौती पेश गर्ने लक्ष्यमा छ ।

प्रशिक्षक रोसले आफूहरू ३ अंककै लागि खेल्ने प्रतिक्रिया दिएका छन् । ‘मलेसिया बलियो टिम हो, ड्र सम्म भएपनि सन्तुष्ट हुन सकिन्छ तर हामी ३ अंककै लागि खेल्नेछौं’ प्रिम्याच कन्फ्रेन्समा बोल्दै उनले भने, ‘हाम्रो योजना भनेको जित्नकै लागि खेल्ने हो, त्यसैअनुसार तयारी भइरहेको छ । बराबरी नै खेल्ने भन्ने सोच हुने छैन।’




त्यस्तै प्रशिक्षक किरण चेम्जोङले अवे मैदान भएपनि राम्रो खेल पस्कने बताएका छन् । ‘हामी नेपालमा पनि धेरै दर्शकहरूको माझमा खेलिसकेका छौं, यहाँ पनि नेपाली समर्थकहरू त हुनुहुन्छ नै’ उनले भने, ‘घरेलु मैदान नभएपनि त्यस्तो फरक पर्दैन, हामी खेल इन्जोए गर्नेछौं यहाँ जुन टिमको दर्शकहरू धेरै भएपनि हामीलाई त्यस्तो फरक पर्दैन। ‘



सिंगापुरमा नेपालको खेल हेर्न नेपाली दर्शकहरुको बाक्लो उपस्थिती थियो । मलेसियामा पनि नेपालीहरु धेरै रहेकोले नेपालको खेल हेर्न उपस्थित हुनेछन् । कप्तान किरण चेम्जोङले धेरै समर्थकहरु आउँदा फाइदा हुने बताएका हुन् ।

रोसको प्रशिक्षणमा नेपालले एसियन कप छनोटमा पहिलो खेल खेल्दैछ । उनको प्रशिक्षण डेब्युमा नेपालले शुक्रबार सिंगापुरलाई १-० ले पराजित गरेको थियो ।

मलेसियाका मुख्य प्रशिक्षक पिटर क्लामोभ्स्कीले नेपाल विरुद्धको खेलको लागि तयार रहेको बताएका छन् । ‘हामी भोलीको खेलका लागि उत्साहित छौँ । हामी खेलको लागि तयार छौँ ।’

प्रशिक्षक पिटले नेपालले सिंगापुरलाई हराएकोले नेपाललाई कमजोर नलिने पनि बताएका छन् । ‘हामी कसरी खेल्छटौँ म त्यसमा केन्द्रित हुन्छु । तर नेपालले सिंगापुरलाई हराएपछि उनीहरु हाम्रो लागि कठिन प्रतिस्पर्धी हुनेछौँ । उनीहरु यहाँ नतिजाका लागि उच्च मनोबलका साथ आएका हुन्छन् ।’

उनले आफ्नो सिद्धान्त अनुसार खेलेमा नतिजा आउने बताए ।

यस्तै खेलाडी म्याथ्यु डेभिसले पनि मलेसियन टिमले राम्रो तयारी गरेको र खेलका लागि तयार रहेको बताए । ‘हाम्रो तयारीबाट हामी सन्तुष्ट छौँ । हामी सकरात्मक नतिजा निकाल्ने आशामा छौँ।’

डेभिसले नयाँ प्रशिक्षकको लागि सरकरात्मक नतिजा दिने बताए । पिटर गत डिसेम्बरमा मलेसियाको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको प्रशिक्षणमा मलेसियाको यो पहिलो खेल हुनेछ ।

नेपालले अहिलेसम्म मलेसियालाई हराउन सकेको छैन । वरियतामा पनि मलेसिया नेपाल भन्दा ४३ स्थान माथि छ । हाल मलेसिया १३२औं र नेपाल १७५औं स्थानमा छ ।

पछिल्लो पटक नेपालले सन् २०१९ मा मलेसियासँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल २-० ले पराजित भएको थियो । नेपाल र मलेसियाबीच अहिलेसम्म ७ खेल भएको छ । जसमा ६ खेल मलेसियाले जित्दा १ खेल बराबरीमा सकिएको थियो ।

सन् १९८३ मा भएको मर्डेका कपमा नेपाल मलेसियासँग ७-० ले पराजित भएको थियो । त्यसपछि नेपालले सन् १९८५ र १९८९ मा विश्वकप छनोट अन्तर्गत मलेसियासँग २-२ खेल खेलेको थियो । १९८५ मा पहिलो खेलमा मलेसियालाई बराबरीमा रोकेको नेपाल दोस्रो खेलमा ५-० ले पराजित भएको थियो । १९८९ मा भने नपाल २-० र ३-० ले पराजित भएको थियो ।

यस्तै २००९ मा भएको मैत्रीपूर्ण खेलमा पनि नेपाल मलेसियासँग २-० ले पराजित भएको थियो । एसियन कप छनोटको पहिलो खेल नेपालले मलेसियासँग घरेलु मैदानमा खेल्ने तय भएपनि दशरथ रंगशालमाले मान्यता नपाउँदा नेपालले मलेसियामा गएर खेल्न लागेको हो ।

दशरथ रंगशालालाई एएफसीले अन्तर्राष्ट्रिय खेल खेलाउन तत्काल मान्यता नदिएपछि नेपालले मलेसियासँग होम म्याच स्वाप गरेको हो । जस अनुसार नेपालको होम म्याच मलेसियाको मैदानमा खेल्ने र मलेसियाको होम म्याच पछि नेपालमा खेल्ने सहमति छ ।

एसियन कप छनोटको तेस्रो तथा अन्तिम चरणमा एसियाका २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । नेपाल र मलेसियासहित भियतनाम र लाओस समूह एफमा छन् ।

होम एण्ड अवेका आधारमा हुने यस छनोटपछि प्रत्येक समूहको शीर्ष स्थानमा रहने टोली २०२७ मा हुने एसियन कपमा छनोट हुनेछन् । एसियन कपका लागि १८ टोली यसअघि नै छनोट भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाल प्रिमियर लिग (एनपीएल)को लिग चरणको २५ औँ खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले हराउँदै लुम्बिनी प्लेअफ प्रवेश गरेको छ। लुम्बिनीको यो जितसँगै पोखरा एभेन्जर्स, चितवन राइनोज र कर्णाली याक्सको यात्रा लिग चरणबाटै सकिएको हो। यो खेलसँगै प्लेअफ पुग्ने चार टोलीको टुंगो लागेको हो।सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज, विराटनगर किंग्स र लुम्बिनी लायन्सले प्लेअफ खेल्ने भएका हुन्। ...
: साफ महिला क्लब च्याम्पियनसिपमा पाकिस्तानको कराची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले बराबरी खेल्दै अंक बाँडेका छन्। काठमाडौंको दशरथ रंगशालामा शुक्रबार भएको प्रतियोगिताको पहिलो खेलमा कराची र ट्रान्सपोर्ट युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन्। खेलमा दुवै टोलीले गोल गर्ने अवसर प्राप्त गरेपनि सफल भने हुन सकेनन्। पुस ५ गतेसम्म चल्ने प्रतियोगितामा ...
: नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करणको लिग चरणका खेलहरू सकिने क्रममा छन्। खेलहरू सकिँदै गर्दा शीर्ष ४ को समीकरण पनि बन्दै गएको छ। शीर्ष ४ मध्ये तीन टिमको नाम पक्का भइसकेको छ। अब प्लेअफमा १ स्थानका लागि ४ टोलीले दाबेदारी प्रस्तुत गर्नेछन्। सुदूरपश्चिम रोयल्सले ६ खेलमा अपराजित रहँदै १२ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा रहँदै ...
: नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै पहिलो क्वालीफायर खेल्ने भएको छ। त्रिवि क्रिकेट मैदानमा बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई ४९ रनले पराजित गरेको हो। सुदूरपश्चिमले अपराजित रहँदै १२ अंकसहित प्लेअफको पहिलो क्वालिफायर खेल्ने पक्का भएको हो। हाल तालिकामा ८ अंकसहित तेस्रो स्थानमा रहेको विराटनगर पनि प्लेअफ पुगेको छ। यो जितसँगै ...
: साफ महिला क्लब च्याम्पियनसिप शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ। मंसिर १९ देखि पुस ५ गतेसम्म दशरथ रंगशालामा हुने साफ महिला क्लब च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रका च्याम्पियन क्लबहरूले प्रतिस्पर्धा गर्दैछन्। नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराची सिटी एफसी सहभागी हुनेछन्। सबै ...