मुख्य समाचार
राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी प्रायोजक बन्न इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई आवेदन दिन आह्वान
राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी प्रायोजक बन्न इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई आवेदन दिन आह्वान

। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल पुरुष राष्ट्रिय क्रिकेट टोलीको आधिकारिक जर्सी प्रायोजक बन्न इच्छुक कम्पनी तथा ब्रान्डहरूलाई आवेदन दिन आह्वान गरेको छ। क्यानले पहिलोपटक सार्वजनिक रूपमै प्रायोजनका लागि आह्वान गरेको हो ।

यो प्रतिष्ठित अवसरले टोलीको जर्सीको अगाडि आफ्नो ब्रान्ड लोगो राख्न सक्ने सुविधा दिन्छ, जसले नेपाल क्रिकेटको बढ्दो लोकप्रियतासँग ब्रान्डलाई जोड्ने अवसर प्रदान गर्ने क्यानले जनाएको छ ।




प्रायोजन सम्झौताअनुसार न्यूनतम वार्षिक प्रायोजन रकम रू. २ करोड तोकिएको छ। यो सम्झौता ३ वर्षका लागि हुनेछ, जसमा प्रत्येक वर्ष १०% वृद्धि हुनेछ।

आवेदन दिन इच्छुक कम्पनीहरूका लागि नेपाल सरकारको कानुनअनुसार मान्यता प्राप्त ब्रान्डहरू मात्र योग्य हुने र प्रस्ताव पेश गर्दा कम्पनीको आधिकारिक लेटरहेडमा हस्ताक्षर र छाप अनिवार्य रूपमा हुनुपर्ने जनाइएको छ।




आवेदनको अन्तिम मिति २०८१ वैशाख २९ गते बिहान ११:०० बजे रहेको छ। प्रस्ताव हार्डकपीमा मुलपानीस्थित कार्यालयमा पेश गर्नुपर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी यू-१६ इस्ट जोन कपमा नेपालले अपराजित रहँदै सेमिफाइनल खेल्ने भएको छ। नेपालले समूह चरणको अन्तिम खेलमा भुटानलाई २९८ रनले हराउँदै समूह चरणमा अपराजित रहेको हो। मलेसियाको क्वालालम्पुरस्थित सेलांगर ट्रफमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको थियो। नेपालले दिएको ३५९ रनको बलियो विजयी लक्ष्य पछ्याएको भुटान ...
: आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने २० औँ एसियाली खेलकुदका लागि ३० खेल दर्ता भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ। मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कमिटीले असार १६ गतेसम्म एसियाली खेलकुदका लागि खेलहरू दर्ता गर्न दिइएको समयसिमा भित्र ३० वटा खेल दर्ता भएको जानकारी दिएको हो। युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदलाई खेलहरू दर्ता ...
: युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय खेलकुद सम्मान २०८१ तथा खेलकुद पत्रकारिता पुरस्कार वितरण गरिएको छ। युवा तथा खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रममा खेलाडी, प्रशिक्षक तथा पत्रकारहरूलाई सम्मान गरिएको हो। राष्ट्रिय खेलकुद सम्मानबाट खेलाडी, प्रशिक्षक, निर्णायक र चिकित्सक ९ जनालाई जनही १ लाख रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो। सम्मानित हुनेमा खेलाडीमा मानमती विष्ट (कबड्डी), ...
: युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद नीति २०८२ सार्वजनिक गरेको छ। सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै खेलकुद मन्त्री तेजुलाल चौधरीले राष्ट्रिय खेलकुद नीति सार्वजनिक गरेका हुन्। मन्त्रिपरिषदको यही असार ९ गते बसेको बैठकले उक्त नीति स्वीकृत गरिएको थियो। खेलकुदलाई जनजीवनको अभिन्न अंगका रूपमा विकास गरि स्वस्थ, सक्षम र अनुशासित जनशक्ति तयार गरि राष्ट्र निर्माणमा योगदान ...
: एसीसी यू १६ ईस्ट जोन कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले भुटानविरुद्ध टस जितेर ब्याटिङ गर्ने भएको छ। मलेसियाको क्वालालम्पुरस्थित सेलांगर ट्रफमा जारी समूह ए को अन्तिम खेलमा नेपालले टस जितेको हो। हालसम्म समूह चरणको तीनवटै खेलमा जित निकालेको नेपाल समूह विजेताको रुपमा सेमीफाइनल खेल्न चाहन्छ। यद्यपी समूह ए को भुटानको खेल अगावै नेपाल ...